संघर्षको मैदान लडेर आए,
वेदना र थकान कसलाई सुनाउ
आमा,
तिम्रै अघि पोखिदिन्छु ।
विदेशी भूमिमा दोैडिरहेछु म,
याद आउदा तिम्रो,
पाइला टक्क त्यही रोकिदिन्छु ।
एक हातले आँसु पुस्छु
तिम्रै ढाडसले हिम्मतिला भएका
यात्रा पुनः अघि लम्किदिन्छु ।
आमा तिमीलाई के भनुँ १
आमा तिमीलाई के भनुँ,
लाग्छ, सक्छु अझै त
तिम्रै माया पाएका यी हातहरुले
सगर नै म थेगिदिन्छु ।
भन मात्र तिमी,
म एक हातले सगर बोकिदिन्छु ।
आफ्नो रोग, आफ्नै पीडा
भुलेर तिमी मेरो सुस्वास्थलाई
छिन्ताङ्ग देवी भाखिदिन्छोै ।
कहिलेकाँहि वचनमा म फेल हुदा,
बहाना बनाउनु अघि नै
कोमल तिम्रो प्रेमले
उत्तर आफै खोजिदिन्छोै ।
आमा तिमीलाई के भनुँ १
आमा तिमीलाई के भनुँ,
एउटा पापड पोली
आधा आफु खाई
आधा मलाई राखिदिन्छोै ।
भोको पेट अघिको
आफ्नै भाग धरि
आधा मलाई काटीदिन्छोै ।
आमा कस्ती तिमी १
आमा कस्ती तिमी १
ठण्डी पुसको सिमसिमे झरीसगैं
भिजेको शिशु(शरीरलाई
फिजाई आफ्ना पखेटा
ओतले ढाकिदिन्छोै ।
आफ्नो गोजेरोमा दिनभरि चारो बटुली
बचेराको मुखमा राखिदिन्छोै ।
आमा तिमीलाई के भनुँ१
तिमी दुर्लभ जननी जगतकी
हर प्राणी तिम्रो ऋणी ।
ऋण सकिए झै लाग्दै कहिल्यै ।
आमा कस्ती तिमी १
आमा कस्ती तिमी,
जो दिन खोज्दा पनि
पुगेन मलाई भनि
कहिल्यै माग्दिनोै ।
कति स्वच्च, कति निर्मल तिमी
लप्पन छप्पन जान्दिनोै ।
बस्छयोै तिमी एक गाँउमा
दोैडाउछोै मन सधै
सन्तान बसेकै हर ठाँउमा ।
पीर नलेऊ जति भने नी
कहिल्यै तिमी मान्दिनोै ।
आमा तिमीलाई के भनुँ १
आमा तिमीलाई के भनुँ,
जति नै नालायक सन्तान
भए नी,
खराब कहिल्यै भन्दिनोै ।
सन्तानले तिमीलाई बिर्सिए नी
तिमी कहिल्यै भुल्दिनोै ।
के नाम लिऊ, के संज्ञा दिऊ
को सगँ दाजुँ ।
मानव श्रृष्टी नै जन्माई, हुर्काएर
आखिर लिएर केही जाँदिनौ ।
आमा तिमीलाई के भनुँ,
आमा तिमीलाई म के भनुँ १
धन्यवाद ।
९वी।पी।को।स्वा।वि।प्र।, धरान ०