श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ पौष २१ गते शनिबार, ५ जनवरी २०१९ । पौष कृष्णपक्षको औंसी तिथि ३०ः१३ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मूल १५ः२१ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः५७ र सूर्यास्त ५ः२१ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय सामान्यखालको छ । धार्मिक यात्राको अवसर प्राप्त हुनेछ । पैतृक कार्यक्रममा संलग्न भइएला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित मन सम्मान मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । विछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाट होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा रुची बढ्निेछ । नया“ सदस्यको आगमन होला । रमाइलो वातावरणमा दिन वित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शरिर अस्वस्थ्य रहला । सानो कामको लागि ठूलै धनराशि खर्च हुनेछ । मन चिन्तीत रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । नया“ कार्यको शुभारम्भ होला । धार्मिक यात्राको अवसर मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा हर्ष उम· र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त भइरहला । शुभ समाचारले मन आन्द्धित बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्दा मामिलामा तपाइको विजय होला । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । रमाइलो वातावरणमा दिन वित्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक क्षेत्रमा तपाइको उच्च स्थान रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । मन प्रसन्न बन्नेछ