ब्लाष्टखबर । धरानको वडा नं ७ को अध्यक्ष पद कांग्रेसका प्रत्यासी सुवर्णमोहन पलिखेलाई १ मतले हराउदै नेकपाका जिवन सुबेदी विजयी ।
वडा सदस्य पदबाट राजिनामा दिएर अध्यक्ष पद उमेद्वारी दिएका सुबेदीले ६२२ प्रप्त गर्दा कांग्रेसका प्रत्यासी सुवर्णमोहन पलिखेले ६२१ मत प्राप्त गरेका थिए । १ मतकाे झिनाे अन्तर भएपछि कांग्रेसले वदर भएको मतलाई सदर गरेको भन्दै पुनः गणना गर्नु पर्नेमाग रखेकाे थियाे पछि सहमतमा पुनः मत नगन्ने गरी निर्वाचन आयाेगले सुबेदीकाे ६२२ र पलिखेकाे ६२१ मत लाइ नै निर्णायक मत घाेषणा गरेकाे छ ।