मधुमल्ला । झापाको बाहुनडाँगी देखी पश्चिमको डढेलधुरा सम्म जोडने मदन भण्डारी राजमार्गको निर्माण प्रक्रियामा मोरङको मिक्लाजुङ खण्डमा बस्ती बाइपास गरी सडक निर्माण कार्य अगाडी बढाउन लागेको भन्दै सो को पहलका लागि १३ सदस्यीय मदनमार्ग पहल उपभोक्ता समिति गठन गरिएको छ ।

आइतबार मिक्लाजुङ गाउँपालिका वडा नं. ३ मा भएको एक भेलाले भगिरथ अर्यालको अध्यक्षतामा १३ सदस्यीय पहल समिति गठन गरेको हो । पहिले बैकल्पीक चुरेफेदी मार्गको नामले परिचित सो मार्ग पुर्व तर्फ आएपछी दमक जोडने लागेको र यसले चुरेपहाड र आसपासका क्षेत्रका जनताको आर्य आर्जन र जिबिको पार्जनमा समस्या पार्ने स्थानीयको बुझाई छ ।
मदन मार्ग अन्त्रै मोडिन लागेको भन्दै मोरङ क्षेत्र नं. १ प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाले यस अघिनै पटक पटक सार्वजनीक कार्यक्रम मार्फत नै त्यसको प्रतिकार गर्ने बताउदै आएका छन । कुनै पनि हालतमा बस्ती बाइपास गरेर परियोजना अगाडी बढे सो को प्रतिकार गर्ने सम्बाले बताउँदै आएका छन् ।

उपभोक्ता समितिले मिक्लाजुङ क्षेत्रमा मदन मार्ग निमार्ण स्थान लाई स्थानीय जनसमुदायको माग अनुसार निर्माणका लागि पहल गर्ने नव निवाचित अध्यक्ष भगिरथ अर्यालले बताए ।