ब्लाष्टखबर । ‘मदन पुरस्कार–२०७५’का लागि २५७ कृति मध्येबाट ७ वटा कृति छनाैट भएकाे छ ।
२०७५ काे पुस्कारका लागि श्रेष्ठ सूची तयार गर्न गठित समितिले विभिन्न २५७ कृतिहरूमध्येबाट सात वटाकाे सर्टलिस्ट तयार पारेकाे छ । जसमा सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ रहेकाे मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले संचारमाध्यमलाइ जानकारी दिएका छन् ।
यिनै कृतिमध्ये एकलाई ‘मदन पुरस्कार–२०७५’ बाट गुठीले पुरस्कृत गर्नेछ, मदन पुरस्कारकाे राशि २ लाख रूपैयाँ रहेकाे छ । गत बर्ष निलम निहारीका कार्कीकाे 'याेगमाया कृतिले' पाएकाे थियाे ।