जेफाले । सबै डराएर गाडीबाट ओर्लिए । गाडीले पनि कसरी बाटो काट्ला भनेर चालकहरुको मन उसैगरी डरायो । त्यसरी मन डराउने र मुटु नै काप्ने ठाउँ हो ‘वत्तिसजुरे भीर’ ।

     मोरङको केराबारी गाउँपालिकाको केराबारी बजारबाट उत्तरलागेपछि जेफाले पुग्नै लाग्दा भेटिने यो भीर चालक र यात्रुका लागि डर बनेको छ । ‘नीकै डरलाग्दो भीर रछ यो । यो कटेपछि त ज्यादै आनन्दको रमणीय ठाउँ आउने रछ ।’– छिमेकी लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले भीर कटेर उकालो लागेपछि भनिन् ।

       केराबारी जेफाले सम्मेवासम्मको सडक क्षेत्रले अप्ठेरो भीरखण्ड हुँदै जिल्लाकै निकै रमणीय डाँडो जेफाले उकाल्छ । अनि सो सडकले धनकुटाको भेडेटार हुँदै तेर्साे लागेर पाँचथरको रवि, राँके हुँदै ताप्लेजुङतर्फ मोडिने सडकखण्डको चौविसे गाउँपालिकाको ६ नम्वर बुधबारे जोड्छ । त्यही तेर्साे बाटोले केही पर रहेको मोरङ, धनकुटा, इलाम र पाँचथरको सिमानाका रुपमा रहेको ऐेतिहासिक तथा पर्यटकीय डाँडो ‘मिक्लाजुङ’ जोड्छ । सडक व्यवस्थित निर्माण हुँदा त्यताबाट कृषिजन्य उत्पादनलिएर तराई ओर्लिन सहज हुने केराबारी ७ का पूर्णप्रकाश पूर्वछानेको भनाई छ । ‘मोरङको एउटै मात्र चियावगान, १ हजार ९ सय मिटर उचाईको ज्यादै रमणीय जेफालेको अवलोकनका लागि यो सडक चाँडै वन्नु आवश्यक छ । ’– उनले जोड दिँदै भने । केराबारीको खदम खोलामा पुल वन्दै गरेकाले धरानतर्फबाट यही बाटो हुँदै ताप्लेजुङको पाथीभरा पुग्न छोटो दुरी पर्ने पनी उनले सुनाए ।

      पूर्वछाने सहित मोरङ जिल्ला अन्तरपालिका साझा सरोकार समितिको समन्वय वैठकमा सहभागि हुन जिल्लाका १७ पालिकाका प्रमुख, उप्रमुखहरु लगायतको सहभागिताको बैठकमा सोही बाटो हुँदै जेफाले उक्लिएका थिए । वत्तीसजुरेको पहिरो समेत गएको दुवैतिरको भीरमा घाँटीजस्तो परेको ठाउँमा पुगेछि सवैका लागि यात्रा अप्ठेरो बन्यो । पहाडी अप्ठेरो बाटोमा गाडी हाँक्न वाँनी परेकाहरुले अरुका साना गाडी वत्तीसजुरेको उकालो कटाइदिए । कसैले आफैं कटाए । ‘निकै रमाईलो ठाउँ, भीरको पनि आकर्षण । तर साँच्चै यहाँ चाँही आङ सिरिङ्ग हुने बाटो रछ ।’– पथरी शनिश्चरे नगरपालिकाका गाडी चालक इन्द्र खतिवडाले बाटो पार गर्दै गर्दा अनुभव सुनाए ।

      जेफाले सामुदायिक होमस्टेका अध्यक्ष युवराज खड्का केराबारी बजारबाट जेफाले जोड्ने बाटो व्यवस्थित रुपमा निर्माण हुन सकेमा जेफालेमा पर्यटकको घुँइचो लाग्ने वताउछन् । ‘०७२ सालमा ५ वटा घरबाट सुरु भएको होमस्टे हाल ८ वटा घरमा सञ्चालित छ । १ सय जनाजतिलाई बसाउन सक्ने अवस्था छ । अझै अरु घरमा पनि होमस्टे बनाउने योजनामा छौं । ’– उनले थपे ‘यहाँ हामीले स्थानीय जातका खानाका परिकार दिएर होमस्टेको यथार्थ प्रस्तुत गरेका छौं ।’ त्यहाँको जेफाले टावरबाट सूर्याेदय सहित पूवाञ्चलकका जिल्लाहरु हेर्न आउनेको विदाको दिन घुँइचो नै लाग्ने गरेको छ ।

      तात्कालिन सांसदकोष, जिल्ला विकास समिति, गाविस र स्थानीयको सहयोगमा बाटोको ट्याक खोलेर १३ वर्षअघिबाट साना गाडी अप्ठेरो गरी सञ्चालनमा आएको छ । केराबारी १०, २, ३ र लेटाङको १ र २ नम्वर वडाको केही भाग सो बाटोले छुँदै धनकुटा जिल्ला छुन्छ । पूर्वपश्चिम मुख्य सडकबाट ३५ किलोमिटरको उत्तरी दिशामा रहेको केराबारी २ मा पर्ने जेफाको यात्रा सजिलो बनाउन सो सडकको निर्माणका लागि सरकारी योजना अघि बढेको छ । ८ महिना अघिजसो सो सडक निर्माणको ठेक्का सुरु भएको छ । एशियाली विकास वैंकको सहयोगमा सडक कार्यालयले ८६ करोड बढीको लागतमा २ वर्षमा सो सहित बेलबारीको लक्ष्मीमार्ग दक्षिणको आमतोला सडक कालोपत्रे गर्ने ठेक्का लगाएको केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीले जानकारी गराए । ‘त्यसपछि त केराबारी अनि केराबारीको जेफाले पूर्वमा सहज रुपमा पुग्न सकिने प्रमुख पर्यटकीयस्थल बन्छ ।’– उनले खुसीको परिकल्पनामा मुस्कुराउँदै भने । हाल सो सडकमा वत्तीसजुरे दक्षिणको बाटो फराकिलो बनाउन थालिएको छ ।