धरान । धनकुटा उनको आउ–जाउ गरिरहने स्थान हो । धनकुटा–४ देब्रेबासमा जन्मेका कृष्ण ब्लोनको कर्मथलो धनकुटाको साँगुरीगढी–५ डाँडाबजार बन्यो । धनकुटाको डिग्री क्याम्पसमा २० सालमा नेपाली र राजनीतिशास्त्रमा स्नातक गरे पछि भारतीय निमावि चुङ्माङमा शिक्षक भए । त्यसबेला गाउँमा शिक्षक पाउन गाह्रो थियो । तर उनलाई जागिर पाउन भने असजिलो थिएन । शिक्षक जीवन नै बिताउने सोच बनाएका उनले २०३१ मा काठमाडौंबाट एकवर्षे बिए अध्ययन गरे ।
तीन महिना चुङ्माङमा जागिर खाएर उनले टङ्क निमावि भीरगाउँमा जागिर गरे । २०३४ सालसम्म त्यहाँ सेवा गरेपछि उनको कर्मथलो भानुमावि डाँडाबजार बन्यो । मावि दरबन्दीमा प्रवेश गरेका कृष्णले २०६७ जेठसम्म जागिर खाए । २०३४ सालदेखि ३३ वर्षसम्म प्रधानाध्यापक भएर उनले सेवा गरे ।
६६ वर्षका कृष्णले लाखौंमा औपचारिक ज्ञानको ज्योति छरे । त्यो सँगसँगै उनले सामाजिक काममा पनि हात हाले । उनको परिचय यतिबेला एउटा पूर्वशिक्षक मात्र बनेन । उनी एउटा अभियन्ताका रूपमा पनि परिचित छन् । सानैदेखि घुमफिर गर्न रुचाउने कृष्ण आफ्नो इच्छा पूरा गर्न विद्यार्थीहरूलाई घुमाउन लिएर जान्थे ।
२०५१ सालमा ‘अडियो टावर’ भनेर माइक जोडेर रुखको टुप्पोमा राखेर गाउँको खबर प्रदान गर्ने, प्रतिभाहरूलाई उजागर गर्ने काम गरे ।
एउटा शिक्षकको जिम्मेवारीसँगै उनले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि त्यो बेलादेखि उनले अभियान चलाएका थिए । त्योबेला मोटरबाटो थिएन । पैदल हिँडेर तेह्रथुम, चैनपुर, खाँदबारीसम्म पुग्थे । २०३४ सालमै पहाडी शृङ्खला हुँदै धनकुटाको बुधबारे, रवि–राँके हुँदै इलामसम्म पुगेका थिए । त्योबेला नै पर्यटकीय सम्भावना देखेका कृष्णले अहिलेसम्म पर्यटकीय क्षेत्र प्रवद्र्धनमा अझैसम्म विकास नहुँदा दुःखी पनि छन् ।
नेपालका दोलखा, रामेछापबाहेक सबै जिल्ला घुमेका कृष्णले थाइल्याण्ड, अष्ट्रेलिया, अमेरिका र भारतका विभिन्न स्थानमा भ्रमण गरेर ग्रामीण पर्यटनबारे अध्ययन गरेका छन् । ती देशहरूमा भएको ग्रामीण पर्यटनको सिको गरेर पूर्वी नेपालका उनले केही स्थानमा शुरु गरेको होम–स्टे अहिले नेपालकै नमूनासमेत भएका छन् ।
उनले २०४८ सालमा ‘आकाश’ भन्ने संस्था शुरु गरे । गाउँघरको कुराकानी’ भनेर दुई–दुई महिनामा पत्रिका प्रकाशन शुरु गरे । त्यसबाट उनले ग्रामीण पर्यटनको चेतना फैलाउने काम गरे । २०५१ सालमा ‘अडियो टावर’ भनेर माइक जोडेर रुखको टुप्पोमा राखेर गाउँको खबर प्रदान गर्ने, प्रतिभाहरूलाई उजागर गर्ने काम गरे । सूचना आदान–प्रदान तथा विभिन्न भाषाभाषीको संरक्षणमा उनले ठूलो योगदान दिएका थिए । पाल्पाको मदनपोखरामा ढोकामा राखेको रेडियो देखेर त्यसको नक्कल गरेर अडियो टावर सञ्चालन गरिएको थियो । गाउँमा केही खबर सुनाउनु प¥यो, गाईवस्तु बेच्नु पर्यो, कुलतमा लाग्यो भने त्यो सूचना अडियो टावरले गाउँभरि सुनाउने काम गथ्र्यो । माओवादी द्वन्द्वको समयमा भने बन्द भयो ।
कृष्ण ब्लोन डाँडाबजार आएपछि उनले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि केही न केही गरिरहेका हुन्थे । डाँडाबजारलाई विश्वसँग जोड्न उनले ठूलो योगदान दिएका छन् । अमेरिकाको युथ इन्टरनेसनल संस्थाले कलेज पढ्ने विद्यार्थीहरूलाई एक हप्तासम्म २०–२५ जनाको टिम पठाउने गथ्र्यो । ती विद्यार्थीहरूले डाँडाबजार, नाम्जेको भूगोल, संस्कृति, संस्कार, भाषाबारे अध्ययन गरेर जाने गर्दथे । ३ वर्षमा ७५ जनाले यहाँको बारे बुझेर गएर त्यहाँबाट अरू पर्यटकहरू पठाउने काम गरे ।
डाँडाबजार र नाम्जेमा होम–स्टे शुरु भएपछि उनले धरानको विष्णुपादुकाको कोकाहा, देविथानमा पनि होम–स्टे सञ्चालनका लागि पहल गरेका थिए ।
माओवादी द्वन्द्वमा उनी आउन छाडेका थिए । यो वर्ष नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर फेरि उक्त कार्यक्रम सुचारु गर्ने तयारी भएको उनले सुनाए । संस्थाका निर्देशक ब्राड गिलिङ्सले त्यसको समन्वय गरेका थिए । उनीहरूलाई गाउँमा एक हप्तासम्म राखेर यहाँको वस्तुस्थिति अध्ययन गराउने गरिएको थियो ।
यही प्रक्रियापछि नाम्जे र डाँडाबजारमा होम–स्टे शुरुवात भएको उनको भनाइ छ । यहाँ २०६८ सालमा होम–स्टे शुरु गरिएको छ । १० वटा घरमा एक रातमा १०० जना अटाउने व्यवस्था छ भने नाम्जेमा १३ घरमा होम–स्टे शुरु गरिएको छ ।
सन् २०१३ मा कलकत्ताका तत्कालीन महावाणिज्य दूत चन्द्र घिमिरेको समन्वयमा कृष्णकै पहलमा दुईजना पत्रकारहरूलाई धनकुटा, धरान, तेह्रथमसम्म घुमाएका थिए । अरुण चन्द र उनकी महिला साथीले पूर्वको सुन्दरताबारे अयााकजयचभ म्यागजिन द गोर्खाज ल्याण्ड र साउथ एसिया म्यागजिनमा ट्राभल्स इन द ल्याप अफ द हिमालयज’ भनेर बखान गरेपछि भेडेटार, नाम्जे, राजारानी, टिएमजे क्षेत्रमा भारतीय पर्यटकहरूको आगमन बढेको हो । हाल पूर्वमा आइरहेका भारतीय पर्यटकहरू भिœयाउन पनि उनको महत्वपूर्ण भूमिका बिर्सन सकिँदैन ।
दैनिक एक सय भारतीय पर्यटकहरू भेडेटार र नाम्जे आउने गरेको तथ्याङ्क छ ।
डाँडाबजार र नाम्जेमा होम–स्टे शुरु भएपछि उनले धरानको विष्णुपादुकाको कोकाहा, देविथानमा पनि होम–स्टे सञ्चालनका लागि पहल गरेका थिए । हाल धरान उपमहानगरको सहयोगमा यहाँ होम– स्टे शुरु भएको छ । धरान उपमहानगरपालिकाका पर्यटन समितिका सदस्यसमेत रहेका कृष्णले ती क्षेत्रमा होम–स्टे सञ्चालनका लागि स्थानीयलाई उत्साह जगाउने काम गरे । उनले कोकाहामा स्वीजरल्याण्डका डानियललाई २०६० सालदेखि त्यहाँ ल्याएर घुमाएका छन् ।
उनका पर्यटन विषयका मास्टरप्लानहरू थन्किएर बसेका छन् । राज्यका कुनै पनि निकायले उनमा भएको ज्ञान, सीप र क्षमताको उपयोग गर्न सकेको छैन र चाहेको पनि देखिँदैन । पर्यटन माफियाहरूको चङ्गुलमा परेर उनी ओझेलमा परेका छन् ।
उनकै सिफारिसमा स्वीजरल्याण्डबाट पर्यटकहरू पूर्वी नेपाल आउने गरेका छन् । उनले दिल्लीको जामिया विश्व विद्यालयबाट ग्रामीण पर्यटनमा विद्यावारिधि गर्ने बिनिता चक्रवर्तीलाई २०६५ सालमा कोकाहा क्षेत्रमा घुम्न पठाएका थिए । उनले त्यहीँको अध्ययन गरेकी थिइन् । ग्रामीण पर्यटन प्रवद्र्धनमा भारतका पर्यटन अभियन्ता राज बासुले पनि ठूलो सहयोग गरेका छन् । उनले नेपाल आउने भारतीय पर्यटकहरू कृष्णकै जिम्मा लगाउने गरेका छन् ।
उनले पूर्वी नेपालका सबै स्थानको अध्ययन गरेका छन् । पर्यटकहरूलाई उनले राम्ररी गाइडसमेत गर्न सक्छन् । सुनसरीको ठिङ्गाबारी, धनकुटाको आहाले साँगुरी गढी, धरानको चिण्डेडाँडा, वसन्तटार, माछामारा, इलामको सलकपुर, भोजपुरको छिन्ताङ, पानधारे, बालाङ्खालगायत स्थान होम–स्टेका लागि उत्कृष्ट स्थान भएको उनी बताउँछन् । ‘यस्ता लोभलाग्दा मनमोहक दृश्य भएका स्थान पूर्वी नेपालमा अझै छन्’–उनले भने ।
कृष्ण ब्लोन एउटा व्यक्ति केही होइनन् । तर उनी एउटा ग्रामीण पर्यटनका अभियन्ता हुन् । पर्यटनको दीर्घकालीन योजना बनाउन सक्ने, भिजन दिनसक्ने व्यक्ति हुन् । धरान उपमहानगरपालिकाले पर्यटन सदस्यमा राख्यो तर उनको योग्यता, अनुभव, ज्ञान र सीपको अझै प्रयोग गर्न सकेको छैन । उनका पर्यटन विषयका मास्टरप्लानहरू थन्किएर बसेका छन् । राज्यका कुनै पनि निकायले उनमा भएको ज्ञान, सीप र क्षमताको उपयोग गर्न सकेको छैन र चाहेको पनि देखिँदैन । पर्यटन माफियाहरूको चङ्गुलमा परेर उनी ओझेलमा परेका छन् ।