जिरोपोइन्ट / प्राविधिक विद्यार्थी संगठन नेपाल(त्क्ब्ल्) पूर्वाञ्चल क्याम्पस, धरानको आयोजनामा ‘प्रयोग’ नामक प्रतियोगितात्मक इन्जिनियरिङ प्रदर्शनी हुने भएको छ ।
यहि माघ २८ र २९ गते ‘नयाँ विचार, नयाँ सोच’ भन्ने नाराको साथ उक्त प्रदर्शनी हुन लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइए हो ।
उक्त कार्यक्रमले इन्जिनियरिङ गरिरहेका विद्यार्थीहरुले पढेका कुरालाई व्यवहारमा उतार्नको लागि मद्दत पु¥याउने बताईएको छ ।
उक्त प्रदर्शनीबाट विद्यार्थीहरुले तयार पारेको सामग्री प्रदर्शनीमा राखिनुका साथै उक्त सामग्रीबिच प्रतिष्पर्धा समेत गराईने कार्यक्रम संयोजक प्रतिक श्रेष्ठले जानकारी दिए ।
उक्त प्रदर्शनीमा आर्किटेक्चर संकायद्वारा स्मार्ट मोडल घर, विभिन्न घर तथा ठाउँको मोडल प्रदर्शनीमा राखिने छ । कृषि इन्जिनियरिङ संकायद्वारा धान काट्ने, धान रोप्ने मेसिन, मकै छोडाउने मेसिन, बदाम छोडाउने मेसिन, अदुवा पखाल्ने मेसिन, फल टिप्न प्रयोगहुने कृषि रोबटको प्रदर्शनी गरिनेछ । सिभिल इन्जिनियरिङका तर्फबाट स्मार्ट सिटी मोडल प्रदर्शन, पेपर ब्रिजको प्रदर्शन, घरहरूको मोडल प्रदर्शन गरीनेछ । इलेक्ट्रिकल, कम्प्युटर र ईलेक्ट्रोनिक इन्जिनियरिङ संकायद्वारा विविध नयाँ प्रविधिहरु को पदर्शन गरीनेछ । मेकानिकल इन्जिनियरिङबाट गोकार्ट, पल्सजेट इन्जिन, ग्याभिटिसन भर्टेक्स मोडलको प्रदर्शनी रहनेछ ।
कार्यक्रमको ३ लाख ७१ हजार खर्च अनुमान गरिएको छ । विद्यार्थीले कार्यक्रममा भविश्यमा समाजमा आईपर्ने विभिन्न समस्याहरूको समाधान गर्नका लागि केन्द्रित रहेर आफ्नो प्रोजेक्ट प्रदर्शन गर्नेछन् ।
प्रदर्शनीको प्रमुख आकर्षणको रुपमा रोबोवार, रोबोरेस, पेपर ब्रिज कम्पिटिसनसमेत हुनेछ । रोबोवारमा विद्यार्थीहरुले बनाएका रोबटलाई एकआपसमा जुधाईनेछ । जुन रोबट धेरै समयसम्म टिक्न सक्दछ उक्त रोबटलाई विजेता घोषणा गरिनेछ । रोबोवारमा विजेता हुनेले २० हजार रूपैयाँ प्राप्त गर्नेछ ।
रोबोरेसमा भने रोबटको लागि बाटो बनाइन्छ जुन रोबटले सबै भन्दा चाडो उक्त बाटो पार गर्न सक्दछ उक्त रोबटलाई विजेता घोषणा गरिनेछ । रोबोरेसमा विजेता हुनेले १० हजार रूपैयाँ प्राप्त गर्नेछ । पेपर ब्रिज कम्पिटिसनमा भने सिभिल इन्जिनियरिङ संकायलाई विशेष प्राथमिकता दिँदै पेपर ब्रिज बनाउन दिइनेछ जसमा जुन ब्रिजले सबैभन्दा धेरै भार थाम्न सक्दछ उक्त ब्रिजलाई विजेता घोषणा गरिनेछ । पेपर ब्रिज कम्पिटिसनको विजेतालाई आकर्षक पुरस्कारहरु प्रदान गरिने बताइएको छ ।