धरान / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि अंश दावी गदैं मुद्वा दायर भए पछि आरोप खेप्दैं आएका बालिका खड्काका विषयमा पहिलो पटक सार्वजनिक कार्यक्रममा बोलेका छन् । उलने आफुमाथि २०७२ सालदेखि पार्टी भित्रैका केही व्यक्तिबाट षडयन्त्र भइरहेको आरोप लगाए । उनले आफ्नो राजनीतिक जीवन र चरित्र हत्या गर्न केही मिडियाहरु पनि भइरहेको आरोप लगाए ।
आज शनिबार इटहरीमा प्रेस संगठन नेपालको प्रदेश भेला तथा सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री राईले बालिका खड्कासँग जोडेर गरिएको प्रचारबारे प्रष्टाएका छन् ।
नामकी एक महिलासँग आफुलाई जोडेर विभिन्न अनलाइनहरुमा आएको समाचारबारे पहिलो पटक सार्वजनिक अभिव्यक्त पनि दिएका हुन् । यसअघि पनि ती महिलासँग मुख्यमन्त्री राईलाई जोडेर समाचारहरु पटक पटक प्रकाशित भएको थियो । तर, उनले त्यसबारेमा बोलेका थिएनन् ।
के भने मुख्यमन्त्री राईले
म विरुद्ध २०७२ सालदेखि षडयन्त्र शुरु भएको छ । म सञ्चारमन्त्री भएको २÷ ३ महिनादेखि त्यो षडयन्त्र शुरु भयो । आफुविरुद्ध विभिन्न ठाउँ बैठकहरु बसेर एउटा गिरोह सक्रिय भएको छ । ती गिरोहले नै केही पात्रहरु खोजेर, खरीद गरेर आफुमाथि प्रयोग गरेको छ । हिजो मात्र एउटा अदालतमा मुद्दा दर्ता भयो भनेर सामाजिक सञ्जालमा आइराखेको छ। २०७२ सालदेखि लगातार मौषम अनुसार सामाजिक सञ्जाल र केही साना मसिना अनलाइनहरुमा केही कुराहरु मेरो प्रसंगमा आइराखेको सर्ववितितै छ । आजसम्म यो प्रसंगमा मैले बोलेको थिइन । किनभने मेरो कुनै दोष छैन, कमजोरी छैन । त्यही भएर बोलिन तर आज बोल्नुपर्ने अवस्था आएको छ । चाडै दुधको दुध पानीको पानी छुटिने नै छ । कतै चुकेको थियो कि, गल्ती गरेको थियो कि भनेर तपाईहरु भ्रममा नपर्नुस । मिडियाहरु दुरुपयोग भएका छन । मिडियाहरु किनिएका छन् । आधा घण्टामा पात्रहरु, यो खेतीमा लाग्नेहरु तपाईहरुले पत्ता लगाउन सक्नुहुन्छ । आफुविरुद्ध करोडौं रुपैया खर्चिएको मैले पाएको छु ।
ती महिलासँग दोहोरो चिनजान र संवाद भएको छैन्
ती महिलासँग कहिल्यै चिनजान र दोहोरो संवाद पनि नभएको छैन् । आफू संचारमन्त्री भएको ३ महिना पछि मोवाइलमा म्यासेजहरु आउन थाले । सयौंको संख्यामा म्यासेज आए । ‘फटाफट मेरो नम्बरमा म्यासेज आउछ, त्यो म्यासेज दुईटा, तिनटा होइन सयौंको संख्यामा आउछ । भोलीपल्ट पनि आउछ, म त्यो म्यासेज प्राप्त भएको नम्बरमा कलब्याक गरे । को मान्छे हो चिन्न खोजे । नामसम्म थाहा हुन्छ । त्यसपछि फोन राख्छुँ । तर म्यासेज लगातार आयो । त्यसरी निरन्तर आएको म्यासेजहरुलाई जस्ताको तस्तै मोवाइलमा राखेर सञ्चारमन्त्री, सरकारको प्रवक्ताको हैसियतामा प्रधानमन्त्रीलाई देखाएको पनि थिए । प्रधानमन्त्री पनि अचम्मित भएर षडयन्त्र भएको थाहा पाएपछि अब तपाई ढुक्कले केही विचलित नभै काममा अघि बढ्नुस, कसैलाई प्रतिक्रिया नदिनुस् भनेर ढाडस दिनु भयो ।
मैले यो बिषयमा आजको मितिसम्म कही कतै प्रतिक्रिया दिएको थिइन, तर लगातार यसप्रकारको षडयन्त्र, गिरोह किन हो थाहा छैन । यो म माथि षड्यन्त्र भएको विषयमा आज बोल्नु पर्छ भनेर फोरममा कुरा राखेको छु ।
मेरो राजनीतिक जीवन सकाउने खेलको विषयमा पार्टीमा एउटा एजेण्डा दर्ज गरे । छानविन दुई घण्टा छलफल भयो । ती पात्र गतल हुने भन्ने निष्कर्ष निस्कियो । त्यो भए पछि छानविन समिति गठन गरौ भन्ने भयो । बनाउन मैले आग्रह गरे । अध्यक्षले स्थायी कमिटिले निर्णय लिने भन्ने कुरा गरेर बैठक सकियो । एउटा एजेण्डा पोलिटब्युरो बैठकमा दर्ज गरेर छलफल पनि भयो । पार्टी अध्यक्षसँग औपचारिक अनुमतिमा २ घण्टा छलफल भयो । मैले ६ वटा नम्बर र ७ पेज म्यासेजसहित सिआइबीमा निवेदन दिएको थिए । प्रहरीले आवश्यक अध्ययन गर्यो । यी मान्छे स्वाभाविक मनस्थितिमा छैन, त्यसो हुदा अहिले कारबाही अगाडि नबढाऔ भनेर त्यसबेलाका डिआइजी अहिले प्रतिनिधिसभा सदस्य हुनुहुन्छ, नवराज सिलवालले भन्नु भएको थियो । मैले यो बिषयमा आजको मितिसम्म कही कतै प्रतिक्रिया दिएको थिइन, तर लगातार यसप्रकारको षडयन्त्र, गिरोह किन हो थाहा छैन । यो म माथि षड्यन्त्र भएको विषयमा आज बोल्नु पर्छ भनेर फोरममा कुरा राखेको छु ।
मलाई निर्वाचनकै वेला सिध्याउन खोजिएको थियो
मैले यि विषयमा किन पनि आज बोले भने यो प्रेस संगठनको कार्यक्रम हो । प्रदेशभरीका मिडियाका साथीहरु आउनु भएको छ । यहाँ मिडियाहरु दुरुपयोग भएको छ । पात्र खोजिएको छ । एकै छिनमा सिध्याउने खेलहरु मिडियाबाटै भएको छ । मलाई सिध्याउने मान्छे को को हुन तपाईहरु पत्ता लगाउन सक्नु हुने छ । मैले पार्टीमा नामै किटान गरेर दिएको छु । यति सम्मकी मलाई सिध्याउन निर्वाचनका समयमा गोली प्रहार भयो । त्यो तर्साउन भएको थिएन । मलाई ठाउँका टाउँ सिध्याउन आक्रमण भएको थियो । यो घट्नालाई जोडेर मैले तपाईहरुको ध्यानाकर्षण गराएको छु । यहाँ पार्टीको नेताहरु हुनु हुन्छ । भ्रम कोही कसैलाई नहोस भन्ने आग्रह गर्दछु ।
म माथि गम्भीर षडयन्त्रण भएको । एउटा इमान्दार कार्यकर्ता माथि भएको अन्यायको विषयमा कुरा उठाइदिन म आग्रह गर्दछु ।