धरान । धरान–१५ स्थित त्रिवेणी महिला समूहले महिलाहरूलाई अग्र्यानिक कौशी खेतीसम्बन्धी तालिम प्रदान गरेको छ ।
गृहणीहरूलाई अग्र्यानिक सब्जी उत्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको तालिममा १५ महिला सहभागी भए । सहभागी प्रशिक्षार्थीलाई अग्र्यानिक अभियन्ता कृष्ण राईले तालिम प्रदान गरे । धरानमा पछिल्लो समय कौशी खेतीतर्फ मानिसको आकर्षण बढ्दो छ । तालिमको उद्घाटन धरान–१५ का वडाध्यक्ष नरेश इवारामले गरे । समूहकी अध्यक्ष विमला जवेगूको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष चुङ शेर्पा, सल्लाहकार लीला राईलगायतको उपस्थिति थियो । धरान–१५ को आर्थिक सहयोगमा तालिम गरिएको हो ।