बैङ्किङ क्षेत्रमा अनिल केसरी साहको नाम आफैमा एउटा ब्राण्ड हो । जो बैङ्किङ क्षेत्रमा स्थापित मात्रै भएनन्, बैङ्किङ प्रणालीमा नमूनाका रूपमा प्रस्तुत नै भए । विभिन्न बैङ्क हुँदै पुनः नेबिल बैङ्कमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत साहसँग ब्लाष्टले गरेको कुराकानीको सम्पादित अंशः
यहाँको बैङ्किङ करियरको बारेमा बताइदिनुहोस् न ?
मेरो बैङ्किङ करियरको शुरुवात चाहिँ नेपाल ग्रीन्लेज बैङ्कबाट शुरु भएको हो । ३० वर्ष जति भयो वित्तीय संस्थाहरूमा काम गरेको । मेरो पहिलो तलब ३ हजार ५ सय थियो । त्यतिबेला असिस्टेन लेभलमा जोइन्ट गरेर रिसेप्सनीमा काम शुरु गरेको थिए । करिब १३ वर्ष जती ग्रिन्लेज बैङ्कमा काम गरे त्यहाँ मैले रिसेप्सनीस्ट देखी टेलर, क्यासीर हँुदै रेमिटेन्समा पनि काम गरे । ग्रिन्लेज बैङ्क आज स्टेन्डर चार्टटर बैङ्क भएको छ । १३ वर्ष त्यो बैङ्कमा काम गरीसकेपछि म नेविल बैङ्कमा आएँ । त्यतिबेलामा नेविल बैङ्कमा जेनरल म्यानेजर भएर आएको थिएँ । पछि म नेविलमा सिइओ भएको हुँ । नेपालको जोइन्ट भेन्चर बैङ्कको पहिलो सिइओ नै म बनेको थिए । ६ वर्ष जति म नेविलमा सिइओको रुपमा काम गरिसकेपछि मेगा बैङ्कको स्थापना गरेर त्यसलाई मेगा बैङ्कलाई स्थापित गर्ने काम गरे । त्यहाँ ८ वर्षसम्म दुई कार्यकाल म सिइओको रूपमा काम गरेर मेगा बैङ्कको नियममा दुई कार्यकाल भन्दा माथि सिइओ एउटै व्यक्ति नरहने व्यवस्था रहेको हुनाले म अर्को बैङ्कमा जाने तरखर गर्दा नेविलले पुनः आएर काम गर्ने अवसर दिएकाले म पुनः नेविलमा सिइओको रूपमा काम गरिरहेको छु ।
अनिल केसरी साह नामलाई बैङ्क शब्दको पर्यायको रूपमा परिचत गराउनु भएको छ, यो कसरी सम्भव भयो ?
मलाई बैङ्कीङ् सिकाएको स्टेन्डर चार्टर बैङ्कले हो भने मलाई बैङ्कर बनाएको नेविल बैङ्कले हो । नेविल बैङ्कमा आएर सिइओ बन्ने जुन अवसर मैले पाएँ र सिइओ भइसकेपछि पनि बैङ्कका कर्मचारी व्यावस्थापक बोर्ड मेम्बर सबै मिलेर नेविललाई नेपालकै नम्बर एक बैङ्कको रूपमा स्थापित गर्न सफल भयौँ । नेविल बैङ्क देशकै १ नम्बर बैङ्कको रूपमा स्थापित भैसकेपछि देशभरि नै अनिल साहको नामको बैङ्क क्षेत्रको पर्यायको रूपमा मानिसहरूले लिन थाले । मेरो नामको देशमै ब्राण्ड बन्यो । त्यो नेविल बैङ्कबाट नै भएको हो । आज अनिल साह कसरी यहाँ पुग्यो भनेर मैले हेर्दा जुन मानिसहरूसँग मैले काम गर्ने मैका पाएँ अथवा जुन संस्थाको एउटा अङ्ग बन्ने अवसर मैले पाएँ त्यही कारणले गर्दा पनि म यहाँ छु भन्ने मैले ठानेको छु । यदि त्यस्तो अवसर पाउँदिन थिएँ भने आज तपाईंहरूले मेरो अन्तरवार्तालिनु हुन्न थियो होला । म आजको म बन्न सक्तिन थिएँ होला ।
तपार्इं भन्दा अघिल्ला पुस्ता के गर्नुहुन्थ्यो ?
मेरो बुबा मेडिकल डक्टर हो आमा परराष्ट्रमा काम गर्नुहुन्थ्यो । हाम्रो खानदान कुनै बैङ्कर व्यापारी होइन । म केन्छु भने हामीले आफ्ना माता पिताबाट सिक्ने कुराहरू त सिक्नै पर्छ तर आफूलाई हेरेर मेरो आत्माविश्वास केमा छ त्यो बुझिसकेपछि आफ्नो जीवनको यात्रा शुरु गर्नुपर्छ । मेरा आमा बुबाले जे गरे म पनि त्यही गर्छु भनेर लाग्दा सफलता मिल्दैन । म डाक्टर अथवा वैदेशिक सेवामा गएको भए आजको अनिल साह बन्न सक्ने थिएँ होला ? शायद अहिले पनि आमा बाबाको छायामै हुन्थँे होला ।
तपाईबाट प्रेरणा लिन चाहनेलाई के भन्नुहुन्छ ?
म सबै नयाँ सङ्र्घष गरिरहनुभएकाहङ्लाई के भन्छु भने एक्लै चलेर म आफै अगाडि बढ्छु भन्दा केही पनि हुदैन, गाह्रो छ तर टिमसँग अगाडि बढ्छु भनेर हिँड्नुभयो भने धेरै अगाडि बढ्न सक्नुहुनेछ । आज म किन यहाँ छु भने म जुन बैङ्करहरूसँग मैले काम गर्ने अवसर पाएँ, सिक्ने अवसर पाएँ, सँगै योजना बनाउने लक्ष्य बनाउने, संस्था बनाउने अवसर पाएँ र आज म यहाँ छु । सबै भन्दा महŒव पूर्ण ३० वर्षपछि म यहाँ छु । ३० वर्षका हरेक दिन विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म काम गर्दा गर्दा पसिना बगाउँदा बगाउँदा म यहाँ छु । आजकालका युवा हरूमा म के पाउँछु भने म अनिल साह हुन चाहन्छु चाँडै स्थापित हुन चाहन्छु भन्ने चाहना पाउँछु । यति चाँडै स्थापित हुने तपाईं कुनै पनि क्षेत्र पाउनुहुने छैन । काम गर्नै पर्ने हुन्छ, मेहनेत गर्नै पर्ने हुन्छ, पसिना बगाउनै पर्ने हुन्छ । मलाई के लाग्छ भने आजका युवा म जति मात्र हैन, मभन्दा पनि धेरै सफल बन्न सक्नुहुनेछ तर मेहनेत गर्न भने छाड्नु हुँदैन ।
नेपालको आर्थिक र बैङ्किीङ् अवस्था कस्तो पाउनुहुन्छ ?
कहिलेकाहीँ क्षणिक उतारचढाव भइरहेको छ । तर, नेपाल सङ्घीयतामा गइसकेपछि सबैको मुखमा आर्थिक उन्नति, आर्थिक वृद्धि, आर्थिक क्रान्ति भन्ने नै रहेको पाइरहेको छु । जुन निकै सकरात्मक छ । मैले बैङ्कमा काम गरेको ३० वर्षको अनुभवमा यस्तोखाले वातावरण पाएको थिइँन । हो, कठिनाइहरू छन् । अप्ठ्याराहरू छन् तर अवसर पनि धेरै छन् । स्थानीय, प्रान्तीय र राष्ट्रिय यी तिनै ठाउँमा उत्तिकै अवसरहरू छन् । अहिले काठमाण्डौैमा बसेर बैङ्क चलाउँछु भनेर हुँदैन । प्रदेश स्तरमा स्थानीय तहहरूको अवस्थाका बारेमा बुभ्नुपर्ने हुन्छ । नेविल बैङ्ककै कुरा गर्दा हाम्रो प्रत्येक प्रदेशहरूमा प्रदेश स्तरीय व्यवस्थापकहरू छन् । प्रदेश १ मा पनि हुनुहुन्छ । वहाँहरूले नै प्रदेशमा भएका व्यापारलाई सञ्चालन गर्ने गर्नुहुन्छ । हाम्रो देशमा सबै खाले रूपान्तरण भइसकेका छन् । अब मात्र आर्थिक रूपान्तरण हुन बाँकी छ । जब आर्थिक रूपान्तरण हुन्छ अनि मात्र नेपाली आमा बुबाका छोरा छोरी विदेशिँदैनन् । त्यस्तो अवस्थाको शुरुवात भइसकेको म पाउँछु ।
केही समय अगाडि कर्मसियल बैङ्कहरू खोल्ने लहर नै चलेको अवस्था थियो, त्यसपछि मर्ज हुने अहिले एक तहमा आएर कर्मसियल बैङ्कहरू उभिएको देखिन्छ । अब स्थिरता आएको हो कर्मसियल बैङ्कहरूमा ?
बैङ्क खेल्दा राष्ट्र बैङ्कको अनुमति चाहिन्छ, नेपाल सरकारको नीति आवश्यक हुन्छ । सरकारको नीति बैङ्कहरूको सङ्ख्या बढाउने थियो, सोही अनुरुप लाइसेन्स दिनुभयो र नयाँ बैङ्कहरूको सङ्ख्या थपिएका हुन् । पछि सरकारले बैकहरूको सङ्ख्यामात्र हैन बैङ्कीङ् क्षेत्रमा स्थिरताको आवश्यकता ठानेकाले मर्ज प्रक्रिया अगाडि ल्यायो र बैङ्कहरू मर्जमा गएका हुन् । मलाई के लाग्छ भने वित्तीय क्षेत्रले नेपालको अर्थतन्त्रमा केही योगदानहरू हुनु पर्छ भन्ने हो । त्यसका लागि नेपालको अर्थ संयन्त्र र सम्पूर्ण क्षेत्रका कर्मसियल बैङ्कहरू तथा वित्तीय संस्थाहरू लगायत सबैले यसको उत्तर दिने गरी काम गरिनुपर्छ जस्तो लाग्छ । राष्ट्रलाई समृद्ध बनाउन बैङ्कीङ् क्षेत्रको दायित्व के हो भन्ने प्रश्नको उत्तर आइसकेपछि हामी सबैजना त्यसमै लाग्छन् नि । नाफा कमाएर कर तिर्ने हो कि, गाउँगाउँमा गएर वित्तीय पहुँच प्रदान गर्ने हो कि ?