खोटाङ/ परापूर्वकालमा गार्ईले पत्ता लगाएकोे भनेर चिनिने खोटाङको अर्खौलेस्थित गुप्तेश्वर महादेव गुफा ओझेलमा परेको छ ।
दर्शन गर्न सुतेरै पस्न र निस्कनु पर्ने अनौठो किसिमको गुप्तेश्वर महादेव गुफा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित दुक्सिलीमा अवस्थित छ । विशाल चट्टानको फेदमा अवस्थित गुप्तेश्वर महादेव गुफाभित्र सात जना दर्शनार्थी मात्र अटाउन सकिन्छ । कालो चट्टानले बनेको गुफामा थुप्रै शिला देख्न सकिन्छ । ती सबैको धार्मिक मान्यताअनुसार नामकरण गरिएका छन् ।
गुप्तेश्वर महादेवको विशाल गुफाभित्र महादेव, चन्द्रमा, गणेश, शिवजी, सप्तऋषि, महादेवको शिर र कछुवालगायत थुप्रै आकृति देख्न सकिन्छ । त्यसमध्ये डेढ फिट उचाइको शिलालाई गुप्तेश्वर महादेव भन्ने गरिन्छ । गुफाभित्रको विशाल शिलाबाट चौबीसै घण्टा तप्तप् पानी चुहिरन्छ । गुफा पस्ने र निस्कने ठाउँमा गार्ई आकारको शिला टाढैबाट प्रष्ट देख्न सकिन्छ । गुप्तेश्वर महादेव वि.सं. १७२६ सालमा पत्ता लागेको हो भन्ने विश्वास गरिएको छ ।
अर्खौलेका स्थानीय बूढापाकाका अनुसार सोही ठाउँका सुबोध राईको एउटा ब्याउन लागेको गार्ई उसबेला गोठबाटै हराएको थियो । गोठबाटै हराएको गार्ई खोज्दाखोज्दै महिनौँ बित्यो । अहिलेको गुप्तेश्वर महादेव गुफा पारिपट्टि थियो सुबोधको गार्ईगोठ । सुबोधले धेरै दिनपछि गार्ईको गोठनजिकैको खेतमा आफ्नो गार्ईले धान खाइरहेको सपना देखेका थिए । उज्यालो भएपछि सुबोध त्यहाँ पुग्दा गार्ईले धान खाइरहेको देख्दा तीनछक्क परेका थिए । सपनामा देखेको गार्ईले विपनामा धान खाइरहेको देख्दा अचम्म लाग्नु अस्वाभाविक भने होइन ।
सुबोध धान खाइरहेको गार्ईनजिक पुग्दा गार्ई हराउँथ्योे । गार्ईधनी दुई–चार दिन त्यसरी धान खाइरहेको गार्ईको पछि लागेका थिए । गार्ईनजिक पुग्ने क्रममा हराएपछि सुबोधले कता–कता गार्ई कराएको आवाज सुनेका थिए । आवाज पहिल्याउँदै जाँदा धान खाइरहेको देखेको गार्ई गुफाभित्र देखिएको थियो । मानिस पस्न र निस्कन अप्ठ््यारो गुफाबाट गार्ई निकाल्न त्यति सजिलो थिएन । एक्लैले गार्ई निकाल्न नसक्ने भएपछि सुबोधले गाउँलेसँग हारगुहार मागे ।
सहयोगी लिएर गएका सुबोधसँगै गुफा पुगेकामध्ये केही भित्र पसे र केही बाहिरै बसे । भित्रकाले गार्ई धकेले अनि बाहिरकाले दाम्लोको सहाराले ताने तर गार्ई निकाल्न सकिएन । गार्ई निकाल्न सहयोग गर्न पुग्नेले भने, ‘गार्ई निकाल्न सकिँदैन, माया मारौँ ।’ त्यसो भन्दै सहयोगी घर फर्के । गार्ईधनी सुबोध त्यहीँ बसे । आफ्नो गार्ईको माया लाग्नु स्वाभाविकै थियो सुबोधलाई । सुबोधले मनमनै सोचे, ‘मलाई भगवान्ले छल त गरेन !’ सुबोधले मनमनै आराधना गरे । पूजाआजामात्रै होइन, भाकलसमेत गर्न भ्याए । त्यत्ति गरेपछि गुफाबाट गार्ई सजिलै बाहिरियो । त्यत्रा सहयोगीसहित निकाल्ने प्रयास गर्दा निकाल्न नसकिएको गार्ई गार्ईधनी सुबोध एक्लैले निकाले । त्यसपछि गाउँभरि चर्चा–परिचर्चा भयो । त्यसपछि यस गुफालाई ‘गुप्तेश्वर महादेव गुफा’ भन्न थालिएको हो ।
गुप्तेश्वर महादेव गुफा त्यति पुरानो मानिए पनि यसको प्रचार–प्रसार र प्रवद्र्धन भने हुन सकेको छैन । गुप्तेश्वर महादेव गुफामा पाँचवर्ष अघिदेखि मात्र आन्तरिक तथा वाह्य पर्यटक पुग्ने गरेका अर्खौलेका स्थानीयवासी बताउँछन् । पछिल्लो समय हलेसी आइपुगेका बौद्ध धर्मावलम्बी गुप्तेश्वर नपुगे यात्रा अधुरो भएको सम्झने गरेको पाइएको छ । अहिले भारत, भुटान, श्रीलङ्का, ताइवान, कोरिया, सिङ्गापुर, हङ्गेरी र हल्याण्डलगायतका बौद्ध धर्मावलम्बी गुप्तेश्वर महादेव टेकिसकेको पुजारी हीराधन राईले बताए ।
पछिल्लो समय गुप्तेश्वर महादेव गुफा पर्यटकीयस्थल बन्दै गएको वडाध्यक्ष ज्ञानबहादुर पुरीले बताए । ‘अर्खौलेमा सुत्केरी ढुङ्गा, गुप्तेश्वर महादेवलगायत अन्य पर्यटकीयस्थलसमेत रहेका छन्’ उनले भने, ‘अहिलेसम्म प्रचार–प्रसार हुनसकेको छैन । ती धार्मिक तथा पर्यटकीयस्थलको प्रवद्र्धन गर्दै प्रचार–प्रसार थालिएको छ ।’ गुप्तेश्वर महादेव गुफा आसपासमै पार्वतीथान र सिकारीथानसमेत रहेका छन् । छेउमै बगेको कलकल पानीले गुप्तेश्वर पुगेकालाई आनन्दित तुल्याउँछ । गाउँको पुछारमा रहेकाले शान्त वातावरण छ । खोलाछेउ मात्रै होइन, घना जङ्गलबीचमा भएकाले गुप्तेश्वर पुगेकाले शीतल अनुभूति गर्छन् । त्यहाँसम्म पुगेका आन्तरिक तथा वाह््य पर्यटकको सुविधाका लागि केही पसलसमेत खोलिएका छन् ।
पर्यटकलाई जानकारी गराउन बाटामा कोही न कोही पथप्रदर्शक भेटिन्छन् । एकान्त ठाउँमा रहेको उक्त गुप्तेश्वर महादेव गुफामा वर्षामा भन्दा हिउँदमा पर्यटक धेरै आउने गरेको स्थानीयवासीले बताएका छन् । अर्खौले बजारबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको गुप्तेश्वर महादेव गुफा पुग्न ओरालो र फर्कंदा उकालो बाटो पैदल हिँड्नुपर्ने हुन्छ । गुप्तेश्वर महादेव गुफाको केही माथिसम्म यातायातका सावरी साधन पुग्ने गरेको छ । सडकमा सवारी साधन पार्किङ गरेर करिब १० मिनेट पैदल हिँड्नुपर्छ ।