धरान । नेपाल इन्फो नामक एप्स इटहरीमा शनिबार लञ्च गरिएको छ ।

इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले उद्घाटन गरिन् । देशका सबै क्षेत्रको सूचना एउटै माध्यबाट लिन सकिने गरी एप्स निर्माण गरिएको कार्यकारी प्रमुख पूजा कोइरालाले बताइन् । एप्समा पर्यटनदेखि स्थानीय सरकारका बारेमा पनि जानकारी लिन सकिने बताइएको छ ।

नेपाल इन्फोका अध्यक्ष करण बिष्टले एप्सको शाखा देशैभरी खुल्ने बताए । विभिन्न जिल्लामा एकदर्जन बढी शाखा खुलिसकेका छन् ।