देउराली । नायिका श्वेता खड्का दिल्ली स्थित बीएलके सुपर स्पेसियालिटी अस्पतालमा भर्ना भएकी छिन् । चिउँडाे र घाँटी दुखेर डाक्टरकाेमा जादा ट्युमर रहेको पत्तालागेपछी शल्यक्रियाका लागी उनि अस्पतालमा भर्ना भएकी हुन् ।
फिल्म ‘हेलो जिन्दगी’ को सुटिङका लागि लण्डन जानु अघि सामान्य दुखाइका कारण अस्पताल पुगेकी श्वेताको ट्युमर पत्ता लागेपनि डाक्टरले केहि समय पछि निको हुने बताइएकोले सुटिङका लागि लण्डन पुगेकी श्वेताको अचानक दखार्इ बढेकाले डाक्टरले तत्कालै शल्यक्रिया गर्नुपर्ने बताउपछी आफु दिल्ली पगेको उनले सोमबार आफ्नो फेसबुक पेजमा एक स्ट्याटस मार्फत बताएकी छिन् ।
उनले स्ट्याटस मार्फत ट्युमरको सफल शल्यक्रिया पनि भइसकेको बताउकी छिन् । उनले स्वास्थ्यका कारण फिल्ममा काम गर्न नसक्ने बताउँदै हेलो जिन्दगीको समूहसँग माफी मागेकी छिन् ।