धरान / ‘नेपाली कांग्रेससहितको उपस्थितिमा भएको नगरपालिकाको राजश्व परामर्श बैठकमा कांग्रेसका नेता तिलक राईसमेतको सहमतिमा बढाइएको करका विषयमा कांग्रेस नै कोकोहोलो मच्चाइरहेको छ । तर यथार्थमा टेम्पो व्यवसायीहरुको कर त दैनिक ४ रुपैया“ ९५ पैसा मात्र त हो जुन उहा“हरुले तिरि नै सक्नु भएको छ । कर त नेपाली कांग्रेसको हल्ला गर्ने बहाना मात्र भएको छ । करको विरुद्ध बोल्ने नैतिक अधिकार कांग्रेसलाई त्यसकारणले छैन ।’
उपरोक्त कुरा नेकपा जिल्ला कमिटी सदस्य तथा धरान उपमहानगर पाालिका निर्वाचन परिचालन कमिटीका सह संयोजक मुरारी सुवेदीले धरान १५ निर्वाचन परिचालन कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा बताएका हुन् ।
उनले सो भेलामा ‘कर बढाइएको भन्दा पनि जो जो करको दायरामा आउनु भएको थिएन , उहा“हरुलाई करको दायरामा ल्याउने काम गरेकोलाई उहा“हरुले चित्त दुखाएको जस्तो देखिन्छ , तर ८७५ व्यवसायीहरु रहेकामा १२२ मात्र करको दायरामा हुनु भएकाले बा“कीलाई करको दायरामा ल्याउन खोज्दा त्यस्तो आभास भएको हुनसक्छ । करको केही प्रतिशत मात्र बढेको हो’ –उनले भने ।
उनले बाटोको लागि पनि ३ करोड छुट्टिवरी ठेक्का लागिसकेको तर निर्वाचन आचारसंहिता लाग्ने भएकोले अहिले बनाउन सुरु नभएको बताए ।
सोही भेलालाई कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले सेउती करिडोरका लागि ५ करोड बजेट छुट्टिसकेको बताउ“दै कर बढेको नभई करको दायरा फराकिलो मात्र बनाइएको जानकारी दिइन ।
सो भेलामा प्रमुख अतिथि नेकपा प्रदेश सदस्य मुक्सामहांङ मेन्या¨वोले नेकपाका सूर्य ध्वजावाहक उम्मेदवार प्रकाश राई विजयी गराउन १५ नं. वडाको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । करको दायरा बढाएको विषयमा जनतालाई बुझाएर जानु पर्ने उनल ेबताएका छन् । कार्यक्रमको सञ्चालन र अध्यक्षता क्रमश वडा अध्यक्ष तथा १ नंं निर्वाचन परिचालन कमिटीका कमाण्डर नरेशकुमार इवारम र १५ नं. नेकपा अध्यक्ष ज्ञानेन्द्र बस्नेतले गरेका थिए ।

73005498_418555505737728_8083871132521857024_n