सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरहँदा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउँछ । त्यससँगै सडक पहुँच, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे धनकुटाका पर्यटनकर्मी तथा व्यवसायीहरू यसो भन्छन् ः
रमेश रसाइली (उवासङ्घ उदयपुर प्रथम उपाध्यक्ष)
भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्रको उत्तिकै भूमिका हुन्छ । राज्य मात्रै हैन, निजी क्षेत्र पनि उत्तिकै गम्भीर बन्नुपर्छ । उदयपुर उद्योग बाणिज्य सङ्घले उदयपुरका पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने मात्रै हैन, सबै जिल्लाका उद्योग बाणिज्य सङ्घका पदाधिकारीलाई निम्तो पनि दिँदै आएका छौं । यहाँको रौता पोखरी पर्यटकीय क्षेत्र हो । ऐतिहासिक गढी उदयपुर गढी, चौदण्डिगढी, ताप्लि पोखरी, सुके पोखरी यहाँका प्रचुर पर्यटकीय सम्भावना बोकेका ठाउँ हुन् । सडक नै पर्यटनको लागि बाधक हो । पर्यटकीय क्षेत्रको विकासका लागि महŒवपूर्ण कुरा उचित सडक मर्मत नभएकाले समस्या उत्पन्न भएको छ । त्यसैले पहिला सडकको व्यावस्थापन गर्न जरुरी छ । स्थायी सडक निर्माण गर्नका लागि पहिलो भूमिका स्थानीय सरकारको नै हुन्छ । प्रदेश र सङ्घले सबै कुरा थाहा हुन नसक्ने भएकाले स्थानीय तह नै जिम्मेवार हुन जरुरी छ । होटल व्यावसाय पनि बढाउनुपर्ने देखिन्छ । व्यवसाय प्रवद्र्धनका लागि बाहिरबाट पाहुना भि†याउन जरुरी छ ।
पदम लम्साल (सदस्य होटल व्यवसायी सङ्घ)
सङ्घर्ष गरे के हुँदैन र १ त्यसैले भ्रमण वर्ष सफल हुन्छ । जिल्लाको रौता पोखरीको प्राचीन ऐतिहासिकतालाई उजिल्याउन सडकको पहुँच नै मुख्य कुरा हो । त्यहाँबाट सर्वोच्च शिखर सगरमाथा लगायतका हिमशृङ्खला र दक्षिणमा तराईका समथर फाँटदेखि विहारसम्म सहज रूपले अवलोकन गर्न सकिन्छ । बेल्दोभान(भडारे घाट सुरुङ मार्ग निर्माण गर्न सके पूर्वको पशुपति भनेर चिनिने हलेसी महादेव गुफामा सजिलै पुग्न सकिन्छ । पर्यटकहरूलाई होटल व्यवसायीहरूले भारी छुट दिएका छन् । जिल्लामा घुम्न आउने पर्यटकहरूलाई पर्यटकीय स्थलहरूसम्म पुग्नको लागि बाटो बताई दिने, गाडी खोजी दिने र आवश्यकता अनुसार सेवा उपलब्ध गराउँदै आएका छौँ । आगन्तुक पर्यटकहरूलाई आफ्नो होटलमा कोठा नहुदा अरूकोमा फोन गरी व्यवस्थापन गर्ने गरेको छ ।
भगवतीप्रसाद लम्साल (होटल व्यावसायी)
भ्रमण वर्ष २०२० सफल बनाउन सबै क्षेत्र लाग्नुपर्छ । प्रचार प्रसारको कमीकै कारण बाह्य पर्यटक भि†याउन सकिएको छैन । बाह्य पर्यटक भि†याउनको लागि मुख्य चुनौतीको रूपमा सडक रहेको छ । काठमाडौंबाट गाडीमा गाईघाट ६ घण्टामा आई पुगे पनि जिल्लाका पर्यटकीय स्थलसम्म पुग्ने कुनै पक्की सडक छैन । उदयपुर जिल्ला राम्रो पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । तर, पर्यटकीय स्थलहरूमा बस्ने गरी पर्यटक जादैनन् । रौता पोखरी र खोटाङको वराहा पोखरी पदमार्गले जोड्न सके बढी पर्यटक भि†याउन सकिन्छ । आन्तरिक पर्यटकको लागि भव्य तयारी भएको छ । बाह्य पर्यटकको लागि पनि पूरा तयारी छ । तर, तीव्र रूपले बाह्य पर्यटक बढेको खण्डमा होटल व्यवसायीहरू आवश्यकता अनुसार व्यवस्थापन आफै गर्न सक्छन् ।
भरत चाम्लिङ राई (व्यवसायी)
यो भ्रमण वर्ष भनेको एउटा सुनौलो विहानीको घाम जस्तै हो । भ्रमण वर्ष सफल बनाउनको लागि प्रदेश–प्रदेशबीच एक आपसमा एकले अर्को प्रदेशको पर्यटकीय स्थलको भ्रमण तथा पहिचानको अवलोकन गर्न जरुरी छ । प्राकृतिक सम्पदाहरूलाई देखाउनु र एकले अर्को प्रदेशकालाई घुमाउनु पर्दछ । एक आपसमा निम्तिो दिने र आफ्नो ठाउँको प्राकृतिक, धार्मिक तथा पर्यटकीय स्थल चिनाउन आवश्यक छ । पर्यटकीय स्थलहरू ओझेलमा पर्नुको एउटा मुख्य कारण हिउँदमा धुलाम्य सडक हुनु र वर्षामा बन्द हुनु पनि हो । पहाडी भेग भएकाले हिउँदमा धुलो र वर्षामा हिलो अनि सडकको नाम निशाना मेटिने गरी सडक निर्माण गर्दा राज्यको बेजट सकिन्छ तर सडक उस्तै हुन्छ । त्यसैले सेभ ल्याण्डीङ गर्दै स्तरोन्नति गर्नु पर्दछ । आजको सङ्घीयता राज्य प्रणालीमा यसको अभ्यास गर्न जरुरी छ । उदयपुरको धार्मिक तथा पर्यटकीय स्थल रौता पोखरी, चौदण्डिगढी, उदयपुरगढी, ताप्लि, सुकेपोखरी विभिन्न झर्ना तथा गुफाहरूको चिनारी गराउनु पर्दछ ।
बोधकुमार घिमिरे (सदस्य, पर्यटन प्रवद्र्धन समिति प्रदेश १)
भ्रमण वर्षको तयारी ढिलो भए पनि सफल हुन्छ । पर्यटक भन्ने बितिकै विदेशी भन्ने हाम्रो सोच विचारलाई परिवर्तन गर्न जरुरी छ । आन्तरिक पर्यटकलाई बढावा गर्नुपर्दछ । आन्तरिक पर्यटकलाई बढावा दिएर विदेश जानेलाई पनि यहीँ भ्रमण गराउन सके सरकारले लिएको लक्ष्य पूरा हुन्छ । १०० वटा गन्तव्य भित्र परेको ऐतिहासिक गढी उदयपुरगढी र जल यात्रा, वन्यजन्तु, नमूना कृषि, धार्मिक तथा पर्यटकीय स्थल रौता पोखरी, चौदण्डिगढी, ताप्लि पोखरी, हलेसीको आधार भएको ९० मिटर लामो गुफा, बेलदोभान–रौता केवल कार, ऐभरेष्ट भ्यूटावर दोवाटे–हलेसी केवलकार लगायतका पर्यटकीय क्षेत्रले पर्यटक भि†याउने ठूलो सम्भावना छ । यस्ता ठाउँहरूमा विदेश घुम्न जाने नेपालीहरूलाई आन्तरिक रूपमा ५० प्रतिशत मात्रै आकर्षित गर्न सके लक्ष्य पूरा हुने मेरो विश्वास छ । विदेशीको मात्रै आश गर्ने होइन, हामीले हाम्रो पैसा कहाँ गइरहेको छ भन्ने कुरालाई पनि ध्यान दिएर त्यसलाई रोक्न जरुरी छ । पर्यटकीय स्थलको विकासमा बजेटको समस्या छ । स्थानीय तहहरूले ‘पर्यटन’ शिर्षकमा कम बजेट विनियोजन गरेका छन् । यसमा सङ्घले ५० प्रतिशत बजेट व्यवस्थापन गर्ने हो भने स्थानीय तहले ५० प्रतिशत बजेट व्यवस्थापन गरी विकास गर्न सकिने अवस्था सिर्जना हुनेछ ।