सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ भ्रमण वर्ष शुरुवात भइरह“दा पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार तथा भौतिक संचरनाकै कुरा मुख्य रूपमा आउ“छ । त्यसस“गै सडक पहु“च, होटल, पर्यटनमैत्री व्यवहारलगायत मूलभूत रूपमा पर्दछन् । २२ वर्षपछि भ्रमण वर्षले नेपालमा फेरि एकपटक निरन्तरता पाएको छ । सन् १९९८ मा भ्रमण वर्षको रूपमा नेपालले पर्यटकलाई आकर्षित गरेको थियो । २२ वर्षपछि भएको यो भ्रमण वर्षबारे बिर्तामोड र का“कडभिट्टाका व्यवसायीहरू यसो भन्छन् ः

देवीभक्त श्रेष्ठ
(होटल तथा ट्राभल व्यवसायी)
हामीले महोत्सव मनाउनुभन्दा पूर्व पूर्ण तयारी भएको महसुस गराउनुपर्छ । अन्यथा त्यो महोत्सव हुँदैन । पर्यटकलाई यातायातदेखि हवाई सेवासम्म छुट दिनुपर्छ । तर, सरकारको तयारी खासै छैन । सबैले गरेको हो–हल्लाले केही बढी पर्यटक आउलान् । तर, सरकारले गरेको अपेक्षा पूरा हुने अवस्था छैन । विमानस्थलदेखि नेपाल प्रवेश गर्ने गेटमा केही न केही परिवर्तन हुनुपथ्र्याे तर सबै यथावत छन् । सरकारले सम्बन्धित व्यवसायीसँग समन्वय गरेको छैन । केही मान्छे व्यक्तिगत फाइदाका लागि भ्रमण वर्षसँग जोडिएका छन् । तिनलाई देखेर सरकार हौसिएको छ । हामीलाई सरकारले साथ दिनुप¥यो । पाहुनालाई कसरी खुशी पार्नुपर्छ, त्यो हामीलाई थाहा छ । हामी पर्यटन प्रवद्र्धनमा प्रभावकारी रूपमा लाग्नेछौं । कुनै घरमा विवाह समारोह हुँदैछ भन्ने छिमेकीले जसरी थाहा पाएर आउँछन् नि त्यसरी नै समारोहको आयोजना गर्नुपर्छ ।


विजय डालमिया
(पर्यटन अभियन्ता)
पर्यटन प्रवद्र्धनका लागि हामी सबै नागरिकको भूमिका महŒवपूर्ण हुन्छ । निजी क्षेत्रको भूमिका अझ प्रभावकारी हुन्छ । मैले उत्पादन गर्ने डालमिया पानीमा नेपाल भ्रमण वर्ष २०२० को लोगो प्रिन्ट गरेर बजारमा बिक्री गर्दै आएको छु । त्यसले पनि केही हदसम्म प्रचारमा सहयोग गरेको छ भन्ने मेरो बुझाइ छ । पूर्वमा आउने भनेका धार्मिक पर्यटक बढी हुन्छन् । तिनको भावनालाई क्याच गर्नुपर्छ । यस प्रदेशमा पर्यटनको सम्भावना बृहत् छ । संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि नेपालको होचो भूभाग कचनकवल यही प्रदेशमा छ । यसको अझ प्रचार प्रसार गर्नसके अपेक्षित लक्ष्य पुरा हुने देखिन्छ । पहिला काठमाण्डौ र चितवनलाई मात्र पर्यटकको गन्तव्यको रूपमा बुझिन्थ्यो । अहिले अलि विकेन्द्रित भएको छ । ताप्लेजुङदेखि कञ्चनपुरसम्मका स्थानको प्रचार गर्नु अहिलेको आवश्यकता हो । त्यसले गर्दा पर्यटकलाई धेरै समय यहाँ होल्ड गर्न सकिन्छ । पर्यटक होल्ड गर्न पनि पूर्वाधार निर्माणमा विशेष ध्यान दिनु अहिलेको आवश्यकता हो ।

मोहन सिलवाल (ट्राभल व्यवसायी)
मुख्य कुरा यातायातको प्रभावकारी व्यवस्था हुनुप¥यो । नेपालको कुनै पर्यटकीय स्थलमा पुग्नका लागि गाडी घोडाको सुविधा छैन । त्यसको व्यवस्थापन गर्नुपर्छ । बाटाघाटाको स्तरोन्नति गरिसकेर भ्रमण वर्षको घोषणा गर्नुपथ्र्याे । केही पूर्वाधार पनि पूरा नगरी भ्रमण वर्ष घोषणा गरियो । सीमा नाकामा पर्यटन सूचना केन्द्र बनाउनु पर्छ । जसले गर्दा कुन दूरीसम्म जाँदा कति समय लाग्छ ? कति भाडा लाग्छ भनेर पर्यटकले वास्तविक जानकारी पाउन सक्छन् । पूर्वमा प्रशस्त पर्यटकीय स्थल छन् । बोर्डरमा त्यसको सही सूचना दिने व्यवस्था गर्नुपर्छ । नेपालको कुनै कुनामा गएर भ्रमण वर्षको प्रवद्र्धन भन्दै कार्यक्रम गरिन्छ । त्यो चाहिँ सरासर गलत हो । बजेट सक्ने मेलो मात्र हो । सबैभन्दा बढी जुन देशका पर्यटक आउँछन्, जुन ठाउँका आउँछन् त्यही देशमा गएर प्रचार गर्दा सबैभन्दा राम्रो हुन्छ । अर्काे कुरा धेरै जसो स्थानमा आन्तरिक उडानको व्यवस्था गर्नुपर्छ ।


नेत्र कार्की (अध्यक्ष, ट्राभल एसोसिएसन झापा)
बङ्गलादेश, भारत र भुटानका पर्यटक भित्रिने केन्द्र काँकडभिट्टा नाका हो । तर, विडम्बना, यहाँको पर्यटन कार्यालयमा नेपाल बुझाउने एउटा ब्रोसर पनि छैन । सरकारी स्तरबाट एकोहोरो हल्ला मात्र भएको महसुस गरेको छु । केही समय अघि हामीले भारतको सिक्किममा गएर त्यहाँका स्थानीयलाई नेपाल आउन निम्ता गरेका थियौं । उहाँहरूले पनि यता आउन बडो चासो राख्नु भएको पाइएको छ । हामीले आफ्नो ठाउँबाट सकेको गरेका छौं । म नगरपालिकाको पर्यटन विकास समितिको सदस्य पनि हुँ । यसकारण स्थानीय पर्यटनको विकासमा मेरो पनि दायित्व छ । सरकारी स्तरबाट चाहिँ भ्रमण गर्न जाने अनि धनराशी सक्ने मेलो मात्र भएको महसुस गरेका छांै । भ्रमण वर्ष महोत्सव बन्नुपथ्र्याे । त्यसले अनन्तकालसम्म प्रभाव छोड्नुपथ्र्याे । तर, त्यसो हुन सकेन । पहुँचवालाको घुमघाम र मोजमस्तीका लागि भ्रमण वर्ष सहयोगी बनेर आइदियो । हाम्रो प्रदेशमा प्रशस्त घुम्ने ठाउँ छन् । हामीले चाहिँ त्यसको लागि प्याकेज बनाउन शुरु गरेका छौं । झापाका र झापा बाहिर भएका पर्यटकीय स्थलको भ्रमणमा आउने पर्यटकलाई सूचना दिन शुरु अब गर्छाैं । भ्रमण वर्ष सफल बनाउन लामो समय पर्यटनमा लागेका हामी व्यवसायीसँग समन्वय गरिएन । त्यो गलत भयो । पहुँचवाला व्यवसायीसँग बस उठ गर्दैमा पर्यटन वर्षले लिएको लक्ष्य पूरा हुँदैन भन्ने मलाई लागेको छ ।

पर्शुराम गिरी (पूर्व अध्यक्ष, जामुनबारी सामुदायिक वन उपभोक्ता समूह)
सरकारी राजश्व सङ्कलन हुने किसिमका पर्यटनलाई मात्र सरकारले जोड दिएको देखिएको छ । त्यो चैं सर्वथा गलत हो । स्थानीय नागरिकको जीवनस्तर सुधार्नका लागि साना साना पर्यटकीय गन्तव्यको प्रचार प्रसार तथा प्रवद्र्धन गरिनुपर्ने थियो । तर, परम्परागत पर्यटकीय क्षेत्रमा सरकार अलमलिइरहेको छ । त्यसलाई चाहिँ सुधार गर्नैपर्छ । समृद्धि र विकासका लागि कृषि, जलस्रोत र पर्यटनको समान विकास गर्नुपर्छ । कुनै एक मात्र भएर समृद्धि हासिल हुँदैन । दिगो योजना बनाएर तीनै क्षेत्रको विकास गर्न मेरो सुझाव छ । तारे होटलमा गरिने ठुला ठुला सेमिनारले भन्दा स–साना स्थानको प्रवद्र्धनमा लागे पर्यटन वर्षले लिएको लक्ष्य पूरा हुन्छ । नत्र कागजमा सफल होला, व्यवहारमा सफल हँुदैन ।

पेमा तामाङ
(पर्यटन व्यवसायी)
हामी पर्यटन व्यवसायी भए पनि हामीलाई भ्रमण वर्ष २०२० को केही महसुस भएको छैन । निजी खर्चमा हामीले भारतका विभिन्न स्थानमा नेपाल भ्रमणको लागि निम्तो दिएर आयौं । त्यो क्रम अझै जारी छ । पर्यटन भनेको के हो ? भनेर नबुझेको मान्छेको हातमा यो वर्ष सफल बनाउन जिम्मा दिएको जस्तो भएको छ । सरकारी स्रोत दुरुपयोग भएको हो कि भन्ने लागेको छ । असम्बन्धित मान्छेले पर्यटकको भावना कसरी बुझ्छ ? नगर स्तरको पर्यटन समितिमा पनि गैर व्यावसायिक मान्छे राखिएका छन् । यो सरासर गलत भएको छ । सच्याएर जान अनुरोध गरेको छु । स्थानीयस्तरबाट हामी लागेका छौं । तर, स्थानीय सरकारले पर्यटकीय स्थलसम्म जाने भौतिक संरचना बनाइदिनुप¥यो नि । खाली काठमाण्डौ, चितवन र पोखरामा पर्यटनको प्रवद्र्धन गर्ने कार्यक्रम गरेर लक्ष्य पूरा हुँदैन । आँखा खुल्नुप¥यो अब । नेपालमा अरू पनि आकर्षक पर्यटकीय गन्तव्य छन् । यसको लागि हाम्रो मात्र जोडबलले केही हुँदैन । सबै मिलेर प्रभावकारी कार्यान्वयन गर्न सके यो लक्ष्य पूरा हुन सक्छ ।