इटहरी  / इटहरी उपमहानगरपालिकाले इटहरीका बिभिन्न ठाँउमा फ्रि वाईफाई सेवा शुरु गरेको छ । सूचना प्रविधि अधिकृत ओसन चौधरीका अनुसार इटहरी उपमहानगरले वल्र्डलिंकसँगको सहकार्यमा तत्कालका लागि उपमहानगर परिसर,रेयुकाई चौतारी, इटहरी मुख्यचोक,इटहरी वसपार्क,वुढिगंगा मुक्तिघाट,लक्ष्मी नारायण मन्दिर पचरुखी चौक,वडा नम्वर २० को वडा कार्यालय परिसर तरहरा वजार र तालतलैया पार्कमा निशूल्क वाइफाई सेवा उपलब्ध गराएको हो ।
केही जनप्रतिनीधिहरुले इटहरीमा निःशुल्क वाइफाई गर्ने चुनावी घोषणा २ बर्ष पछि उपमहानगरले कार्यन्वयन शुरु गरेको हो ।
इटहरीका अन्य ठाँउमासमेत विस्तार गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत चौधरीले जानकारी दिए ।
सर्वसाधारणमा सूचना प्रविधिमा सहज पहुँच स्थापित गर्दै सूचना प्रविधिमैत्री उपमहानगर वनाउन फ्रि वाईफाई सेवा उपलब्ध गराउन थालिएको उपमाहानगरका प्रेस संयोजक लिलाराज भट्टराईले जानकारी दिए ।