सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरह“दा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउँछ । त्यससँगै सडक पहुँच, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे धनकुटाका पर्यटनकर्मी तथा व्यवसायीहरू यसो भन्छन् ः
उमेश घिमिरे (उधोग वािणज्य सङ्घ, धनकुटा अध्यक्ष)
लामो समयको प्रतिक्षापछि सरकारले महŒवपूर्ण निर्णय गरेर नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । यद्यपि सरकारले यो निर्णय गर्नुभन्दा अगाडि पर्यटनसँग सरोकार राख्ने मुख्य विषय भनेको सडक पूर्वाधार, होटल पूर्वाधारको विषयमा त्यति गम्भीर भएको पाएका छैनौं । जुन उद्देश्यको लागि नेपाल भ्रमण वर्ष मनाउन लागिएको छ, जुन डिस्टीनेशन पोइन्टहरू सरकारले घोषणा गरेर तोकेको छ, ती घोषणा गरेका पोइन्टहरूमा जाने भौतिक पूर्वाधारहरूको बारेमा सोचेको देखिएन । धेरै पर्यटकहरू भि†याउन सकिन्थ्यो, जसका लागि पर्यटकहरूलाई राख्ने अतिथि सत्कार गर्ने स्थानहरूको अभाव देखिरहेको छु । यो समस्या देशव्यापी रूपमा छ । साँच्चिकै पर्यटनको विकास गर्ने हो भने पर्यटन उद्योगको रूपमा सरकारले विकास गर्नुप¥यो । महŒवपूर्ण भनेको अन्तर्राष्ट्रिय विमानस्थलहरूको पनि विकास गर्नुप¥यो ।
राजेन्द्रबहादुर प्रधान (सल्भ नेपाल, कार्यकारी निर्देशक, धनकुटा)
नेपाल भ्रमण वर्ष २०२० नेपाल सरकारले तामझामको साथ शुरु गरेको छ । धनकुटाको परिपे्रक्षमा कुरा गर्दा नेपाल सरकारले लगानीको श्रोतहरूको पहिचान गर्नुप¥यो र त्यसलाई प्राथमिकता दिनुप¥यो । स्थानीय सरकारहरूले स्थानीय पर्यटन प्रवद्र्धन हुने खालको स्थानहरूको पहिचान गर्नु प¥यो । पर्यटन वर्ष भन्छांै, पर्यटक आए भने पर्यटक बस्ने होटल, लजहरूको राम्रो प्रबन्ध छैन । पर्यटकलाई मध्यनजर गरेर सुविधा सम्पन्न होटल लजहरूको लगानी गर्नुपर्छ भन्ने मैले महसुस गरेको छु । नेपाल सरकारको प्राथमिकतामा स्थानीय पुँजी परिचालन गरेर पर्यटन वर्षलाई साथमा लिएर दिर्घकालीन रूपमा पर्यटन पूर्वाधारका भौतिक संरचना निर्माणतर्फ लाग्नु जरुरी छ । यस्मा स्थानीय सरकारहरूको प्रवद्र्धनात्मक भूमिका तालिम गोष्ठी गर्ने, नयाँ नयाँ स्थलहरूमा लगेर देखाउने, भ्रमण गराउने, धनकुटाको पर्यटकीय भ्यूपोइन्टहरू अनलाइनहरूमा राखेर प्रचार प्रसार गर्ने काम गर्नुपर्छ ।
लीलाराज लावती (निवर्तमान अध्यक्ष, होटल एशोसिएशन भेडेटार, धनकुटा)
नेपाल भ्रमण वर्ष २०२० मनाई रहँदाखेरि हामी भेडेटारका पर्यटन व्यवसायी, होटल व्यवसायीहरुले चाडको रूपमा लिएका छौं । नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा तिनै तहको सरकारले आ–आफ्नो भूमिका खेल्नुपर्छ भन्ने मलाई लाग्छ । प्रदेश १ मा रहेका १४ जिल्लालाई नै समेट्ने गरी प्रत्यक्ष आन्तरिक तथा बाह्य पर्यटक लाभान्वित हुने खालका कार्यक्रमहरू गर्नुपर्दछ प्रदेश सरकारले पनि । मुलुकको ७ वटै प्रदेशमध्ये प्रदेश नं.१ ले नेपाल भ्रमण वर्ष २०२० लाई भने जस्तो प्रभावकारी रूपमा काम गर्न नसकेको भन्ने आलोचना पर्यटन व्यावसायीहरूले गरिरहेका छन् । होटल एशोसिएशन भेडेटारमा आबद्ध भएर काम गरिरहँदा पर्यटन वर्षको कुरा गर्दा साँगुरीगढी गाउँपालिकाको अहिलेसम्मको गतिविधिमा शुन्यता देख्छु । भेडेटार भनेको प्रदेश नं. १ कै पर्यटकहरूका लागि उद्गमस्थल र प्रदेश सरकारले पनि पर्यटकीय गाउँपालिका भनेर घोषणा गरिसकेको सन्दर्भमा बजेट कति आउनुपर्ने, प्रचार प्रसारको लागि मापदण्ड के हुने, पर्यटकीय गन्तव्य कहाँ कहाँ छन्, भइरहेका गन्तव्यहरूको अवस्था के छ ? नयाँ गन्तव्यहरूको पहिचान कसरी गर्ने भन्ने बारे कुनै विचार विमर्श गरिएको छैन ।
पुर्वा घिसिङ तामाङ, होटल व्यावसायी, धनकुटा–१ हिले रत्न रिङरोड
भ्रमण वर्ष भि†याउन सरकारले विना पूर्वाधार हत्तार ग¥यो जस्तो मलाई लाग्छ । पर्यटकहरूलाई लोभ्याउनको लागि हाम्रो पहाडी भेगमा त्यस्तो केही पनि पूर्वाधारहरूको तयारी छैन । पर्यटन वर्ष घोषणा गर्नुभन्दा पहिले यहाँको भौतिक पूर्वाधारहरू निर्माण गरिदिएको भए नेपाल भ्रमण वर्ष २०२० ले सार्थकता पाउँथ्यो । यो ठाउँमा यस्तो रहेछ, त्यस्तो रहेछ भनेर पर्यटकहरू आउँथे होला । सरकारले पर्यटन वर्ष घोषणा गरेको २ हप्ता हुन लाग्यो तर पुर्वि पहाडको धनकुटालगायत पहाडी जिल्लामा कुनै पनि गतिविधिहरू भएका छैनन् । सरकारले पर्यटन वर्ष घोषणा गरेको विषयमा स्थानीय तहमा काँही कतै छलफल, अन्तरक्रिया केही भएको छ्रैन, केही न केही गतिविधि भएको भए आम समुदायलाई थाहा हुन्थ्यो भन्ने मलाई लाग्छ । पर्यटकीय भ्यूहरूको प्रचार प्रसारमा स्थानीय सरकारहरू लागी पर्नु पर्ने हो, तर त्यो भएको छैन । पर्यटन वर्ष भन्दै काठमाडौं, पोखरा र चितवनलाई मात्र हेर्न भएन, सरकारले सबैतिर हेर्नुप¥यो र पर्यटकीय पूर्वाधार विस्तारमा ध्यान पु¥याउन प¥यो ।
मेघेन्द्र गुरुङ (व्यवसायी, छथरजोरपाटी)
नेपाल भ्रमण वर्ष २०२० भनेर जुन शुरु भएको छ, यो नेपाली जनताको लागि विभिन्न भूगोलको लागि एउटा राम्रो अवसर हो । यो अवसरलाई सदुपयोग गर्ने हो भने आर्थिक पाटोमा अघि बढ्न सकिन्छ । देशमा आर्थिक समृद्धि हुन सक्छ, जसका लागि सबै नागरिकहरूले, सबै उधोगी, व्यवसायीहरूले आ–आफ्नो कर्तव्य पूरा गर्नुपर्ने हुन्छ । उधोगी व्यवसायीहरूले खास गरी नेपाली मौलिक खाद्य परिकारहरू बनाएर सहजरूपमा हाम्रो भूगोलमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सुफत मूल्यमा उपलब्ध गराउने हो भने आफ्नो भूमिका पूरा गरेको ठहरिन्छ । त्यसैगरी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गर्नको लागि सरसफाइ, बोलिचालीमा ध्यान दिनुपर्छ र नयाँ मान्छे आन्तरिक होस् या बाह्य पर्यटक होस् जो कसैलाई बढी मूल्य लिनुहुँदैन, हुँदै नभएका कुराहरू भनेर ठग्नु हुँदैन । यसरी आन्तरिक तथा बाह्य पर्यटकलाई आवश्यक सहयोग गर्न सकियो भने यो भ्रमण वर्ष २०२० सफल हुनेछ । यसले देशमा आर्थिक समृद्धि हुन्छ भन्ने मलाई लागेको छ । अहिलेसम्म कुनै पनि प्रकारको नेपाल भ्रमण वर्ष सफल बनाउन धनकुटाको सिधुवा बजारमा कुनै पनि काम तथा योजनाको शुरुवात गरिएको छैन हालसम्म नभए पनि केही गर्ने तयारीमा हामी लागेका छौं ।
ज्ञानबहादुर गुरुङ (पर्यटन व्यवसायी)
नेपाल भ्रमण वर्षको बारेमा हामीले सुन्ने गरेका छौं । पत्रपत्रिकामा, टिभीमा, युटुबमा तर स्थानीय तहमा भने कुनै कार्यक्रम भएको छैन । काठमाडौं, पोखरा, चितवनमा मात्र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउन लागेको हो कि जस्तो लागेको छ । गाउँपालिका, नगरपालिका र हाम्रो जस्तो दुर्गम गाउँवस्तीहरूमा चाहिँ सरकारले लगानी पनि नगरेको र चासो पनि दिएको छैन । गाउँपालिका र नगरपालिकाहरूले पनि २२ वर्षपछि आएको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि सरोकारवाला, शिक्षक, बुद्धिजीवी, समाजसेवी, पर्यटन व्यवसायी, होटल व्यवसायी, सामाजिक सङ्घ–संस्थाका प्रतिनिधिहरूलाई बोलाएर कसरी सफल पार्ने भनेर हालसम्म कार्यक्रम गरेको थाहा पाइएको छैन । कम्तीमा नगरपालिकाले सबैलाई डाकेर जनचेतनामुलक कार्यक्रम गरेको भए सबैलाई थाहा हुन्थ्यो र भ्रमण वर्षको प्रचार–प्रसारमा टेवा पुग्ने थियो ।