पाँचथर/ सदरमुकाम फिदिममा मङ्गलबार किरात इतिहासकार इनमासिंह चेम्जोङलाई स्मरण गरिएको छ । ११६ औं जन्मजयन्तीको अवसरमा किरात याक्थुङ चुम्लुङ पाँचथर शाखाले कार्यक्रमको आयोजना गरेको हो ।

फिदिम–१ फाल्गुनन्द चोकस्थित चुम्लुङहिममा आयोजित कार्यक्रममा जिल्लास्थित भाषा, साहित्य र इतिहासको क्षेत्रमा क्रियाशील व्यक्तित्वले इमानसिंहको तस्बिरमा माल्यार्पण गरी श्रद्धा व्यक्त गरे ।

कार्यक्रममा चुम्लुङका केन्द्रीय सचिव चन्द्रकुमार आङदेम्बे, याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगु, लिम्बू सांस्कृतिक परिषद्का केन्द्रीय उपाध्यक्ष सागर केरुङ, फिदिम नगरपालिका–४ का वडा अध्यक्ष प्रकाश गुरुङ, पाँचथर गजल मञ्चका अध्यक्ष दीपक खनाल, पत्रकार लेखनाथ खतिवडालगायतले इमानसिंहको योगदानको चर्चा गरे ।

वक्ताहरूले इमानसिंहद्वारा लिखित पुस्तकहरूकै कारण किरात इतिहास र भाषा–साहित्यको प्रचार र विकास यो अवस्थासम्म आएको बताए ।

किरात इतिहासकार तथा किरात सिरिजङ्गा लीपि र भाषा–साहित्यका प्रचारक इमानसिंको जन्म बाबु मेघवरसिंह र आमा दावापुहाङमाको छैठौं सन्तानका रूपमा १ जनवरी सन् १९०४ मा दार्जिलिङको कालेम्पुङमा भएको थियो ।

कालेम्पुङकै स्थानीय स्कुलबाट म्याट्रिकुलेशन र सेन्टजेभियर कलेज कोलकत्ताबाट आईए उत्तीर्ण इमानसिंले दार्जिलिङ, सिक्किम र नेपालमा रहेर किरात इतिहासको खोजसँगै भाषा–साहित्यको प्रचार गरेका थिए ।

उनकै पहलमा वि.सं.२००८ मा लिम्बुवान सुधार सङ्घ समेत गठन भएको थियो । कार्यक्रम किरात याक्थुङ चुम्लुङ पाँचथरका अध्यक्ष नरेन्द्रराज केरुङको अध्यक्षतामा सम्पन्न भएको सचिव सुरेन शिशिर केरुङले बताए ।

को हुन इमानसिंह ?
सन् १९६६ देखि १९७५ सम्म त्रिभुवन विश्व विद्यालयमा किरात इतिहास विशेषज्ञका रूपमा जागिरे भएर काम गरेका इमानसिंहका ‘तुम याक्थुङ निङ्वाभु साप्ला’, ‘किरात मुन्धुम (वेद)’, ‘किरात मुन्धुम’, ‘किरात साहित्यको इतिहास’, ‘किरात दन्त्यकथा’, ‘हिस्ट्री एण्ड कल्चर अफ् किरात पिपल’ र ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ जस्ता महत्वपूर्ण कृतिहरू प्रकाशित छन् ।

हाल इमानसिंहद्वारा लिखित पुस्तकहरूको सर्वाधिकार उनको परिवारले लिम्बू जातिको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुललाई दिएको छ । प्राज्ञ अमर तुम्याहाङका अनुसार इमानसिंह वि.सं.२०२७ मा पुस्तकाकार रूपमा किरात व्याकरण प्रकाशन गर्ने पहिलो किराती व्याकरणकार समेत हुन् ।

किरात इतिहासको खोज, अनुसन्धान र भाषा, लीपि र साहित्यको प्रचार र विकासमा गरेको योगदानको सम्मान गर्दै नेपाल सरकारले वि.सं. २०५५ मा इमानसिंहको तस्बिर अङ्कित हुलाक टिकट समेत प्रकाशित गरेको छ ।

त्यस्तै कक्षा–१० को अनिवार्य नेपाली विषयको किताबमा समेत इमानसिंहको जीवनी प्रकाशित छ । यसैगरी सिक्किम सरकारको लगानीमा पश्चिम गेजिङमा इमानसिंह मेमोरियल भवन निर्माणाधीन छ भने चुम्लुङहिम ललितपुर, धनकुटाको भेडेटार र पाँचथरको घुर्बिसे पञ्चमीमा इमानसिंहको शालिक निर्माण गरिएको छ ।

किरात याक्थुङ चुम्लुङले कोष खडा गरी हरेक दुई–दुई वर्षमा २५ हजार राशिको ‘इमानसिंह चेम्जोङ पुरस्कार’ समेत वितरण गर्दै आएको छ ।
व्यवस्थित बन्दै चारआली बजार
राजन ठटाल
मेचीनगर÷ लामो समय अघिबाट व्यवस्थापन ह’न नसकेको मेची र महेन्द्र राजमार्गसँग जोडिएको झापाको चारआली बजार क्षेत्रको व्यवस्थान श’रु गरिएको छ । अस्तव्यस्त रहेको चारआली चोक बजार व्यवस्थापन नह’ँदा क’रुप देखिएकाले व्यवस्थापनका लागि मेचीनगर– वडा नं. १३ काम अघि सारेको छ ।
चारआली चोक तथा बजार क्षेत्रमा लामो समयदेखि सडक अतिक्रमण गरेर गैरकान”नी रूपमा बसेका कतिपय व्यापारीलाई हटाउन नसक्दा सो क्षेत्र क’रूप बन्दै आएको थियो । मेचीनगर नगरपालिका वडा न १३ मा पर्ने यो क्षेत्रमा रहेका टहरा पसलहरू शनिबारबाट हटाउन श’रु गरिएको हो । सडक क्षेत्रको सरसफाइ तथा स’न्दर बनाउन स्थानीयसँग सहकार्य गरेर प्रहरी अघि बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रम’ख (एसपी) भीम ढकालले बताए ।
मेचीनगर नगरपालिका वडा न १३ को पहलमा यस क्षेत्रका करिब ५ दर्जन टहरा हटाउने काम श’रु गरिएको मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए । टहरा हटाउनका लागि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रम’ख एसपी ढकाल, जिल्ला वन कार्यालय झापाका प्रम’ख विष्ण’लाल घिमिरे, सशस्त्र प्रहरी, स्थानीय, लगायतको टोली खटिएको थियो ।
टोलीले सडकका आसपासका दर्जनौं टहराहरू हटाएका थिए । यसरी हटाइएका टहरामा पसल सञ्चालन गर्नेहरूको उचित व्यवस्थापनमा वडाले सहयोग गर्ने वडाध्यक्ष सिग्देलले बताए । सडक आसपासका क्षेत्रका टहरा हट्दा सडकक्षेत्र फराकिलो ह’ने स्थानीयले बताए ।
सडकमा जथाभावी पसल राख्दा द’र्घटनाको सम्भावना बढेको थियो । झापाका अन्य क्षेत्रमा सडक विस्तार गर्न टहराहरू हटाई सकिएको भए तापनि चारआली क्षेत्रमा लामो समयदेखि हटाउन सकिएको थिएन । चारआली म’ख्य चोक र सडक आसपासमा फलफ”ल, सब्जी, ल’गा आदिको व्यापार भइरहेको थियो । झापा, इलाम, पाँचथरलगायत को म’ख्य केन्द्र चारआली बजार अस्तव्यस्त भएका कारण आम उपभोक्ताहरू मारमा परेका थिए ।
यसरी झापाका अन्य सडक क्षेत्रसँगै चारआली बजार क्षेत्रको अस्तव्यस्त टहरा हटेपछि यस क्षेत्रको म’हार फेरिने स्थानीयको विश्वास छ । भत्काइएका टहरामा व्यापार गर्दै आएकाका लागि उचित व्यवस्थापन गरिने र मेचीनगरका अन्य सडक आसपासका क्षेत्रमा स’न्दर बनाउने दायित्व स्थानीय तहलाई थपिएको व्यापारीहरू बताउँछन् ।