धरान / जेठ २७ गते हुने सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका लागि दुई निर्वतमान उपाध्यक्षहरुले उम्मेद्वारी आज दर्ता गराएका छन् ।
वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेका विजय श्रेष्ठ र द्धितिय उपाध्यक्ष गिरीधारी सापकोटाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन । यस्तै, ८ जना वाणिज्य सदस्यको पदमा १६ जनाको उम्मेदवारी परेको छ ।
धरानमा राम्रो छवि बनाएका गिरीधारी सापकोटा सु्नसरी उद्योष् बाणिज्य संघमा सदस्य, सचिव हुदै उपाध्यक्ष भएका हुन । उनी व्यवासायीहरु
को हित तथा उनीहरुलाई अप्ठ्यारो परेका बेला सहयोग गरिदिने नेताको रुपमा चिनिन्छन् ।
श्रेष्ठ पनि सदस्य हुदै महासचिव, उपाध्यक्ष भएका व्यव सायी हुन । उनी निर्माण व्यवसायीको रुपमा चिनिन्छन् ।
वाणिज्य तर्फ( ८ जनाका लागि)
- मनोज श्रेष्ठ,
- मानबहादुर विश्वकर्मा,
- काजी गिरी,
- उपेन्द्र चाम्लिङ,
- सीताराम आचार्य,
- दिनेश राई,
- अशोक जैन डाँगा,
- राजेश अग्रवाल,
- रंजित चौधरी,
- सशी साह,
- प्रेमप्रसाद पराजुली,
- नविन राजभण्डारी,
- केशव श्रेष्ठ,
- शैलेशकुमार आचार्य(प्रमोद),
- अंकित अग्रहरी र
- जयप्रकाश शर्मा
वाणिज्य महिला सदस्य(एक जनाका लागि)
- ममता शाक्य र
- शुभेच्छा अधिकारी(श्रेष्ठ)ं
उद्योग सदस्यतर्फ ४ जनाका लागि
- अनुप देवान,
- राजकुमार निरौला,
- राजकुमार राई,
- रोजन रनपैली,
- विष्णु वराल,
- पियुष राज आचार्य,
- प्रभाव खतिवडा र
- महेन्द्र प्रधान
एशोसिएट तर्फ ३ जनाका लागि
- अनिलकुमार अग्रवाल,
- राजेश अग्रवाल गोयल,
- राजु साह,
- गोपाल श्रेष्ठ,
- रोहन हाँडा र
- किसन मास्के
वस्तुगत र उद्योग महिलामा निर्विरोध
वस्तुगत र उद्योगतर्फको महिला सदस्यमा भने निर्विरोध चयन भएको छ । वस्तुतगततर्फको २ जनाको सदस्य पदमा शिवराज श्रेष्ठ र रामस्वरुप शर्माकाे मात्र उम्मेद्वारी परेको छ । उद्योगको महिलातर्फ एलिना मगरको मात्र उम्मेद्वारी परेको छ ।