सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरह“दा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउ“छ । त्यसस“गै सडक पहु“च, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे ताप्लेजुङका बुद्धिजीवी र व्यवसायीहरू यसो भन्छन् ः
तारानाथ घिमिरे (उद्योग वाणिज्य सङ्घ ताप्लेजुङ अध्यक्ष)
ताप्लेजुङको प्रमुख पर्यटकीय गन्तव्य पाथिभरा नै हो । यो अहिले सिजनेवल मात्र छ । यसलाई बाह्रैमहिना पर्यटक आउने बनाउनका लागि विभिन्न किसीमका पहलहरू पनि भइरहेका छन् । खासगरेर सडक यातायातको व्यवस्था र केवलकार निर्माणका चरणमा पनि छौँ । व्यवसायीहरूले पनि लगानी गर्नको लागि समस्या छ । तर, दर्शनार्थीहरूलाई बाह्रै महिना पाथीभरा ल्याउनको लागि विभिन्न काम गरिरहेका छाँै । विशेषगरी सडकलाई कालोपत्रे गर्ने काम यही २ वर्षभित्रमा सक्ने र केवलकारलाई पनि चाँडै निर्माण गर्ने पक्षमा लागिरहेका छौँ । पूर्वाधारका समस्या छन् तर यहाँ भएका पुँजीलाई यथोचित रूपमा प्रयोग गर्दै लैजानुपर्छ । आएका पाहुनालाई खुशी बनाएर फर्काउने विषयमा सबै मिलेर लाग्नुपर्नेछ ।
दिनेश खवास (होटल व्यवसायी सङ्घ ताप्लेजुङ जिल्ला अध्यक्ष)
राम्रो कार्यक्रमको थालनी भएको छ । हामीले पर्यटन वर्षलाई नै लक्षित गरेर आगामी फागुनमा पाथीभरा महोत्सवको पनि आयोजना गरेका छौँ । सोही अवसरमा जिल्लाका अन्य पर्यटकीय क्षेत्रको प्रचारमा पनि जुटिरहेका छौँ । पर्यटकहरूलाई होटल व्यवसायी महासङ्घले भ्रमण वर्षको अवसरमा निर्णय नै गरेर छुटको व्यवस्था, प्रत्येक होटलमा जानकारीमुलक सामग्री राख्ने, विभिन्न स्थानमा स्वागत सत्कार उपसमिति निर्माण गरेका छौँ । पर्यटकहरूको लागि खासगरी भौतिक पूर्वाधार, यातायात र हवाइ सेवालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।
राजेन्द्र श्रेष्ठ (नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखा अध्यक्ष)
भ्रमण वर्ष शुरु भएको छ । खासगरी प्रचारप्रसारलाई हाम्रो लक्षित समूहसम्म पु¥याउनुपर्छ । स्थानीय समुदायलाई नै यो कार्यमा परिचालन गर्नुपर्छ अनिमात्र सफलता हात पार्न सकिन्छ । पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । स्थानीय उत्पादनलाई समेत ध्यान दिन जरुरी छ । ताप्लेजुङको पाथीभरा, कञ्चनजङ्घा लगायतका विभिन्न स्थानलाई प्रर्वद्धन गर्न विषेश गरेर हवाइ सेवालाई नियमित बनाउनुपर्छ । पर्यटकमैत्री व्यवहारका लागि स्थानीयलाई तालिमको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
डिल्लीरमण बराल (प्राध्यापक, पाथीभरा बहुमुखी क्याम्पस)
नेपालका सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले प्रचारप्रसार गरिरहेका छन् तर त्यो प्रचारशैली आर्कषण योग्य भन्दा पनि परम्परागत रूपमा प्रचार भएको देखिएको छ । अहिले त सरकार तीन तहमा छ । प्रदेश र स्थानीय तह पनि छन् । अब यस्तो जिम्मेवारी स्थानीय तह र प्रदेश सरकारलाई पनि दिनुपर्छ । स्थानीय स्तरमा रहेका पर्यटकीय स्थलका विषयमा सबैभन्दा धेरै स्थानीय तहलाई नै बढी जानकारी हुन्छ । त्यसैले स्थानीय तहलाई समेत बढी उत्तरदायी बनाउनुपर्छ । सिङ्गो नेपालको सन्र्दभमा भन्नुपर्दा जहाा पर्यटकीय स्थल छन् त्यहाँसम्म पुग्ने सडक, सञ्चार, आवासलगायतका पूर्वाधार निर्माण गर्नुपर्छ । सामाजिक सञ्जाल तथा विभिन्न विद्युतीय माध्यमबाट प्रचारप्रसारलाई तीव्र बनाउनुपर्छ । मन्त्री नै विभिन्न देशमा गएर उद्घाटन गर्नु आवश्यक छैन । ओझेलमा परेका विभिन्न प्राकृतिक सम्पदा, संस्कार संस्कृतिलाई स्थानीय निकायले नै उजागर गर्नुपर्छ । ताप्लेजुङको हकमा भन्ने हो भने हवाईसेवालाई विश्वसनीय बनाउनु पर्छ । आएका पर्यटकलाई म सुरक्षित छु भन्ने तर्फ सरकारले चासो दिनुपर्छ ।
सन्तोष पुर्कुटी, (वरिष्ठ उपाध्यक्ष पर्यटन पत्रकार महासङ्घ प्रदेश एक)
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, प्रसिद्ध तीर्थस्थल पाथीभरालगायतका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रलाई आफूभित्र समेटेको ताप्लेजुङ पर्यटकका लागि आकर्षक गन्तव्य हो । स्वदेशी तथा विदेशी पर्यटकलाई स्वर्गको आभास दिने ताप्लेजुङले पर्यटकको आगमन वृद्धि गर्ने सरकारको लक्षलाई सार्थक बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ । कञ्चनजङ्घा हिमाल, पाथीभरा मन्दिर, फुङफुङे झरना, तिम्बुङ पोखरी, सोदु पोखरी जस्ता धार्मिक तथा प्राकृतिक क्षेत्र स्वदेशी तथा विदेशी पाहुनालाई स्वागत गर्न आतुर छन् । वर्षेनी यी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन पनि बढ्दो छ । तर, पर्यटन पूर्वाधार, प्रचार–प्रसार, पर्यटन प्रर्वद्धनका दिगो योजनालगायतको अभावले भने पर्यटन क्षेत्रबाट पर्याप्त लाभ लिन सकिएको छैन ।
यहाँका पर्यटकीय क्षेत्रमा पुग्ने सडक तथा पैदल मार्गको निर्माण तथा स्तरोन्नति, पर्यटनमैत्री सेवा विस्तार, पर्यटन उत्पादनमा वृद्धि गर्न आवश्यक छ । प्रकृतिले पर्याप्त उपहार दिएको यस जिल्लामा पर्यटनमैत्री वातावरणको निर्माणमा सबै पक्ष जुट्न आवश्यक छ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० ताप्लेजुङका लागि पर्यटन प्रर्वद्धनको प्रस्थान विन्दुका रूपमा लिएर पर्यटनमैत्री वातावरण निर्माणमा हामी सबै जुट्यौँ भने निकट भविष्यमा नै पर्यटनको क्षेत्रमा ताप्लेजुङलाई नमूनाको रूपमा विकास गर्न सकिन्छ । सम्भावना, आशा र अपेक्षा धेरै छन् । रणनीतिक महŒवको भ्रमण वर्षको आरम्भ भएको छ । यही बेला ताप्लेजुङमा जन्म थलो भएका योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन् । यसैले पनि यहाँका नागरिकका आशा अपेक्षा धेरै बढेका छन् । पर्यटन क्षेत्रको मात्रै नभई समग्र विकासले गति लिनेमा जिल्लाबासी ढुक्क छन् । भ्रमण वर्षको अवधिमा पर्यटकको आगमन त बढ्ला नै तर आगमनलाई निरन्तरता दिन भने पर्यटन सेवाको विस्तार र पूर्वाधारको विकासमा भने आजैदेखि काम शुरु गरौँ ।
हर्कराज गुरुङ (पर्यटन तथा होटल व्यवसायी)
अब अहिले नै भौतिक पूर्वाधारको विकास गरेर यही वर्षमा पर्यटक आउँछन् भन्ने छैन । तर, भएका पूर्वाधारलाई नै व्यवस्थापन गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । जिल्लामा भएका सबै पर्यटकीय स्थलहरुलाई प्रचार गर्नु नै पहिलो काम हो । यसैगरि खास सिजनमा मात्र जान सकिने पर्यटकीय स्थालमा समेत पर्यटकलाई लक्षित गरी काम थाल्नु आवश्यक छ । यसका लागि विभिन्न स्थानमा क्याम्पहरूको स्थापना, खान तथा बासका लागि विभिन्न संरचना निर्माण र त्यहाँसम्म पुग्दा चाहिँने सामग्रीहरूलाई भाडामा पाउने व्यवस्था पनि गर्नुपर्छ । यति भाडामा पाइने भयो भने थोरै खर्चमा पनि त्यहाँसम्म पुगेर आउन सकिन्छ । ताप्लेजुङको विशेष पर्यटकीय स्थानमा पाथीभरा पर्ने भएकाले यहाँ आउने विषेश गरी भारतका दर्शनार्थीसमक्ष यहाँको सकारात्मक सन्देशसहितको प्रचार प्रसार गर्न जरुरी छ ।