धनी झन् धनी हुँदै गए
गरिब झनै गरिब हुँदै गए
देश हाँक्ने ठेकेदारहरू
साइकलबाट पजेरो चढ्ने भए
....
यो असमानताको खाल्डो
झन् गहिरिंदै गयो
गरिबलाई नाना र छाना
एकादेशको कथा भयो
....
कति कठोरतापूर्वक भन्नु पर्दैछ मैले
सरकार कति निरङ्कुश छ यो
अदृश्य शक्तिको हातमा रिमोट
रोबोट मत्रै बनेको छ यो
....
सर्वशक्तिमान जनता
आज कुहिरोको काग बनेका छन्
लुट्नेहरुले सर्वश्व लुटी सके
जनता १ कुवा छेउमै काकाकुल भएर बाँचेका छन्
उफ् १
देशका स्वर्णिम भविष्य भनिएका तन्नेरीहरू
किन लकुवा लागेजस्तो भएका छन्
पानी मुखसम्मै आइसक्यो
धमिराले भित्र–भित्रै खाइसक्यो
तर जनता किन मुकदर्शक भएर बाँचेका छन्
....
उठ, जाग १
राणा शासनको किल्ला उखेल्ने
तिमी सर्वशक्तिमान
उठ जनता १ जाग जनता ११
तिमी नै हौ हाम्रो भगवान्
....
राजतन्त्रलाई धूलो चटाउने
तिमी हौ स्वतन्त्रताका गायक
भोक छ, गरिबी छ, अपमान छ, असमानता छ
त्यसको उछितो काढ्न जाग ए क्रान्ति नायक
२०७६ वैशाख ५ गते, धरान