पाेखरा / "शुक्ष्मजैबिक परिस्थितिशास्त्रको अनुसन्धानलाइ दक्षिण एसियामा बलियो बनाउ" भन्ने नाराका साथ दक्षिणी एसियाली शुक्ष्मजैबिक परिस्थिति बिज्ञान क्षेत्रीय गोष्ठी पोखरामा सुरु भएको छ।
गोष्ठीको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका छन । गोष्ठीमा अमेरिका, युके न्युजिल्यान्ड, श्रीलंका, पाकिस्तान, बङलादेश, भुटान तथा नेपालका ८० जना बैज्ञानिकहरुले बिभिन्न शुक्ष्मजैबिक परिस्थिति बिज्ञानमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम संयोजक डा देबराज जोशिले जानकारी दिए ।
गोष्ठीमा बिभिन्न ३५ वटा अनुसन्धानात्मक पोस्टेरहरु समेत प्रस्तुत गरिने उनले बताए। कार्यक्रम माघ २९, १ र २ गते सम्म चल्ने आयोजकले जनाएको छ। कार्यक्रम गण्डकी प्रदेश उध्योग पर्यटन बन तथा वातावरण मन्त्रालय, पृथ्वीनारायण क्याम्पस पोखरा तथा माइक्रोबियल इकोलोजी नेटवर्क नेपालको आयोजना तथा इन्टरनेसनल सोसाइटी फर माइक्रोबियलइकोलोजी (ISME)को मुख्य प्रायोजनमा संचालन भएको हो ।
नेपालको परिस्थिति बिज्ञान अत्यन्तै फरक फरक भएकोले यहाँ धेरै काम गर्न सकिने हवाइ मानोवा बिश्वबिद्धालयका प्राध्यापक तथा इन्टरनेसनल सोसाइटी फर माइक्रोबियल इकोलोजी (ISME)का अध्यक्ष इड्वार्ड एफ डिलोङ्गले बताए। अनुसन्धान बिना कुनै पनि राष्ट्रकाे बिकाश हुन नसक्ने मुख्य मन्त्री गुरुङले बताए।
कार्यक्रममा स्थानिय आयोजकका संयोजक तथा पृथ्वीनारायण क्याम्पसका उप प्राध्यापक कृष्ण गुरुङ, नेपाल सरकार युवा स्वरोजगारका सह संयोजक माधब ढुङेलले मन्तव्य राखेका थिए। कार्यक्रममा स्वागत मन्तव्य गोष्ठीका संयोजक डा• देभराज जोशीले राखेका थिए भने पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा चन्द्र बहादुर थापाको अध्यक्षता भएको थियो।