हामी केटाकेटीलाई तिज सकिएपछि दशै आइहाल्थ्यो । अझ बारीका डिलमा टाकी फुल्न थालेपछि त झन् हाम्रा खुट्टाले भूइ छोड्न थाल्थे । बारीका डिलका टा“कीका रूखमा फुल फुल्न थालेपछि हामीलाई दशै लाग्थ्यो । हामीलाई थाहा थियो । दशै आएपछि टाकी फुल्न थाल्छ । हाम्रो घरमाथिको डिलमा जोडी टाकीका ठूला रूख थिए । फुल खेल्न थालेपछि फुलेका फुल हावाले उडाउ दैउडाउदै हाम्रो घरको आगनमा ल्याउ“थ्यो । टाकीका फूल आगनमा झरेको देखेपछि हामी झन् दशै आएछ भनेर तीन वित्ता माथि उफ्रन्थ्यौ । मन कम्ति रमाउदैथ्यो । दशै आएपछि गाउँघरमा चहलपहल नै अर्कै हुन्थ्यो । हुनेखानेका घरमा मात्र होइन । हुदा खानेहरूले पनि दशैका लागि भनेर अगिदेखि नै जोहो गर्थे । हामी केटाकेटीका लागि घरमा होस कि नहोस दशै
आयो भनेपछि राम्राराम्रा र नयानया लुगा लगाउन पाइन्छ । मिठो मसिनो खान पाइन्छ । आफू भन्दा ठूलाबडाको हातबाट टिका लाउन पाइन्छ । धेरथोर दक्षिणा हात लाग्छ । चचहूइचचहुइ गर्दै पिङ खेल्न पाइन्छ भन्ने भएर पनि होला । दशैको खुशी त्यति विघ्न भएको । पात्रो हेर्न आएपो पात्रो हेर्नु । त्यतिबेला त भित्ते पात्रो पनि पाइदैनथ्यो । दशै कहिले आउछ भनेर हामी टाकीका रूखतिर हे¥थ्यौ । बाआमालाई दशै कहिले आउछ बाआमा भनेर सोध्यो भने टाकी फुल्न थालेपछि आउछ नानी भन्नुहुन्थ्यो । सायद त्यही भएर पनि होला । दशै“ आउने बेला भएपछि हाम्रा आँखा टाकीका रूखतिर झुण्डिन थाल्थे । हामीलाई लाग्थ्यो । टाकी फुलेन भने दशै आउदैन । हाम्रा लागि दशै आउन बारीमा टाकी फुल्नै प¥थ्यो ।
सोह्रश्राद्ध लागेपछि भने घरमा बाआमा पनि दशैका बारेमा कुरा गर्न थाल्नुहुन्थ्यो । लुगा कपडा,नुनतेल,मरमसला लिन जानुपर्ने कहिले हो । बा साथीको खोजी गर्न थाल्नुहुन्थ्यो । टढाको बाटो एक्लैदोक्लै जाने कुरा भएन । तीन दिन लाएर धरान आउनु प¥थ्यो । गाउ“लेहरू एक जत्था भएरआउथे।नावाखोला,भैसे,छरुवा,हंसमोरङ,सदाम,रगुवा,याकचाना,शिरीषे,लावरबोटे,धारापानी,सा“गुरी हुदै सर्दू झरेर धरान आउनु प¥थ्यो । त्यतिबेला धरान आएपछि चाहि गाडी देख्न पाइन्थ्यो । उता बजार थिएनन् । किनमेल गर्न धरान नै आउनु पर्ने । अहिले जस्तो न यातायातको नै सुविधा थियो । न जताततै बजार नै थिए । विहेबटुल,चाडवाड सबैका लागि किनमेल गर्न धरान नै आउनु पर्ने । चाडवाड आएपछि धरान आउ“ने जानेको लस्कर लाग्थ्यो । गाउलेहरू कोही सुन्तला,कोही कागती,कोही घिउ,कोही बदाम बोकेर आउथे । त्यो बेचेर आफूलाई चाहिने नुन,तेल,मरमसला लिएर जान्थे । दशै खाने खसी चाहि साउनदेखि अलौटा मकै ख्वाएर पोसेका हुन्थे । दसबाह्र धार्नीका बडाबडा खसी हुन्थे । दशै खाने भनेर पालेका बधुवा खसी । घरै पिच्छे एउटा एउटा पालिन्थ्यो । घर पोत्न रातो माटो,कमेरो,चुन अगिनै जोहो गर्नुपर्ने । घरमा चुन लाउ“नेले चुनको खोजी गर्न थाल्थ्यो । रातो माटोले पोत्नेले रातो माटो ल्याउथ्यो । कमेरो लाउनेले कमेरो भेला पा¥थ्यो । म पनि जान्थे डोको बोकेर दिदीहरूसँग रातो माटो लिन । परपरसम्म गएर मड्केलाको माटो खनेर डोकामा बोकेर ल्याउनु प¥थ्यो । कालो माटोले पोत्नेले कालो माटो ल्याउथ्यो । कालिमाटी लिन निक्कै टाढासम्म पुग्नुप¥थ्यो । हामी भने रातो माटोले पोत्थ्यौँ । हाम्रो खरको छानो भएको ठूलो दुई तले घर थियो । अर्को सानो बाख्राको खोर भएको पाली । दसबाह्र भारी माटो लाग्थ्यो । हामी खुरुखरु ओसा¥थ्यौ । सुरुङ जस्तामा परपरसम्म गएर माटो झिक्नु प¥थ्यो । एक पटक माटाको ढिस्को झरेर हामीलाई झण्डै पुरेको । बा“सको लामो अग्लो भ¥याङ थियो । अफ्ठ्यारो ठाउ“ र माथिमाथि बाले पोति दिनुहुन्यो । म पनि बालाई सकिनसकि सघाउथे । त“ लड्छस् नआइज सक्दैनस् भन्नुहुन्थ्यो । म बाले भनेर का मान्थे र । सकिनसकि बासगसगै पोतो लिएर हिड्थे । सजिलो ठाउँ तलतल दिदी,आमाले पोत्नुहुन्थ्यो । रातो माटाले पोतेका खरकै छानो भएका घर भएपनि पोतिसकेपछि परबाट हेर्दा उज्याला देखिन्थे । गाउँ नै उज्यालो हुन्थ्यो । नपोतेको वा पोत्न बाँकी घर परबाटै चिनिन्थ्यो । त्यतिबेला दशैलाई खुजुरा पैसा भनेर किनमेल गर्न आउँदा धरानबाटै पसलेसँग साटेर लाने चलन थियो । यतिबेला जस्तो बैक गएर नयाँ नोट साटने चलन थिएन । सायद बैँकले दशैँलाई भनेर नयाँ नोट दिदापनि दिदैनथ्यो । सब कोही मानिसहरूलाई थाहा पनि थिएन होला ।
नौरथा लागेपछि गाउँमा चिउराको बासना आउँन थाल्थ्यो । रातभरि ढिकी चल्थे । तल्लाघर माथ्लाघर वल्लाघर पल्लाघर गाउँमा पर्म लाएर चिउरा कुट्ने चलन थियो । ठूलाठूला खड्कुलामा पाँच पाथीदेखि लिएर दस पाथी,पन्ध्र पाथी,एक मुरी,पच्चीस पाथिदेखि तीस पाथीसम्म चिउरा भिजाएर कुट्ने चलन थियो । किनेका चिउरा घरमा कुटे जस्तो मिठा हुँदैनन् भन्ने बजारबाट चिउरा प्रायःल्याउ“दैनथे । कसैकसैले ल्याए भने मात्र नत्र अह गाउमै कुट्ने चलन थियो । दशै नजिकिएपछि दमाइहरू कल बोकेर लुगा सिउन गाउँ पस्थे । कोही ज्यालामा सिउँथे । कसैका बालीघरे हुन्थे । हाम्रा दमाई कामी नै बालीघरे थिए । नौरथा लागेपछि दमाई लुगा सिलाउँन कल लिएर आउँथे । बालीघरेकामा नसकि ज्यालामा जाँदैनथे । बालिघरे दमाईलाई वर्षभरि लुगा सिलाए वापत वर्षमा एक पटक हिसाव गरेर अन्न दिने चलन थियो । त्यसैले बालीघरे भनिएको हो । हाम्रोमा लुगा सिलाए वापत दशै“मा धान लान्थे । त्यति मात्र होइन । दशैँको भाग मासु,चिउरा,चामल,केरा पनि दिनुप¥थ्यो । यसमा बालीघरे दमाइ–कामीको हकै लाग्थ्यो । यसरी दिइने मासुको भागलाई पुछ्रे भनिन्थ्यो । कामीलाई घिच्राको भाग दिनु प¥थ्यो । कामी पनि हतियारमा साँध लाउँन नौरथा लागेपछि साँध लिएर आउँथे । दिनभरि म साँध तान्न सघाउँथे“ । आँगनमा बसेर हामी हतियारमा साँध लाउँथ्यौ“ । साँध नलाएका हतियार दुर्गा थाप्न हुँदैन भन्ने चलन थियो । म घाममा असिनपसिन भएर साँध तान्थे । तीनचार दिनसम्म त मेरा पाखुरा दुख्थे । मैले एक्लै नसक्दा बा र म पालैपालो गरेर तान्थ्यौ“ । जमरे औँशीको दिन चोखोनितो गरेर विहानै जमरा राखिन्थ्यो । त्यतिबेला हामी मकैका जमरा राख्थ्यौ“ । धान,गहुँ र जौका जमरा राख्ने चलन त पछिदेखि आएको हो ।
दशैमा पिङ हाल्न भनेर हामी घरै पिच्छेबाट एकएक मुठा दुईदुई मुठा बाबियो भेला पा¥थ्यौ“ । नत्र पिङ खेल्न नपाइ भन्थे । पिङ हाल्ने गाउँका दाइहरू । गाईभैसीलाई दाम्लो बाट्न भनेर बाले राखेको बाबियो हामी उहाँले नदेखि लठारो बाट्न दिइपठाउथ्यौ । देखिदेखि त बाले दिनुहुन्नथ्यो । फुलपातीको पर्सिपल्ट अर्थात् नवमीको दिनसम्ममा गाउँमा पिङ हालिसकिन्थ्यो । टिकाको दिन भूइ छाड्नु भन्थे । हामी टिकाको अगिल्लै दिनदेखि पिङ मच्चाउन थाल्थ्यौ“ । गाउँभरिका भेला भएर पालैपालो रातभरि पिङ खेल्थ्यौ“ । कोही चौरीमा बसेर गफ गर्थे । फुलपातीको दिन नै खसी काट्ने चलन थियो । गाउँभरिका बडाबडा खसी त्यही दिन ढालिन्थे । दरो नारी भएको बलियोबाङ्गो को छ उसलाई खसी ढाल्न दिइन्थ्यो । धेरै पछिको कुरा मलाई सम्झना छ मैले पनि एकदुई ओटा दशैँमा गाउँका निक्कै ओटा खसी ढालेको छु । यसरी ढालेपछि पक्कु लायो । खायो । बाँकी मासु सिलमा उनेर टिका जाने पुर्णिमाको दिनसम्मलाई भनेर राख्ने गरिन्थ्यो । हाम्रो अगेना माथि कहिले त दशैँ सकिदा पनि दुईचार ओटा मासुका सिल बाँकी रहेका हुन्थे । दशैँको खसीको मासुको बोसो खारेर आमा तिहारमा सेल रोटी पकाउँनु हुन्थ्यो । एक धार्नी जति त खसीको बोसै हुन्थ्यो । हामी केटाकेटी विहान दहीचिउरा,केरा बेलुका मासुभात खादै उफ्रन्थ्यौ“ । पिङ खेल्न जान्थ्यौ“ । अलि भूँडी घटेपछि फेरि आयो । खायो । फेरि पिङतिरै गयो । ग¥थ्यौ“ । मलाई सम्झना छ । कुभिण्डाको खसी बनाएर मार हानेको । हामी म काट्ने भन्दै हातमा खुकुरी लिएर त“ छाड् म छाड् ग¥थ्यौ“ । टिकाको दिन बा दुर्गा थापेका हतियारहरू विसर्जन गर्नुहुन्थ्यो । म बालाई सघाउथे । बा यसो गर्नुपर्छ भन्दै मलाई सिकाउदै गर्नुहुन्थ्यो । बा टिकाको दिनको टिको साइतैसाइत जतिखेर लाएपनि हुन्छ भन्नुहुन्थ्यो । छिट्टै गरेर लाइदिनु हुन्थ्यो । आमै खसेपछिको कुरा हो यो । आमै छदा हामी सबै आमै कहा“ गएर लाउँथ्यौ“ । आमै छुट्टै घरमा बस्नुहुन्थ्यो । हाम्रा दुईओटा घर थिए । एउटामा हामी बस्थ्यौ“ । अर्कोमा आमै एक्लै बस्नुहुन्थ्यो । बाबै खसेपछिको कुरा । आमै खसेपछि हो बाले तल घरमा टिको उठाउँन थाल्नु भएको । त्यतिबेला यतिबेला जस्तो टिको मुछ्ने अविर पाइदैनथ्यो । दही र पत्तिरङमा मुछेर लाइन्थ्यो । टिको पनि अहिलेको जस्तो सानो होइन । वर्ष दिनको टिको भनेर निधारभरि लाउँने वा लाइदिने चलन थियो । म निक्कै सानो छँदैको कुरा । टिको लाएर दिदीहरूलाई पैसा दिएको देखेपछि खै त मलाई चाहि“ पैसा ? भनेर रुन्चे मुख लाउँदै मैले सोधेँछु । आमै हुँदैको कुरा । आमैले टिका लाइदिनुहुन्थ्यो । बा टिको लाइदिएकाहरूलाई पैसा झिक्दै दिनुहुन्थ्यो । आमै राम्रोसँग आँखा देख्नुहुन्नथ्यो । हात समाएर निधारसम्म पु¥याइदिनु प¥थ्यो । कहिले आँखातिर लानुहुन्थ्यो हात । कहिले कन्सिरीतिर । हामी केटाकेटी आमैलाई जिस्काउँदै गललल हाँस्थ्यौ“ । आमै रिसाउँदै ए मोरामोरी हो किन हाँस्छौ ? बुढाबुढी भएपछि का“ आँखा देखिन्छ र त अनि भन्दै गाली गर्नुहुन्थ्यो । छोरालाई टिको लाएर पैसा दिनु हुँदैन । आमैले यसो भनेको सुनेपछि म त्यही“ पट्टा खेल्न थालेछु । रुन कराउँन थालेपछि नदिई सुख । बाले झिकेर मलाई पनि दस रूपया“को नोट दिनुभयो । त्यो दिनदेखि पछिसम्म पनि टिको लाएर दशैँमा बाले हामी छोरालार्ई पनि दक्षिणा दिनुहुन्थ्यो । अरू कसैका बाआमाले दिदैनथे ।
दशै“मा आफन्त कहाँ टिको लाउँन जाँदालाई भनेर हामी काँल्लामा घाँस पालेर राख्थ्यौ । दशैलाई भनेर चरनमा पनि हामी घास पाल्थ्यौ“ । एकछिन् लगेर चरायो । अघाएपछि ल्याएर बाधि हाल्यो । त्यसपछि कसकामा टिको लाउँन जाने विचार छ गयो । बाआमा टिको लाउन जाने भए वस्तुभाउलाई घास पु¥याएर जाऔ है भन्नुहुन्थ्यो । हामी हतारहतार गएर पालेको घाँस लुण्याएर भारी पु¥याउथ्यौ । एकएक भारी घास ल्याएर लडाइदिन्थ्यौ“ । अनि म पनि दिदीहरूसँग टिको लाउन आफन्त कहाँ जान्थे । टिको लाएर ल्याएका पैसा कसका कति भए भनेर हामी घरको सिकुवामा बसेर गन्द्री माथि फिजाउँथ्यौ“ । गन्थ्यौ र नयाँ नोट छुट्याउथ्यौ । आ–आफ्नो राखनधरन हुन्थ्यो । दिदीहरू थैलीमा लुकाउथे । म मेरै बाकस थियो । त्यसमा राख्थे । त्यो हाम्रो आफ्नो पैसा हुन्थ्यो । जेमा खर्च गरेपनि कसैले केही भन्न नपाउने । भनेमा हामी ए मेरा दशै“मा टिको लाका पैसा त हुन् नि भनेर भूइँमा बचन खस्न दिदैनथ्यौ“ । कसैले छुनसम्म पाउँदैनथ्यो । बाआमालाई आवश्यक परेपनि मरेर सरसापटसम्म चल्थ्यो । हिसावमा तिर्ने गरेर चलाउँन चाहिँ पाउँनुहुन्थ्यो । मेरा टिको लाका पैसा यति भए । अब फल्नाफल्नाकामा लाउँदा यति हुन्छन् । हामी पैसाको हिसाव गर्दै खुशीले उफ्रदै आफन्तकोमा टिको लाउँन जान्थ्यौ“ । कम्ति रमाइलो हुँदैनथ्यो । यसरी हामी नयाँ लुगामा टिकाको दिनदेखि टिको जाने पूर्णेको दिनसम्म पालो गरेर टिको लाउँन जान्थ्यौ“ । सबै भन्दा बढी पैसा मामल जानेका हुन्थे । हामी सबै मामल जान पाउँदैनथ्यौ“ । घरमा धेरै काम हुन्थ्यो । मामल गएर एक दिनमा आइदै
नथ्यो । म चाहि आमासँग लेपासो लागेर गइहाल्थे । त्यसैले दिदीहरूका भन्दा दशैँमा टिको लाका पैसा मेरा बढी हुन्थे ।
दशैँमा आफूले भने जस्ता लुगा लाउँन नपाएर रडाको मच्चाउँदा कहिलेकाही“ बाआमा भन्न त भन्नुहुन्थ्यो । आफूले पु¥याउ“नु परेको छैन । रडाको गरिदिए भइहाल्यो । पछि व्यवहार आफ्नो हातमा आएपछि थाहा हुन्छ । सबै कुरा आफ्नो काधमा आएपछि चेत्छन् । कसरी पु¥याएका रहेछन् बाउआमाले भन्ने कुरा अनि थाहा हुन्छ । हाम्रो ठूलो परिवार थियो । बाआमा आफूहरूलाई दशै“मा कहिल्यै लुगा किन्नुहुन्नथ्यो । दशैँमा पनि अरू बेलै किनेका लुगा लाउँनुहुन्थ्यो । पछि म अलिअलि बुझ्ने भएपछि मनमनै सोच्थे“ । अरूहरूका बाउआमा चाहि“ दशैँमा राम्राराम्रा लुगा,गरगहना लाएर हि“ड्छन् । हाम्रा बाआमा चाहि“ किन पुरानै लुगा लाउनुहुन्छ । उनीहरूका अगाडि हाम्रा बाआमा चाहि“ किन कमजोड देखिएर हिड्नु होला । यस्तैयस्तै लाग्थ्यो । अझ बुझ्ने भएपछि मात्र थाहा भयो । हामी छोराछोरीको इच्छा पूरा गर्दै बाआमाको ढाड भाचदो रहेछ । दिदीहरू त तै पछि किनौला भन्दा मान्नु पनि हुन्थ्यो । वहिनीहरू पनि मान्थे । मलाई त दशै तिहारमै नभइ नहुने । भन्नु उसो होइन हाम्रा बाआमाले घरमा भएपनि नभएपनि आफूले खाइनखाइ भएपनि हामी छोराको इच्छा कहिल्यै मार्नु भएन । ठाउँ अनुसार,चलन अनुसार हाम्रो चाहना पूरा गर्नुभयो । मलाई सम्झना छ । एक दशैँमा अहिले पैसा छैन नानी दशै पछि तिहार अगि बिचमा पैसा हुन्छ । बदाम खनौला । अनि बेचेर पैसा आउँछ । त्यसपछि तँ जस्ता भन्छस् त्यस्तै लुगा किनि दिउला भन्नुभयो बाआमाले । मैले मान्दै मानिन । नमानेर झगडा गरेपछि बाले रिसाउँदै गाउँमा कसैकोबाट सापट खोजेर ल्याइदिनु भएछ । पाँच सय रूपयाँ । त्यतिबेलाको पाँच सय रूपया“ पनि निक्कै ठूलो पैसा थियो । आज भन्दा ३० वर्ष पहिलेको कुरा । त्यो पैसा दिएर लुगा किन्न मलाई बाआमाले गाउ“लेको साथ लाएर रवि पठाउ“नुभयो । त्यसपछि म त्यो पैसा लिएर गाउ“लेको साथ लागेर रवि बजार आए“ । त्यो पा“च सय रूपया“ले मलाई सटपाइन्टको कपडा किनेर सिलाउ“न पनि पुग्यो । आउजाउ खर्च पनि त्यसैले भयो । त्यतिबेला मैले राम्रा सुपारी सटपाइन्ट सिलाएर ल्याएको थिए“ । उतिबेला सुपारी सटपाइन्ट भन्ने भर्खर निस्केको वा निक्कै चलेको डिजाइन् थियो । अहिले लाग्छ । सानामा म सारै जिद्धी स्वभावको थिएछु कि क्याहो । चाहियो भनेपछि चाहियो । चाहियो । बाआमास“थ पैसा छ कि छैन विचारै नगरि अड्डि कस्ने । मैले त्यसरी अड्डी कसिसकेपछि बाआमाको दा“तमा ढुङ्गा लागे जस्तो हुन्थ्यो ।
आजभोलि म सम्झन्छु । यो चाडवाडको नाममा व्यर्थै कति पिरोलिइएछ बाआमालाई । हाम्रो मध्यम वर्गीय परिवार थियो र त बाआमालाई चाडवाड टार्न निक्कै कठिन हुन्थ्यो भने निम्न वर्गीय परिवारको मानिसलाई त कति कठिन प¥थ्यो होला । यति बेला सम्झदा कहिले त पश्चाताप पनि लाग्छ । बाआमाले जस्तो दिनुहुन्थ्यो । त्यस्तै खाएको लाएको भएपनि त भइहाल्थ्यो नि यो रहर भन्ने कुरा त गर्दा हुने कुरा न रहेछ । नत्र के बाआमालाई पनि वर्ष दिनको चाडमा राम्राराम्रा लुगा र गरगहना लाएर हि“ड्ने रहर लाग्दैनथ्यो होला त । मैले यहीबाट सिके । रहर भन्ने कुरा गर्दा लाग्ने कुरा रहेछ । मलाई अझै सम्झना छ । दशैमा बाआमाले लुगा किनिदिनु हुन्न भनेर हामी छदाखदाका लुगा ढुङ्गामा घिस्रिघिस्रि फटाउयौ र दशैमा मलाई त नयाँ लुगा चाहिन्छ भनेर नयाँ लुगा किन्न लगाउँथ्यौ“ । नकिन्दिएर त सुखै पाउँनुहुन्नथ्यो । यो चाडवाड भन्ने कुरा त साच्चै केटाकेटीका लागि मात्र रहेछ । आफूले पु¥याउँनु परेपछि त चाडवाड आयो कि टेन्सन । अहिले त झन् पहिले जस्तो लुगा मात्र दिएर कहा“ हुनु । नयाँनयाँ गरगहना,मोबाएल,ल्यापटप आदि केके केकेको अडर पो आउँछ त । घाँटी हेरेर मात्र हाड निलौँ है भन्यो । आफूले कोरेको सिमा रेखा आफैँले नाघिन्छ । पहिले कठिन भनेको पहिले के कठिन अहिले झन् कठिन । नयाँ नयाँ प्रविधिको विकास । अहिलेका मानिसको महङ्गो जीवन शैली आदिले गर्दा कहिले त बारीका डिलमा टाँकी नफुलिदिएपनि हुन्थ्यो जस्तो पनि लाग्छ । के गर्नु टाँकीले फुल्न विर्सिदिए पो र दशै नआइदिए पो । हामीले भनेर नहुने । गड्गडाएर वर्षमा एकचोटी आइहाल्छ । सामान्य ढङ्गले मनाउनत भन्दा लोकले देख्दा निरीह बनेर पनि नहुदो रहेछ । कसोकसो अलि बढी नै भइहाल्छ । प्रीय पाठक वृन्द यो पङ्तिकारको आशय पनि आफ्नो घाँटी हेरेर हाड निलौ भन्ने नै हो ।