सूचना र प्रविधिले ल्याएको यो चमत्कारले संसार ‘ग्लोबल भिलेज’भएर ‘भर्चुअल रिलेसन’सम्म अहिले हामीले सुविधाभोग गरिरहेका छौं । यसै सिलसिलामा नेपाली मुलकी हाल ‘क्यालीफोर्निया, यु.एस.ए. बस्दै गीत, कविता लेखेर नेपाली साहित्यलाई श्रीवृद्धि गर्न लागि परेकी एक स्थापित नाम राखी गौचनसित मेरो सामाजिक सञ्जालमा मित्रता बन्यो र यो मित्रता आत्मिय बनेर झाँगी रहेछ । मानवीय मूल्यहरू अर्थपूर्ण दृष्टिले खोतल्ने जमर्काे गरिरहेछु र यो क्रमजारी छ ।
अब प्रश्न उठ्छ, राखी गौचन कस्ता गीत लेखिन्छन् त ? त्यतातिर फूलबुट्टा भर्नु भन्दा पनि गीतका अनुरागी र पारखीले नै साक्षी स्वरूप यहाँ प्रस्तुत गर्दा अझै रोचक र सादरभिक होला ठानी दिएँ मैले ।
“जानीनजानीतिमीसितकुनै रात मागेँ
अधुरो थिएँ र पो तिम्रो साथ मागेँ
खुशी मेरो पहिल नै बन्धकीमा थियो
तिमीसित फेरि झुटो आशा मागेँ ।
सायद बिराएँ होला दुनियाँको लागि
मनको मन्दिरमा केवल वरदान मागेँ
आकाशमा बादल बन्न नसके पनि
तिमीसित विश्वासको वर्षात मागँे ।।
बिउँझिदा पनि नहोला विपनाको लागि
केवल सपना कोर्ने अधिकार मागँे
सहयात्री तिम्रो बन्न नसके पनि
एकैछिनको यात्रामा प्रकाश मागेँ ।।।”
मलाई लाग्छ, एक प्रकारले मैले राखी गौचनबारे देखेको कुरा देखाइ सकेँ र बुझ्नेले उनको गीतलेखनको घनत्वलाई आत्मसात गरिसके । मेरो त अझै पनि हार्दिकता मात्र हो, सूत्रधारको जिम्मा लिन त सक्दिन होला । किन पनि भने उनी स्वयम्मा प्रकाश भएर प्रकाश्य भइसकेकी छिन् । मैले त प्रकाशमा दृष्टि देखेको मात्र हुँ । त्यस्तै गरेर उनको एउटा गीतलाई हेरौँ । यहीँबाट थाहा लाग्छ, उनी गीतलेखनमा निकै खारिएकी र दरिएकी छिन् । गीतमा चाहिने जुन गेयात्मकता र लयात्मक पक्ष त छँदै छ । समकालीन कुन कित्तामा अस्तित्वमान छन् । फेरि पनि आफू पछाडि हटेर खास अनुरागीलाई नै जिम्मा दिँदा मौलिक एवं स्वतन्त्रबुझाई र यसको साथसाथै अभिव्यक्तिलगायतका कुराहरू पनि पाठकहरूसम्म आइपुग्दा झन् रमाइलो हुँदो रहेछ । त्यसैले उनको दोस्रो गीत रचनातिर लागौं ।
“नाम बिना कति नाता सागरभन्दा गहिरो हुन्छ
बुझ्नेले पो बुझ्छ नबुझ्नेलार्ई पहिरो हुन्छ, ।
नजर पिच्छे फरक हेराइ नजर सब एक छैन
सम्बन्धको अर्थ भन्नु तृष्णामात्र पनि होइन
माया हुन्छ विश्वासको ईश्वर भन्दामाथि
मनजिते पछि साँचै बन्दो रहेछ मनको साथी
धड्कन बिना चल्ने मुटु के नै आभास हुन्छ ।।
पाइलापिच्छे प्रश्नहरू कतिकति हुन्छ गारो
अघि बढ्दा किन समाजै तगारो
मनले मनलाई छोएपछि खुशी मिल्दो रहेछ
जिन्दगीभर मिठो याद छोडीदिदो रहेछ
विश्वास बिना आफ्ना पनि कति पराइहुँदो रहेछ ।”
राखीको गीत लेखनको समकालीन चेतना अथवाउचाइ यही नै हो । कुरा घुम्दै फिर्दै यहाँसम्म आइपुग्छ कि उनको पहिले नै सङ्गीत र स्वरबद्ध गीतहरू कतिले सुन्नु भएको छ र कस्तो लागेको छ भनेर यसो बजारतिर निस्कनु पनि ठूलो फलप्राप्ति हुँदोरहेछ । गीतको मुख्य चरित्र भन्नु नै शब्दमै, गेयात्मकता र साङ्गीतिक शब्दहरूले बनेको पाउजुको आवाज हो, जो एक सिद्धहस्त नृत्यमा लीन छिन् । अझै भनौं न गीत लेख्दालेख्दै यसले भाका खोजी हाल्छ र आफ्नो जीवन्ततामा लगी हाल्छ । अहिले सोच्दै छु, राखीको गीतको प्रवृत्ति र प्रकृतिमा के फरक छ ? एउटा सामान्य तर अर्थपूर्ण उत्तर छ, उनका गीतहरूको आयू भने पक्कै लामो छ, हाम्रो सरोकारको एक पाटो यो पनि हो, सायद.... ।
३. अबभने राखीसित जोडिएको गीत लेखन प्रसङ्गलाई धेर थोर जे भए पनि यही बिट मार्न चाहन्छु, तर उनको एक शब्द रचना पढेर मात्र...,
“ म आगो बोकेर धुँवा लुकाउँदै छु अचेल
छाती भित्रै पीडा दबाउँदै आसु सुकाउँदै छु अचेल ।
छटपटाउँदै समयले पनिकोल्टे फेर्दै छ
जल्दैछन् यी सपनाहरु आँखाले हेर्दै छ
विपनाले पनि बिथोल्छ किन म अभागिनीलाई
एकान्त यो रातलाई टुटाउँदै छु अचेल
र छातीभित्रै पीडा दबाउँदै आँसु सुकाउँदै अचेल ।।
जीतहार थाहा पाउने खेलाडी हुन सकिन
दाग लगायौ यो जिन्दगीमा अहँ धुन सकिन
सारा खुशीको मृत्यु हुँदानि रुन सकिन
यो कस्तो पराजयको उत्सव मनाउँदै छु म
र छातीभित्रै पिडा दबाउँदै आँसु सुकाउँदैछु अचेल ।।।
अब विस्तारै थाहा हँुदै छ, गीत र कविताकोे आत्मीय दूरी । सरलता र पाठक स्रोतामाथिको जब्बर र स्वर । बाजाको धून र आवाजको अलङ्कार त पछिल्लो कुरा हो । शब्दको यति गहिरो धून निकालेर गीतको रचना स्थापित गर्नु रहरले मात्र हुँदो रहेनछ । के यो सबै कुराको जश राखी गौचनलाई जाँदैन र ?कहिले कहीँ लाग्छ, स्रष्टाहरू एक माध्यममात्र हुन् , अभिव्यक्तिको शक्तिशाली स्रोत कुनै अदेख्य दुनियाँबाट कसैले मायावी जादूले निर्देश गरिरहेछ ।
प्रियमित्र राखीजी, तपाईं हृदय छुने गीत लेख्न सक्नु हुँदो रहेछ । गीत पढेर, सुनेर सायद कसैको अहित नहोला ..... , लेखिरहनुस् । दुःखले आज्र्याको दुःखी देशबाट हर्षको शुभकामना ........ ।