लक्ष्मीमार्ग / पर्यटन वर्ष २०२० को अवसरमा बुधवार बिराटचोक स्थीत यामाहा ‘एमएडब्लुले राइड आउट’ नामक कार्यक्रम सम्पन्न भएको छ । यामाहा ब्राण्डका एफ जेड बाइक रोड शो गर्दै पुस महिनाको लागि आधिकारिक बिक्रेता यामाहा दयाराम अटो ट्रेडर्स बिराटचौकले पाएको छ ।
ग्राहकलाई कार्यक्रमको बारेमा जानकरी दिदै ट्राफिक नियमलाई पालना गर्न, हेल्मेट प्रयोग गर्न, मादक पदार्थ सेवन गरि गाडी नकुदाउन, बिल बुल्क, लाईसेन्स अनिवार्य बोक्न र कसैलाई ओभर ट्याक नगर्न यामाहा एमएडब्लु इन्टरप्राईजेजका प्रतिनिधि नबिन मानन्धरले सुझाब दिएका थिए ।
कम्पनिले राइड अफ इभेन्ट प्रत्येक महिनामा आफ्ना नेपाल अधिराज्य भरिको आधिकारीक बिक्रेता केन्द्रबाट गर्ने जनाएको छ । उक्त राइड अफ इभेन्टमा १८ जना ग्राहकले बिराटचौकबाट लेटाङको भ्यु टावर सम्म पुगेका थिए ।
सो ठाउँमा आयोजना गरिएको कार्यक्रममा आफ्नो कम्पनिको बारेमा जानकारी दिदै ग्राहकसंग अन्तरक्रिया समेत गरिएको थियो । साथै डोरी तान, घैला फोड समेत कार्यक्रम गरिएको थियो भने सहभागी सबैलाई कम्पनिको टिसर्ट र मायाको चिनो वितरण दयाराम अटो ट्रेडर्सका प्रबन्ध निर्देशक दयाराम खवासले बितरण गरेका थिए ।