भगवान एक अति सूक्ष्म ज्योति विन्दु तारा जस्तै हुनुहुन्छ । उहाँ निराकार, चैतन्य, अनादि, अविनाशी, विश्व रचयिता, सर्व शक्तिमान सर्वोच्च, सर्वज्ञ, दुःखहर्ता, सुःखकर्ता, अभोक्ता, मनुष्यसृष्टिको बीउ इत्यादि हुन् । उहाँलाई ज्ञान, सुख, शान्ति, पवित्रता, दया, प्रेम, आनन्द आदिका सागर, गुणका भण्डार तथा विश्व कल्याणकारी पनि भनिन्छ । उहाँको मुख्य नाम शिव वा भोलानाथ हो । तर द्वापर तथा कलियुगको भक्तिमार्गमा त उहाँका अनेकौं नामले मन्दिरहरूको निर्माण भई उहाँको प्रतीमा शिवलिङ्ग स्थापित गरिएको छ । जस्तैः सोमनाथ, विश्वनाथ, अमरनाथ, रामेश्वरम्, वैद्यनाथ, पशुपतिनाथ इत्यादि । 
 
भगवान् शिवका प्रथम रचना ब्रह्मा, विष्णु तथा शङ्कर हुन् । यसै कारणले उहाँलाई त्रिमूर्ति भनिन्छ । भगवानले ब्रह्माद्वारा सृष्टिको रचना, विष्णुद्वारा पालना तथा शङ्करद्वारा विनाश गराउनु हुन्छ । उहाँहरू सूक्ष्म वतनवासी देवता हुनुहुन्छ । यिनीहरूका शरीर हाड(मासुका होइनन्, बल्कि प्रकाशका छन् । अज्ञानताले कति मानिसहरूले शिव तथा शङ्करलाई एउटै सम्झन्छन् । तर शङ्कर त भगवान शिवका बच्चा हुन् । भक्तिमार्गमा उहाँले शिवलिङ्गको ध्यान गर्नुभएको चित्र देखाइएको छ । उहाँहरू देवता हुनुहुन्छ । किनभने उहाँहरूको आकारी शरीर छ । हामी आत्मा हौं, शरीर होइनौं । प्रत्येक मानिसको शरीरको निधार (भृकुटी) मा जहाँ चन्दन वा टीका लगाइन्छ, आत्मा निवास गर्दछ ।
 
सबै कार्य जस्तैः खाने, पिउने, बोल्ने, सुन्ने, लेख–पढ गर्ने, पढाउने, हिँड्ने, सुख दुःखको अनुभव गर्ने आदि यसैले शरीरका विभिन्न अङ्गहरूद्वारा गर्दछ तथा शरीर छोड्छ भने मानिस मृतक हुन्छ । कुनै अङ्गले कार्य गर्न सक्दैन । सबै आत्माका परम्पिता परमात्मा शिव हुनुहुन्छ । अतः पिता जस्तै नै आत्मा पनि चैतन्य, निराकार, अनादि तथा अविनाशी अति सूक्ष्म ज्योति विन्दु हो, जसलाई पनि चर्म चक्षुले होइन दिव्य ज्ञान चक्षुले मात्र हेर्न वा जान्न सकिन्छ । तर शरीर जड एवम् विनाशी हो । भगवान शिव सबै आत्माका पिता हुँदा उहाँलाई बाबा भनिन्छ ।
 
उहाँ परम् शिक्षक तथा सद्गुरु पनि हुनुहुन्छ । परम् पिताको रूपमा सबैको पालना शिक्षकको रूपमा पढाउनु तथा गीताको ज्ञान दिनु एवम् सद्गुरु भई स्वर्गको बाटो देखाउनु हुन्छ । हामी सबै आत्मा उहाँका सन्तान हुँदा भाइ–भाइ हौं तथा साकारमा भाइबहिनी हौं । भगवान् शिव तथा हामी आत्मा शान्तिधामका मूल निवासी हौं कि जसलाई परमधाम, निर्वाणधाम, मुक्तिधाम, मूल वतन, ब्रह्म तŒव, महŒव वा ब्रह्माण्ड पनि भनिन्छ, जो चन्द्रमा, तारा तथा सूर्यभन्दा पनि अति माथि स्थित छ तथा जहाँ खण्ड ज्योति छ । तर दिनराति हुँदैन, न सूर्य चन्द्रमाको प्रकाश नै पुग्छ ।
 
यो सृष्टि ड्रामा हो, जो अनादि, अविनाशी अनौठो, बनी बनाउ, एक्युरेट तथा बेहदको हो । यसका क्रिएटर, डाइरेक्टर तथा मुख्य एक्टर भगवान शिव हुनुहुन्छ । हामी जीवात्मा एक्टर हौँ । पाँचहजार वर्षको एक कल्प हुन्छ, जसमा सत्ययुग, त्रेता, द्वापर र कलियुग मुख्य चार युग हुन्छन् तथा प्रत्येकको अवधि १२५० वर्षको हुन्छ । सत्ययुगलाई स्वर्ग, त्रेतालाई अद्र्ध स्वर्ग, द्वापरलाई नर्क तथा कलियुगलाई घोर नर्क भनिन्छ । प्रत्येक कल्पमा एकपल्ट मात्र कलियुगको अन्तिम १०० वर्षको अवधिमा अर्थात् सत्युग प्रारम्भ हुनुभन्दा अगाडि जब कि ५ विकार अर्थात् काम, क्रोध, लोभ, मोह तथा अहङ्कारले गर्दा रोग, शोक, दुःख, हिंसा, पीडा, ईष्र्या, द्वेष, छल, कपट, अज्ञानता, धर्मको ग्लानि, विभिन्न पापहरू इत्यादिको अन्धकार सर्वत्र व्याप्त रहन्छ, भगवान् शिव ज्योति विन्दुले फाल्गुन कृष्णपक्ष चतुर्दशी पूर्ण अन्धकारको दिन ब्रह्माण्डबाट तल उत्रेर एक साधारण आध्यात्मिक वानप्रस्थ पुरुषको तनमा प्रवेश गरी अवतरण लिनु हुन्छ ।
 
अतः हामी सो दिनलाई उहाँको लौकिक जन्मको पुनीत स्मृतिमा प्रत्येक वर्ष शिवरात्रिको उत्सव मनाउँछौं । उहाँले शरीरधारण गर्नु हुन्न । अतः उहाँको पुर्नजन्म तथा मरण हुँदैन । तर आत्मा अति सूक्ष्म भए तापनि यसमा आधिकारिक ८४ तथा कमसेकम १ जन्मको पार्ट निहित छ । हाम्राअनुसार सबैको पार्ट निश्चित । सबैको पार्ट अर्काको पार्टसँग मिल्दैन । यसले गर्भमा प्रवेश गरी शरीर धारण गरेर यस धरातलमा विभिन्न नाम, रूप, देश तथा कालमा आÏनो अविनाशी पार्ट खेल्छ । 
 
यस कल्पमा पनि भगवान् शिवले सन् १९३६ ई. मा सिन्ध निवासी साधारण आध्यात्मिक तथा वानप्रस्थ पुरुष लेखराज कृपलानीको तनमा प्रवेश गरी उहाँलाई आÏनो परिचय दिनुभयो तथा स्वर्ग नर्कको दृश्य अवलोकन गराई उहाँको सहयोगले स्वर्गको रचना गर्ने आÏनो लक्ष्य बताउनु भयो भगवान्ले उहाँलाई प्रजा पिता ब्रह्माको उपाधि प्रदान गरी दिनहुँ राति गीता एवम् सृष्टि चक्रको आदि, मध्य तथा अन्त्यको ज्ञान दिन तथा राजयोग सिकाउन थाल्नुभयो । साथै उहाँको मुख कमलद्वारा अन्यलाई पनि सो ज्ञान प्रदान गर्न तथा राजयोग सिकाउन थाल्नु भयो । यस प्रकार उहाँले ब्रह्माद्वारा ब्राह्मण समुदायको रचना शुरू गर्नुभयो । सन् १९३७ ई. मा सिन्ध मा प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको स्थापना तथा राजस्व अश्वमेध अविनाशी रुद्र ज्ञान यज्ञको रचना भगवानले प्रजापिता ब्रह्माद्वारा गर्नुभयो ।
 
भारत स्वतन्त्र भएपछि सिन्ध पाकिस्तानमा परेको हुँदा भगवानको प्रेरणाले सन् १८५० ई. मा ब्रह्मा बाबाले सो विश्व विद्यालय एवम् सबै कार्यक्रमलाई माउण्ट आबु राजस्थानमा सार्नुभयो, जहाँ ईश्वरीय ज्ञान तथा राजयोगको शिक्षा विस्तारपूर्वक  दिइन्छ । यस विश्वविद्यालय अन्तर्गत आज १४२ देशमा करिब ८५०० राजयोग सेवा केन्द्रहरू सञ्चालित छन् जहाँ दिनहुँ भगवानका महावाक्यहरू जुन प्रजापति ब्रह्मा बाबाले टिप्नुभयो तथा मुरलीको रूपमा लिपिबद्ध गर्नुभयो सो स्थानीय भाषामा सुनाइन्छ । समस्त विश्वमा यो अद्वितीय विश्वविद्यालय हो ।
 
यसको उद्देश्य नयाँ युग अर्थात् स्वर्गको स्थापनाको लागि देवीदेवता तयार गर्नु हो । प्रत्येक राजयोग सेवा केन्द्रमा भगवान स्वयम्ले प्रजापिता ब्रह्माद्वारा ज्ञान, योग, धारणा तथा सेवा विषयक शिक्षा दिई ज्ञानी, योगी, पवित्र, दैविक गुण सम्पन्न, विश्व सेवाधारी इत्यादि बनाउँदै हुनुहुन्छ । उहाँ ब्राह्मण, देवता तथा क्षेत्री धर्मको स्थापना गर्दै हुनुहुन्छ । द्वापर युग अर्थात् ६३ जन्मदेखि जुन भक्तहरू पूजा, पाठ, जप, तप, प्रार्थना आदि गर्दै फलको लागि भगवान पुकार्दै आएका छन्, उनीहरू नै अहिले ज्ञानमा छन् । ती आत्माहरू तथा परमात्माको सङ्गम भइरहेको छ । त्यसै कारण यसलाई सङ्गम युग भनिन्छ ।
 
यसलाई परुषोत्तम युग पनि भनिन्छ । भगवानबाट प्रजापिता ब्रह्माद्वारा ज्ञान प्राप्त गर्नेहरूलाई ब्रह्माकुमार तथा ब्रह्माकुमारीहरू भनिन्छ । ज्ञानबाट धन तथा योगबाट सुख, शान्ति, आनन्द, सुस्वास्थ्य, दीर्घायु, सौभाग्य, उच्चपद आदि प्राप्त हुनुका साथै विकर्मको पनि विनाश हुन्छ । यादबाट नै दैविक गुणको धारणा हुन्छ, तथा श्रीमतीको जति पालन गरिन्छ । त्यति बेहदको वर्षा प्राप्त हुन्छ । अतः हिँड्दा, डुल्दा, उठ्दा, बस्दा तथा कुनै कार्य गर्दा बाबाको याद कम से कम दिनभरि ८ घण्टा गर्नु पर्छ भने बाबाको श्री मत छ । शिवबाबाले आÏनो बच्चालाई राजयोग सिकाएर स्वर्गको मालिक बनाउँदै हुनुहुन्छ । 
 
यस कल्पमा सबैको यो अन्तिम जन्म हो । सबै शूद्र भएर आसुरी स्वभावका भइहालेका छन् । विकर्म तथा पाँच विकारले गर्दा तमोप्रधान भइहालेका छन् । सबै दुःखी छन् । आमा–बाबुले अति दुःख गरेर आÏनो छोराछोरीलाई पढाउँछन् तथा उनीहरू बालिग भएपछि उनीहरू वृद्धलाई खाना खुवाउन पनि दिक्क मान्दछन्, अतः यो कलियुग अब बस्नलायक छैन, महाविनाश अति निकट छ । महाभारतको युद्ध सामुन्ने खडा छ । भगवानद्वारा रचित गुप्त राजस्व अविनाशी रुद्र ज्ञान यज्ञबाट विनाशको ज्वाला निस्किरहेको छ । शङ्करको प्रेरणाले वैज्ञानिकहरूद्वारा साङ्घातिक बमहरूको निर्माण भइसकेको छ । प्रकृति पनि अति तमोप्रधान भइसकेको छ । अतः यी बमहरू तथा प्राकृतिक आपद् जस्तैः भूकम्प, ज्वालामुखी विष्फोट, समुद्री तरङ्ग, तुफान, बाढी आदिले यो पुरानो संसार तथा सबै वस्तुहरु लुप्त हुनेछन् । भगवानले केही पवित्र आत्माबाहेक हामी सबैलाई स“गै शान्तिधाम आफ्नो घर लानुहुनेछ ।
 
स्वर्गको गेट खुल्नेछ तथा सर्वप्रथम ८४ जन्म लिने प्रजापिता ब्रह्मा तथा सरस्वती सत्युगका प्रथम राजकुमार तथा राजकुमारी कृष्ण तथा राधा भएर नयाँ संसारमा जन्म लिनुहुनेछ । तदोपरान्त ती ब्रह्माकुमार तथा कुमारीहरू जो सम्पूर्ण भएर त्यहाँ पुग्छन्, देवता भएर नयाँ संसारमा जन्म लिन्छन् । उनीहरूको पनि जन्म ८४ नै हुन्छ, तर जो सम्पूर्ण बन्न नसकेर फेल हुन्छन् उनीहरू शान्ति धाममा नै रहन्छन् । उनीहरू त्रेतायुगमा नयाँ संसारमा जन्म लिन्छन् । राधा कृष्णको स्वयंवरपछि उनीहरू लक्ष्मीनारायण महाराजा तथा महारानी कहलाउँछन् । उनीहरू सूर्यवंशी देवता १६ कलायुक्त, सर्व गुण सम्पन्न, पूर्ण निर्विकारी, पूर्ण अहिंसक तथा मर्यादा पुरुषोत्तम हुन्छन् । यिनीहरूको शासनकालमा सबै सुखी हुन्छन् । कुनै विकार, रोग, दुःख, चिन्ता, शोक आदि हुँदैन । योग बलले बढी दुई सन्तान हुन्छन् । कुनै पूजा, जप, तप, भक्ति हुँदैन ।
 
सबै सूर्य समान तेजस्वी तथा तीव्र पुरुषार्थी हुन्छन् । सबैको ८ जन्म हुन्छ । सत्युगको प्रथम जनसंख्या ९,१६,१०८ तथा अन्तिम जनसंख्या २ करोड हुन्छ । सबैको औषत आयु १५० वर्ष हुन्छ । सत्युगपछि त्रेता प्रारम्भ हुन्छ । सम्पूर्ण बन्न नसकेर फेल भएका आत्माहरू शान्तिधामबाट नयाँ संसारमा जन्म लिन्छन् तथा अन्य त्यहीँ रहिरहन्छन् । यिनीहरूका दुई कला घटेर १४ कला हुन्छ । त्यसकारण यिनीहरू चन्द्रवंशी क्षेत्री कहलाउँछन् । लक्ष्मीनारायणका आत्मा राम तथा सीता राजारानी भएर शासन गर्नुहुन्छ । यिनीहरूको २५ प्रतिशत पवित्रता घट्छ, एवम् जन्म १२ हुन्छ तथा जनसंख्या ३३ करोड पुग्छ । यस युगलाई अद्र्धस्वर्ग भनिन्छ । सबैको औषत आयु १२० वर्ष हुन्छ । सत्युग–त्रेतालाई राम राज्य अर्थात् ब्रम्हाको दिन, ज्ञान तथा सुःख एवम् द्वापर कलियुगलाई रावण राज्य अर्थात् ब्रह्माको राति, भक्ति तथा दुःख भनिन्छ । 
 
त्रेतापछि द्वापर युग शुरू हुन्छ । सङ्गम युगमा ज्ञानमा न आएमा सबै आत्माहरू नम्बरवार यस युगमा जन्म लिन्छन् । सत्युग–त्रेताका सबै देवता तथा क्षेत्री आत्माहरू तथा यी आत्माहरू पनि वैश्य कहलाउँछन् । सबैको ८ कला भई वाममार्गी, विकारी तथा भक्तहरू हुन्छन् । सत्युग त्रेतामा सबै पूज्य थिए तथा द्वापर युगमा सबै पुजारी हुन्छन् । साधु, सन्त तथा धर्म स्थापकहरू पनि त्यसै युगमा जन्म लिन्छन् । सबैको २१ जन्म हुन्छ । विकारी भएकोले अश्लील चित्रहरू बनाउँछन् तथा यस्ता चित्रहरू अहिले जगन्नाथ मन्दिरमा देखिन्छन् । 
 
लक्ष्मीनारायणको आत्मा राजा विक्रमादित्य पुजारी भएर सोमनाथको मन्दिर बनाउँछन् तथा सुन–चाँदीले सजाउँछन् । शिव त सूक्ष्म ज्योति विन्दु हुनुहुन्छ । अतः उहाँको ज्योति विन्दुको यादमा हीराको अङ्गुष्ठाकारको शिवलिङ्ग बनाई स्थापित गरियो जसमा फूल, बेलपत्रमा जल आदि चढाउन तथा पूजा गर्न सजिलो भयो । यसरी द्वापरदेखि मूर्ति पूजा शुरू भयो । सबैले एक शिवलाई नै भगवान् मान्दथे । अव्यभिचारिणी भक्ति थियो । पछि पतित राजाहरूले आफ्ना दरबारभित्र पावन राजाहरू कृष्ण, राम आदिका मन्दिर बनाएर पनि पूजा गर्न थाले । अतः व्याभिचारिणी भक्ति भयो । व्यासले श्री मद्भागवत गीताको रचना १८ अध्यायमा गर्नुभयो, जुन भक्ति मार्गको गीता हो तथा ड्रामाअनुसार नै लेखिएको छ । सच्चा गीता त त्यो हो जो भगवानले ८३ वर्षदेखि सुनाउँदै आउनुभएको छ ।
 
समुद्रलाई मसी, पृथ्वीलाई कागज तथा जङ्गललाई कलम बनाएर लेख्दा पनि सम्पन्न हुन सक्दैन । अतः व्यासद्वारा रचित गीता खण्डित भएको छ र त्यसैको आधारमा वेद, शास्त्र, उपनिषद् आदिको रचना विद्वान वा पण्डित मनुष्यद्वारा भएको छ, जसमा कति भूलहरू भएका छन्, जो भगवानले मुुरलीमा उल्लेख गर्नुभएको छ । गीताका भगवान त शिव हुनुहुन्छ । सर्वशास्त्र शिरोमणि गीता त उहाँले गाउनुभएको छ ।
 
तर उहाँको नाम नै मनुष्य रचित गीतामा गुम भएको छ । उहाँको बच्चा शरीरधारी कृष्णलाई गीताको भगवान् देखाइएको छ । किनभने त्यो भक्तिमार्गको गीता हो । सङ्गमयुग, मम्मा तथा ब्राह्मणको पनि कहीँ उल्लेख छैन । सत्युगका प्रथम प्रिन्स कृष्णको जन्म पतित संसार द्वापरमा देखाइएको छ तथा उहाँ १६ कलायुक्त, सर्वगुण सम्पन्न, पूर्ण निर्विकारी, पूर्ण अहिंसक देवतालाई माखन चोर, गाई चराउनेवाला, रुक्मिणीको हरण गर्नेवाला, आकासुर, बकासुर, कंश, जरासन्ध आदिका हिंसक रूपमा देखाएर शास्त्र पुराणले उहाँको ठूलो ग्लानि गरेको छ । 
 
द्वापरपछि वर्तमान नर्क कलियुगको अन्त अति निकट छ । विनाश त शुरू छ । तर महाविनाश बाँकी छ । तदोपरान्त स्वर्ग प्रारम्भ हुन्छ, जसको लागि भगवान शिव प्रजापिता ब्रह्माद्वारा देवीदेवता बनाइरहनुभएको छ । अतः सो स्वर्गमा जन्म लिनको लागि नजिकैको राजयोग सेवा केन्द्र वा गीता पाठशालासँग सम्पर्क गरी सात दिनको कोर्ष गरेर आÏनो जीवनलाई श्रेष्ठ बनाउने तथा चिन्तामुक्त बन्न सबैसँग आग्रहको साथै म आÏनो लेख समाप्त गर्दछु ।