२०६२ सालदेखि धरान–१६ जोरसखुवामा रहेर धरानको बदलिँदो समाज, परिवर्तन र आधुनिकतालाई मध्यनजर गर्दै समाज परिवर्तनसँंगै विद्यार्थी र शिक्षक तथा शिक्षण संस्थाबीचको सिकाउने र सिक्ने पद्धतिलाई नयाँ–नयाँ प्रयोगमार्फत् विद्यार्थीहरूको शैक्षिक, सामाजिक, मानोविज्ञानका साथै सकारात्मक सोचको विकासमा अब्बल रहँदै आएको छ सियोन स्कुल ।
सियोन धरानमा उत्कृष्ट मानिएका विद्यालयमध्ये एक हो । जसले विद्यार्थीहरूलाई औपचारिक शिक्षा वा किताबी ज्ञानमात्र नभएर समाजको कुशल नागरिक बनाउन संस्कारको पनि शिक्षा दिने गर्दछ । खरीपाटीबाट शुरु भएको नेपालको शिक्षा प्रणाली आधुनिकता र प्रविधिको विकाससँगै कम्प्युटर र विज्ञानको युगमा प्रवेश गरेको छ । तर, सञ्चार प्रविधिको सहज पहुँच रहे पनि विज्ञानका अनेकांै प्रविधिको पहँुचमा भने पुग्न नसकिरहेको अवस्थामा सियोनले विद्यार्थीहरूलाई विभिन्नखाले विज्ञानका प्रयोगहरू गराउँदै आइरहेको छ ।
विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षाका साथै उनीहरूमा सर्वाङ्गीण विकासको लागि अहोरात्र खटिरहेका यस विद्यालयका शिक्षक–शिक्षिकाहरू, व्यवस्थापन समितिले सामाजिक चेतना, संस्कार युक्त सकारात्मक मनोविज्ञानसहितको गुणस्तरीय शिक्षा दिन विद्यार्थीहरूले भन्दा आफूहरूले अझ बढी गृहकार्य गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछन् । जसले गर्दा सियोनमा अध्ययन गरेका विद्यार्थीहरू सामाजिक चेतना, संस्कारयुक्त सकारात्मक मनोविज्ञानका साथै विज्ञान र प्रविधियुक्त प्रभावकारी र आधुनिक शिक्षामा अब्बल रहने कुरामा विद्यालय व्यवस्थापक निश्चिन्त रहेको देखिन्छ ।
विद्यालयको अध्ययन–अध्यापनलाई चुस्त दुरुस्त बनाउनका लागि विद्यालयमा दक्ष जनशक्तिको आवश्यकता हुन्छ भन्नेमा आफ्नो योजना र दृष्टिकोण स्पष्ट रहेको बताउँदै विद्यालयका निर्देशक खड्गबहादुर थापा मगर भन्छन्, ‘यो स्कुललाई उत्तम अथवा उत्कृष्ट स्कुल बनाउनका लागि दक्ष जनशक्तिको आवश्यकता पर्दछ । त्यसका लागि हामीले कक्षा ७ देखि माथि पढाउने हरेक शिक्षक शिक्षिका मास्टर्स डिग्री होल्डर व्यवस्था गरेका छौं ।’
विद्यालयलाई व्यवस्थित गर्न नियम, नियमन र सुविधा यी तीनै कुराको अत्यन्तै आवश्यक मान्ने सियोन स्कुलले विद्यार्थीहरूको शिक्षाको लागि आवश्यक सम्पूर्ण शैक्षिक पूर्वाधार र सुविधाहरू प्रदान गर्दै आएको छ । विद्यार्थीको शैक्षिक उपलब्धिको निम्ति विद्यार्थी, शिक्षक र अभिभावक त्रिपक्षीय सहभागिताका साथ विद्यालय अघि बढिरहेको छ ।सियोन विद्यालयमा कक्षा प्ले–ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन हुँदै आइरहेको छ ।
सफलताको मुख्य सूत्र
विकेन्द्रीकरणमा केन्द्रित भएर हरेक कर्मचारी तथा शिक्षकहरूलाई कुनै न कुनै प्रकारको जिम्मेवारीका साथ विद्यालयमा खटाइने हुनाले काम गराइ र कामको चापसमेत कम हुने तथा हरेकले आ–आफ्नो जिम्मेवारी सहजरूपमा सम्पन्न गर्नसक्ने विद्यालयको विश्वास छ । प्रत्येक दिन विद्यालयका कर्मचारीको बैठक सम्पन्न गरेर मात्र विद्यालय सञ्चालन हुने यस विद्यालयमा प्रत्येक दिन अघिल्लो दिनका कामहरूको मूल्याङ्कन गरी त्यस दिनको योजना तथा तयारी गरी विद्यालय सञ्चालन गर्ने विद्यालयका सह–प्रधानाध्यापक राकेश चौधरीले बताए ।
शिक्षकहरूको लगनशीलता र अथक मेहनत विद्यालयको सफलताको कारक मानेको यस विद्यालयले हरेक दिन शिक्षकहरूसँग विद्यालयमा विद्यार्थीहरूको अध्ययन–अध्यापनमा नयाँ शैली र अनुभवहरूको साटासाट हुनुका साथै प्रतिक्रियासमेत लिने सह–प्रधानाध्यापक चौधरीले बताए ।
कक्षा–शिक्षकलाई कक्षाका सम्पूर्ण विद्यार्थीको शैक्षिक गुणस्तर कसरी वृद्धि गर्ने भन्ने जिम्मेवारी प्रदान गरिएको यस विद्यालयमा व्यवस्थापक, सञ्चालक, प्रधानाध्यापक, शिक्षकलगायत स्कुल परिचारिकाहरूमा समेत छुट्टा–छुट्टै जिम्मेवारी रहेको छ, जसले विद्यालयका विद्यार्थीहरूको व्यवस्थापन, शैक्षिक गुणस्तरका साथै अनुशासन तथा सामाजिक दायित्व बोध गराउँदै सामाजिक चेतना र संस्कारहरूको पनि शिक्षा दिन अनुशासन प्रमुख एवम् परामर्शदाताको व्यवस्था गरिएको छ ।
टिचर मेन्युअल, प्यारेण्ट्स मेन्युअल
हरेक कक्षा–शिक्षकहरूले आफ्नो कक्षाको अध्ययन– अध्यापनलाई प्रभावकारी बनाउन कक्षामा अध्यापन गराउने हरेक शिक्षकहरूको दैनिक गतिविधिलाई हेर्नको लागि टिचर मेन्युअलको व्यवस्था गरिएको छ । कक्षाका सम्पूर्ण विद्यार्थीहरूको शैक्षिक गुणस्तरलाई कसरी प्रभावकारी बनाउने भन्ने जिम्मेवारी रहेको कक्षा–शिक्षकले उक्त मेन्युलको माध्यमद्वारा शिक्षकहरूले कुन विषयको कति अध्ययन–अध्यापन भयो, कुन विषयको कति कापी चेक भयो, कतिको होमवर्क दिने गरेका छन्, विद्यार्थीका अभिभावकहरूमा विषयगत शिक्षकहरूको कस्तो समन्वय रहेको छ भन्ने सम्पूर्ण जानकारी लिने गरिन्छ ।
टिचर मेन्युलद्वारा कक्षामा एक दिनमा भएका सम्पूर्ण गतिविधिको वर्णन गरी सह–प्रधानाध्यापकलाई रिपोर्ट प्रस्तुत गर्नुपर्ने भएकाले प्रत्येक कक्षाको पढाइ प्रभावकारी हुने सह–प्रधानाध्यापक राकेश चौधरी बताउँछन् । टिचर मेन्युलमा शिक्षकहरूले विद्यार्थीका सम्पूर्ण गतिविधि, विद्यार्थीहरूको शैक्षिक अवस्था, उनीहरूको आचरणदेखि लिएर विभिन्न कुराहरूको टिपोट गर्नेछन् । त्यस्तै शिक्षकहरूले आफूले गरेका कामको पनि जानकारी गराउँछन् ।
प्यारेण्ट्स मेन्युलमा शिक्षकहरूले विद्यार्थीका अभिभावकहरूलाई विद्यार्थीको सिकाइलगायत सम्पूर्ण कुराहरू अवगत गराएका कुराहरू र विद्यार्थीका अभिभावकहरूले विद्यार्थीको शैक्षिक र चरित्र विकासका लागि गरेका कामहरूको पनि टिपोट हुने भएकाले यो विद्यार्थीको चरित्र र शैक्षिक विकासका लागि निकै प्रभावकारी भएको स्कुलले ठान्दछ । सह–प्रधानाध्यापक चौधरी भन्नुहुन्छ, ‘यसरी विद्यार्थी, शिक्षक र अविभावकहरूको सम्पूर्ण गतिविधिलाई एउटा रिपोर्ट बनाएर गरिने शिक्षण विद्यार्थीको शैक्षिक र चरित्रगत विकास निर्माण गर्न निकै प्रभावकारी बनेको छ । सम्भवतः यो कार्य अहिलेसम्म हाम्रो विद्यालयले मात्र गरिरहेको छ ।’
शिक्षकले विद्यार्थीहरूलाई कसरी मार्गदर्शन गरेको छ भन्ने थाहा पाउन र विद्यार्थीहरूको आचरण र शैक्षिक स्तर तथा क्षमता थाहा पाउन प्रभावकारी मानिएको यो पद्धतिले कस्ता विद्यार्थीलाई कसरी अध्ययन–अध्यापन गराउने भन्ने योजना बनाउनसमेत सजिलो पार्छ भन्ने मानिएको छ । यसमा विद्यार्थीहरूका मासिक परीक्षादेखि लिएर विभिन्न समयमा हुने सबैखाले परीक्षाहरूको परिणाम तथा अनुशासित तथा अनुशासनहीन विद्यार्थीहरूको नामसहितको रिपोर्ट प्यारेण्ट्स मेन्युअलमा प्रस्तुत गरिएको हुन्छ ।
प्यारेण्ट्स मेन्युअलमा विद्यार्थीले घरमा बस्दा कस्तो आचरण देखाउँछ भन्नेदेखि लिएर विद्यालयमा दिएका होमवर्कहरू देखाउने÷नदेखाउने, खानपिनको अवस्था, कुनै प्रकारको बानी अथवा लत र सङ्गतलगायत विद्यार्थीले ल्याएका नतिजाहरूको जानकारी गराउने गरी रिपोर्ट तयार गर्ने गरेको सह–प्रधानाध्यापक चौधरीले बताए । यसमार्फत् विद्यार्थीहरूको सम्पूर्ण आचरणलाई अध्ययन गर्न शिक्षक र अभिभावकलाई सहयोग पुगेको छ ।
मिसन अफ द विक र जुनियर साइन्टिस्ट
विद्यार्थीहरूको शैक्षिक र आचरण सुधारका लागि प्रत्येक वर्ष नयाँ–नयाँ प्रयोग गरिरहने यस विद्यालयले यस वर्ष मिसन अफ द विक र जुनियर साइन्टिस्टको अवधारणा अगाडि सारेको विद्यालयका सह–प्रधानाध्यापक राकेश चौधरीले बताए ।
किताबी ज्ञानबाहेक व्यवहारिक ज्ञानलाई जोड दिने उद्देश्यले शुरु गरिएको मिसन अफ द विकले विद्यार्थीहरूको चाल–ढाल तथा बानी व्यहोराका साथै अनुशासनलाई परिवर्तन गर्ने चौधरीको भनाइ छ । हप्ता वा दुई हप्ताको समय सीमा निर्धारण गरी विद्यार्थीहरूको कुनै एक आचरण परिवर्तन गर्ने गरी विद्यार्थीलाई मिसन अफ द विकमा एउटा कुनै काम गर्न वा आदत बनेका काम नगर्न आह्राइनेछ ।
जसमा घरमा समय निर्धारण गरेर अध्ययन गर्न होस् वा मोबाइल नचलाउन, अत्यधिक टिभी नहेर्न तथा आफूभन्दा सानालाई माया गर्न वा ठूलालाई आदर गर्न विद्यार्थीहरूलाई लगाइनेछ ।
विद्यार्थीको व्यवहारिक, सामाजिक तथा पारिवारिक पक्षका साथै आचरण परिवर्तन गर्न यसरी प्रत्येक हप्ता छुट्टा–छुट्टै विषयलाई विद्यार्थीमाझ मिसनको रूपमा लिने र यसको जानकारी विद्यार्थीको अभिभावकलाई गराई उनीहरूको परिवर्तनको अवस्थाबारे अध्ययनसमेत गर्ने चौधरी बताउँछन् ।
विद्यार्थीहरूको रचनात्मकतालाई प्रोत्साहनस्वरूप यस वर्ष जुनियर साइन्टिस्टको रूपमा उनीहरूलाई अगाडि ल्याउन लागिएको विद्यालयले जनाएको छ । जुन विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्नका लागि एउटा सकारात्मक माध्यम बन्न सक्ने चौधरीको बुझाइ छ ।
विद्यालयको भौतिक संरचना
विद्यालयको आफ्नै ४ तले भूकम्पप्रतिरोधी भवन रहेको छ । विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म १२ सय विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । करिब ९० जना शिक्षक तथा कर्मचारी रहेको यस विद्यालयमा विद्यार्थीहरूका लागि प्रभावकारी शिक्षा दिन प्रत्येक कक्षामा कम्तीमा २ वटा सेक्सन सञ्चालनमा रहेको छ । त्यस्तै कक्षा ३ र ४ मा उच्च विद्यार्थी चापका कारण ३ वटा सेक्सन रहेकोमा आगामी दिनमा ४ वटा सेक्सन बनाइने प्रधानाध्यापक संजिप बान्तवाले बताए ।
विद्यार्थीहरूलाई यातायतको सुविधाका लागि विद्यालयको आफ्नै ५ वटा बस सञ्चालनमा रहेका छन् । विद्यालयभित्र विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राखी स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ । त्यस्तै खेल्नका लागि विद्यार्थीहरूलाई ट्रससहितको ग्राउण्ड र बास्केटबल कोर्ट रहेको छ । विद्यार्थीहरूका लागि विद्यालयमा क्यान्टिनको पनि सुविधा रहेको छ ।
विद्यालयमा सय जना क्षमता रहेको गल्र्स होस्टेलका साथै १ सय ५० जना क्षमता रहेको ब्वाइज होस्टेल रहेको छ । हाल विद्यालयको होस्टेलमा छात्र र छात्रा गरी २ सयको हाराहारीमा विद्यार्थीहरू बस्ने गरेका छन् । विद्यालयमा साइन्स ल्याव, कम्प्युटर ल्याव, पुस्तकालय, अडियो भिजुवल कक्षा, सेमिनार हल, नृत्य कक्षाको राम्रो व्यवस्था रहेको छ ।
विषयगत शिक्षकहरुको समूह
स्कुलले शिक्षणलाई प्रभावकारी बनाउन विकेन्द्रीकरणको सूत्रअनुसार शैक्षिक विभागको रूपमा विद्यालयका हरेक विषयगत शिक्षकहरूको समूह बनाई हरेकको समूहका सिनियर शिक्षकले मातहतका शिक्षकहरूलाई परामर्श तथा अनुभव बाँड्ने हुनाले शैक्षिक अवस्था दैनिकरूपमै पृथक् हुने सह–प्रधानाध्यापक राकेश चौधरीको बुझाइ छ । उनी भन्छन्, ‘एकेडेमिक पार्टमा एच.ओ.डी. मेम्बरहरूले आफ्नो मातहतका विषयगत शिक्षकहरूलाई अब्जरवेसन गर्नुहुनेछ ।
मुख्य–मुख्य विषयको एच.ओ.डी. बनाउँदा वहाँहरूले आफ्नो मातहतमा रहेका शिक्षकहरूले के कस्तो अध्ययन–अध्यापन गराइरहनुभएको छ, विद्यार्थीहरूको कापी चेक भएको छ कि छैन, वहाँहरूले पढाउनुभएको कुरा विद्यार्थीले बुझेका छन् कि छैनन् भन्ने कुराको अध्ययन सिनियर टिचरहरूले गर्नेछन् । यसले गर्दा विद्यार्थीहरूले प्रभावकारी शिक्षा पाउनेछन् ।’
अनुभवी र दक्ष शिक्षक, शिक्षिका
शैक्षिक गुणस्तरमा कुनै पनि प्रकारको सम्झैता नगर्ने उद्देश्यका साथ विद्यार्थीहरूलाई प्रभावकारी र गतिशील शिक्षा दिनका लागि यो स्कुल दक्ष र अनुभवी शिक्षक र शिक्षिकाहरू विद्यालयमा हुनुपर्छ भन्नेमा विश्वास गर्दछ । अनुभवी शिक्षक, शिक्षिकाहरूबाट मात्रै विद्यार्थीहरूलाई गतिशील शिक्षा दिन सकिन्छ भन्ने उद्देश्यका साथ स्कुलले प्रत्येक कक्षामा दक्ष शिक्षकमार्फत् नै अध्यापन गराइरहेको छ । उनी भन्छन्, ‘हाम्रो विद्यालयको राम्रो पक्ष भनेको अनुभवी र दक्ष शिक्षक हुनु पनि हो ।’
साधारणतय कक्षा–६ देखि स्नातकोत्तर शिक्षकद्वारा मात्र अध्ययन–अध्यापन गराउने गरेको भए पनि त्योभन्दा माथिका कक्षाहरूमा स्नातकोत्तर प्रथम श्रेणीका र उच्च अनुभवीहरूमार्फत् मात्र अध्यापन गराइरहेको सह–प्रधानाध्यापक चौधरी बताउँछन् ।
दैनिक कार्यभार रजिष्टर
दैनिकरूपमा शिक्षकहरूले विद्यार्थीहरूलाई दिने गृहकार्य कस्तो प्रकृतिको छ, कति गृहकार्य विद्यार्थीलाई दिइएको छ भन्ने जानकारी गाउने गरी दैनिक कार्यभार रजिष्टर तयार गरी यस विद्यालयमा विद्यार्थीलाई दैनिकरूपमा ५ वटा विषयमा गृहकार्य गराउने नियम रहेको छ । जसमा सम्झनुपर्ने गृहकार्य, हल गर्नुपर्ने र लेख्नुपर्ने गृहकार्य कति दिइएको छ भन्ने जानकारी गराउन यो रजिष्टरमा लेखिने गरेको हुन्छ । विद्यार्थीहरूलाई हरेक विषयमा गृहकार्य दिएको–नदिएको मूल्याङ्कन रजिष्टरको आधारमा थाहा हुन्छ ।
सिसी क्यामेराद्वारा निरीक्षण
विद्यालयमा हुने सम्पूर्ण गतिविधिको प्रत्यक्ष निगरानी राख्नका लागि विद्यालयका विभिन्न स्थानहरूमा सिसी क्यामेरा जडान गरिएको छ । जसले गर्दा विद्यार्थीहरूलाई पूर्ण निगरानीमा राखी उनीहरूको सुरक्षाका साथै उनीहरूले देखाउने गलत प्रकारका गतिविधिहरूको पनि अवलोकन गरी त्यसतर्फ विद्यालय सचेत रहँदै आएको छ ।
यति मात्र नभएर विद्यालयका प्रत्येक कक्षाकोठाहरूमा सिसी टिभी जडान गरिएकोले कक्षाकोठामा रहँदा उनीहरूको पढाइप्रतिको लगनशीलता र शिक्षकहरूको सक्रियतालाई पनि निरीक्षण हुने हुनाले शिक्षकहरू पनि आफ्नो जिम्मेवारीमा पूर्ण लगाव हुने स्कुल व्यवस्थापकको विश्वास रहेको छ ।
खड्गबहादुर थापा मगर
(निर्देशक, सियोन स्कुल)
सियोन स्कुल २१ औं शताब्दीको समयसापेक्ष शिक्षा दिने उद्देश्यले स्थापना भएको विद्यालय हो । अहिले यो विद्यालयले स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ । नेपालमै उत्कृष्टताको विशिष्ट लक्ष्य लिएर दक्ष जनशक्ति उत्पादनका लागि स्पष्ट दर्शन लिएर अघि बढिरहेको सुविधा सम्पन्न स्कुल हो ।
विद्यार्थीको अध्ययन–अध्यापन तथा सुरक्षाका हिसाबले सम्पूर्ण सुविधा उपलब्ध भएको यस विद्यालयको भूकम्प प्रतिरोधी आफ्नै भवन छ । यातायातको पूर्ण व्यवस्था, कम्प्युटर ल्याब, साइन्स ल्याब, विभिन्न खेल खेल्नका लागि ट्रष्टसहितको खेल क्षेत्र, क्याण्टिन, अडियो–भिडियो कक्षासहितको दक्ष शिक्षक शिक्षिकाका साथै, सुरक्षा गार्ड र बालमैत्री वातावरणसहितको विद्यालय हो सियोन । २१ औं शताब्दीको समयसापेक्ष शिक्षा दिने उद्देश्य रहेको यस विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तरका लागि आवश्यक पर्ने नयाँ तथा रचनात्मक प्रयोग र प्रयासहरू गरिरहेको छ र त्यहीअनुरूप नै नतिजाहरू पनि आइरहेका छन् । जसले गर्दा पनि यहाँ अध्ययनरत विद्यार्थीहरू देशको गतिशील नागरिक बन्नेछन् भन्नेमा दुईमत छैन ।
यसरी देशको गतिशील नागरिक उत्पादनको उद्देश्यका साथ अघि बढिरहेको यस विद्यालयलाई साथ दिनुहुने स्कुलका शिक्षक शिक्षिकाहरू, हामीलाई विश्वास गर्नुहुने अविभावकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । साथै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबै तह र तप्काका महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
साथै, सरकारका सम्पूर्ण शैक्षिक निकाय तथा स्थानीय सरकार, जिल्ला, प्रदेश सरकार र सङ्घीय सरकारमा पनि सम्पूर्ण कागजी प्रक्रिया पूरा गरी समय–समयमा लागू हुने गरेका सरकारी नीति तथा कानूनलाई पूर्ण अवलम्बन गरी अघि बढिरहेको समेत जानकारी गराउन चाहन्छु । यसरी सरकारका सम्पूर्ण नीति तथा कानूनहरूलाई पूर्णरूपमा अवलम्बन गरी गतिशील, सामाजिक दायित्व र जिम्मेवारीका साथै व्यावहारिक तथा संस्कारयुक्त शिक्षा दिँदै आएको यस विद्यालयबाट उत्पादित विद्यार्थीहरू यो नगर र देशका लागि प्रभावशाली नागरिक बन्नेछन् भन्ने मैले विश्वास लिएको छु।आगामी दिनमा यस विद्यालयलाई अझ सशक्त र प्रभावकारी शिक्षा प्रदान गर्ने नमूना विद्यालयको रूपमा विकास गर्नका लागि स्थानीय सरकार, धरान नगरवासी तथा शैक्षिक संस्थाका व्यक्तित्वलगायत सम्पूर्णको अझ सहयोग र साथ रहनेछ भन्नेमा म विश्वस्त छु ।
सन्जिप बान्तवा राई
(प्रधानाध्यापक)
समाजमा नारी र पुरुष बिच हुने गरेका असमानता पछिल्लो समय हट्दै गएको छ । जुन रुपमा हाम्रो भन्दा अघिल्लो वा त्यो भन्दा अघिल्लो पुस्तामा पितृ सत्तात्मक सोच थियो त्यसको हदै सम्म अन्त भएको हामीले महसुस गरी रहँदा पनि केही अवशेषहरू समाजमा अझै पनि देखिने गरेका छन् ।
विशेषगरी सियोन स्कुलमा त्यस्तो समाजमा भइरहेको महिला र पुरुषको विभेदलाई भने धेरै हदसम्म चिरिएको छ । हामीले हरेक क्षेत्रमा महिलालाई समान सहभागिता गराएका छौं । त्यो अध्ययन होस् या अध्यापन । हाम्रो विद्यलयमा पुरुष शिक्षककोतुलनामा बढी मात्रमा महिला शिक्षिका हुनुहुन्छ । हाम्रो स्कुलमा आउनुहुने जो कोहीले महिला पुरुष भन्ने देख्नु हुन्न । सबै जना समान रुपमा काम गरिरहेका छन् । सेवा सुविधामा पनि समानता छ ।
पुरुषहरू अविश्वसनीय हुन्छन् भन्ने त हैन तर हामीले के महसुस गरेका छौं भने महिलाहरूले अवसर पाए विश्वसनीय ढङ्गबाट कुसलता पूर्वक काम सम्पन्न गर्नुहुन्छ । हामीले महिला शिक्षिकाहरूलाई विद्यालयको जिम्मेवारी बाँडफाँडमा पनि समान रुपमा जिम्मेवारी दिएका छौं । वहाँहरूले पनि कुशलतापूर्वक नै काम गरिरहनु भएको छ ।
विद्यार्थीहरूमा पनि हरेक क्षेत्रमा समान व्यवहार भएका कारण छात्राहरू विद्यालयको शैक्षिक, खेलकुद, अतिरिक्त लगायतका गतिविधिहरूमा छात्रहरूसँग समान प्रतिस्पर्धामा छन् । केही क्षेत्रमा त छात्रा नै अगाडि छन् ।
जस्तो शैक्षिकतर्फ हाम्रो विद्यालयमा छात्रहरूको तुलनामा छात्राहरू अगाडि रहेका छन् । अतिरिक्त क्रियाकलापमा पनि नृत्य, गायन, विभिन्न खाले खेलकुदहरूका साथै, विज्ञानका प्रयोगात्मक अभ्यासहरूमा पनि छात्रहरू सरह रहेका छन् । हामीले समाजमा हुने गरेको लैङ्गिक विभेदलाई विद्यार्थीहरूमा अवगत गराएर त्यसका विरुद्ध अगाडि बढ्न वा भविष्यमा त्यसलाई समाना गर्नका लागि छात्राहरूमा विशेष गरी नेतृत्व विकास, वक्तृत्व कलालगायतका कार्यक्रमहरूको आयोजना गरेर उनीहरूलाई सशक्तीकरण गर्ने गरेका छौं ।
विद्यालयभित्र बाल क्लब छ । जसको माध्यमबाट हामी लेविद्यार्थीहरूलाई समाजभित्रका कुराहरू अवगत गराउँदै आएका छौं। त्यसको माध्यमबाट हामी नेतृत्व विकास गराउँछौं । बाल क्लबको नेतृत्व महिला शिक्षिकालाई दिएका छौं । जसबाट छात्राहरुले सहज रूपमा समेटेर उनीहरुलाई अगाडि बढाउन सकिन्छ भन्नेमा हाम्रो विश्वास रहेको छ ।
सिर्जना लिम्बु
(प्राइमेरी लेभल इन्चार्ज)
हाम्रो स्कुलको सबैभन्दा राम्रो पक्ष भनेकै विभेध रहीत वातावरण हो । यहाँ काम गर्ने शिक्षक, कर्मचारीहरुमा महिलाकै संख्या धेरै छ । यसको मतलब पनि यहाँ महिलाहरुलाई विश्वास गरीन्छ भन्ने हो । हामीहरुलाई हरेक कुरामा पुरुष कर्मचारी अथवा शिक्षक सरहको व्यावहारी छ । म त के विश्वास गर्छु भने विध्यालयले महिलाहरुलाई अलि वढि विस्वास गरेको छ । यसको मतलव पुरुषलाई विश्वास नगरेको भन्ने चाही होइन् ।
शिक्षकलाई दिइने तालीम देखी लिएर तलब सेवा सुविधा का साथै महिलाहरुले पाउने विषेश प्रकारका विदाहरुमा पनि स्कुल सकरात्म छ । जस्तो हामीले पाउने सुत्केरी विदाँहरुमा विद्यालयले हामीलाई पेड लिभ को रुपमा तलब दिएर विदाँ लिने सुविधा दिएको छ । यो महिलाहरुलाई दिईएको एउटा अवसर हो जसमा पुरुष सरह इच फर इक्वेल बनेर नै काम गरीरहेका छौं ।
जहाँको बतावरण विभेद रहित छ अवस्य पनि त्यहाँ आउने विद्यार्थी अथवा जो केहीले पनि सकरात्मक सोचनै लिएर जान्छन् । जसको उदाहरण पनि हो हाम्रा विद्यार्थीहरु यहा हरेमा समानता छ । कुनैरुपमा कसैले पनि म कमजोर उ सक्षम भनेर महसुस गरेको पनि पाइदै । त्यो वातावरण विद्यालयले सिर्जना गरेको छ । हामीले छोरा र छोरी समान हुन् भन्ने कुरालाई आत्मासात गरेर समान व्यावहारी गरीनु पर्छ भन्ने कुरामा स्पस्ट छौं । कतिपय कुराहरुमा छात्रको तुलनामा हात्राहरुलाई अलि वढि महत्व दिनु पर्ने हुन्छ । जस्तो सैचालयका कुराहरु भए । महिना वारीका कुराहरु भए । यसमा हामी पनि गम्भीर छौं र विद्यालय प्रसासन पनि गम्भीर छ । छात्र र छात्रामा वरावर प्रतिस्पर्था गराइनु पर्छ र समान अवसर दिनु पर्छ यो कुराको हामीले निपूर्ण पालना गरेका छौ ।
समाजका हरेक तह र तप्कामा अझैपनि समान व्यावहार भएका छौनन् । महिलालाई समान नेतृत्वमा लगीएको छैन । कतिपय कुरामा हामी महिला आफै मनि कमजोर वनेका छौ भने , कतिपय कुरामा हामीलाई रोकीएको छ । हामी चाहन्छौ हामीबाट शिक्षा लिएर गएका विद्यार्थीहरुले त्यो सोचको अथबा त्यो घेराको अन्त गरुन । जसकालागी पुरुष सरहको नेतृत्व दायी महिला बनाउन हामी हाम्रो हात्राहरलाई कुनैपनि कुराको अवराध नहोस् भनेर हामी उनिहरुलाई नेतृत्व विकासका कलाहरुपनि सिकाई रहेका छौ । र विभेदका कुराहरु पनि सिकाई रहेका छौ । यसका अतिरिक्त यौन हिङ्सा, सारारीक र मानसीक स्वस्थ जस्ताकुराहरु पनि सिकाइरहेका छौ ।
पाईना राई
(प्री–प्राइमेरी इन्चार्ज)
हामीले समाजका विभिन्ने क्षेत्र अथवा धारहरुमा विभिन्न प्रकारका लैङ्गीक विभेधहरु देखेका छौ । कतिपय महिला आफ्नै कमजोर बनिदिनाले विभेद भोगेको देखेका छौ भने कतिपय हामीलाई कमजोर ठान्ने पितृसत्तात्मक सोचका कारण विभेध भोगीरहेको देखेका छौ । हामी हाम्रा विद्यार्थीहरुलाई भोलीको त्यो समाजका रुपमा तयार गरीरहेका छौ जुन विभेध मुक्त समाजको परिकल्पना पनि हो ।
विषेश गरी छात्राहरुमा हामी उनिहरुलाई बहादुर बन्न सिकाई रहेका छौं । उनिहरुलाई हामी कक्ष कोठा भित्र होस , या घर वा अन्य काही पनि हामी उनिहरलाई बहादुर बनाउन खोजिरहेका छौ । हामी उनिहरुलाई जुनसुकै परिस्थि तीमा पनि आफूलाई हातोत्तसाहित नगराई अगाडी बडिरहन प्ररण दिइरहेका छौ । हामी चाहन्छै कुनैपनि कुरामा उनिहरु आफैमा आत्मानिर्भर हुन । पुरुषसंग निर्भर हुने परिस्थीती नओस । मैले नेपालमा लैङ्गीक असमानताका धेरै कुराहरु देखेको छु । जसमा कपिय असमानता महिलाहरुको आत्मवीस्वासको कमीले पनि भएका छन् ।
हामीले हामा छात्राहरुमा अत्याधीक आत्माविस्वास प्रदान गरेका छौ । विद्यालयको म एक महिला शिक्षक भएकोले पनि यस विद्यालयमा असमानता देख्दीन ।बरु यहा ८० प्रतिसत महिला कर्मचारीहरु छन् । हामीहरुलाई विद्यालयले यहाँ पढाउने पुरुष सरहको समान अवसर दिएको छ ।
म इन्डोनेशियन हु । नेपालमा महिलाहरुका लागि धेरै संस्कारहरु छन् । जसमा असमाातापनि छन् । विवाहित महिला बुहारी हुन्छे त्यहाँबाट नै उ घर भित्रमै सिमीत हुन्छे । छोरीहरुलाई त्यसरी नै हुकाईको धेरै पाएको छु । तर, इन्डोनेशीयामा यो फरक छ । त्यहाँ श्रीमान र श्रीमती दुबै बराबर हुन्छन् । दुबैले घर भित्र र बाहिर समानरुपमा काम गर्छन् ।
अंशु मगर, (कक्षा ९–ए)
हाम्रो स्कुलले छात्राहरूलाई अलि बढी ध्यान दिएको छ । हामीलाई स्कुलमा हुने हरेका क्रियाकलापहरूमा समान सहभागी गराएको छ । हामीले पनि स्कुलले दिएको अवसरलाई राम्रोसँग उपभोग गरेका छांै । मैले स्कुलको प्रतिनिधित्व गर्दै विभिन्नखाले डान्स प्रतियोगितामा भाग लिने मैका पाएकी छु । हाम्रो स्कुलमा डान्स सिकाउनका लागि पनि म्याडम हुनुहुन्छ । त्यसले गर्दा पनि हामीलाई सजिलो भएको छ । स्कुलमा गीत गायन प्रतियोगिता हुन्छ । यहाँ समय समयमा वक्तृत्वकला हाजिरी जवाफ आदि प्रतियोगिता हुन्छन् । विभिन्न खेलहरू पनि हुन्छन् । त्यसमा छात्रा र छात्रका छुट्टाछुट्टै टिमहरू छन् र समानरूपमा सहभागी हुन्छन् ।हरेक विद्यार्थीमा फरक फरक प्रकारका प्रतिभा हुन्छन् । स्कुलले उनीहरूलाई प्रोत्साहान गरेको छ । हामीलाई अन्तर स्कुल स्तरीय, स्थानीय तथा विभिन्न खेलहरूमा स्कुलले छात्रसरह सहभागी गराइरहको छ ।
राजसी राई, (कक्षा ९–ए)
हामी जस्ता युवतीहरूले महिलाअधिकारका हुराहरू बुफ्न जरुरी हुन्छ । हामीले कहिलेकाहीँ महिला र पुरुष भनेर समाजमा हुने विभेदहरू देखेका छौं । ८ मार्चले हामीलाई महिला अधिकार भनेको के हो भन्ने उत्सुकता पैदा गरिदिएको हुन्छ । त्यो उत्सुकतको जवाफ हामीले स्कुलमा पाएका छांै । हामीले सुने अनुरूपको असमानता हाम्रो समाजमा हामी आफैले अहिले नै देखेका त छैनौ तर पछि भविष्यमा रोजगारमा, व्यवसायमा बाटोमा, परिवारमा जताततै जो कोहीले पनि गर्न सक्छ भनेर हामीलाई सर, मिसहरूले भन्ने गर्नुहुन्छ । त्यसको प्रतिरोध शिक्षा, सीप र सङ्र्घषसहित आत्मविश्वासले गर्ने हो । त्यो भनेको हामी शिक्षित हुनुपर्छ, हामीमा पनि पुरुष सरह नेतृत्व विकासका सीपहरू हुनुपर्छ। अप्ठ्यारोमा पनि अघि बढिरहने क्षमता पनि हुनुपर्छ । त्यसका लागि चाहिने आत्मविश्वास दह्रो हुनुपर्छ । हामो विद्यालयमा पुरुष र महिलामा विभेद छैन । समानरूपमा अवसर र प्रतिस्पर्धा रहेको छ ।
प्रियाना राई, (कक्षा ९–ए)
हाम्रो स्कुलले छात्राहरूलाई अलि बढी जोड दिने रणनीति अपनाएको रहेको छ । हामीलाई विद्यालयका हरेक कार्यक्रमहरूमा सहभागी गराइन्छ । हामीले पनि भाग लिँदै आएका छौं । विद्यालयले गरेको त्यो प्रोत्साहनले कति छात्राहरूको वक्तृत्व कला र व्यक्तित्व राम्रो भएको छ । उनीहरू विभिन्न खाले कार्यक्रमहरू सञ्चालन गर्न गर्न सक्ने भएका छन् । कुनै पनि कुरामा बहस, विचार विमर्श गर्न सक्ने भएका छन् । कतिपय छात्राहरू अतिरिक्त क्रियाकलापमा सक्रिय छन् । मेरै कुरा गर्दा म कक्षाको तेस्रो हुँ । मलाई लाग्छ म पढ्नमा राम्रो गर्दै आएकी छु ।
हामीले समाजमा महिला हिंसाका धेरै घटनाहरू देखे सुनेका छौं ।स्कुलले हामीलाई समाजमा त्यस्ता घटनाहरूसँग लड्न सिकाए जस्तो लाग्छ ।
प्रची लिङ्खा, (हेड प्रिफेक्ट कक्षा ९–ए)
विद्यालय शुरु हुनुभन्दा अगाडि प्रार्थना सभा (एसेम्बली) मा प्रत्येक कक्षाको तर्फबाट हामीले आना प्रतिभाहरू देखाउनुपर्ने हुन्छ । जसले हामीलाई बाहिर अन्य ठाउँहरूमा समुदायमा बोल्दा वा आनो प्रतिभा देखाउँदा आइपर्ने समस्यामा आत्मविश्वासको कमी हुन पाउँदैन । हामीले विद्यालयका हरेक क्रियाकलापहरूमा पूर्ण रूपमा सक्रिय भएर भाग लिने गरेका छौं । हरेकमा छात्रहरूकै समानतामा प्रतिस्पर्धी पनि भएका छौं । कतिपय कुराहरूमा त हामी उनीहरूभन्दा अगाडि छौं । हाम्रो कक्षामा त छात्राहरू नै धेरै कुरामा अगाडि छौं । छात्रहरू मध्यम तहका मात्र छन् । समान अवसर र प्रतिस्पर्ध गर्न पाइयो भने छात्राहरू छात्रभन्दा पनि अगाडि आउन सक्छन् भन्ने उदाहरण पनि हामीले दिएका छौं । कतिपय ठाउँहरूमा छोरी भएकै कारण हाम्रै उमेरका साथीहरूले पनि पढ्ने अवसर पाउनु भएको छैन भन्ने समाचारहरूमा सुनेका छांै । सबै बालिकाहरूलाई शिक्षाको अवसर प्रदान गर्नुपर्छ अनि मात्र महिला सक्षम बन्छन् ।
सिर्जना लिम्बू (कक्षा १०)
८ मार्चलाई विश्व महिला दिवसको रूपमा मानिदै आएको छ । विश्व महिला दिवस मानिनुका धेरै कारणहरू हामीले सुनेका छौं। तीमध्येको प्रमुख कारण भनेको महिला र पुरुषमा हुने असमानता हो भन्ने कुरा हाम्रा शिक्षक शिक्षिकाले हामीलाई बताउँदै आउनु भएको छ । खासगरी महिला दिवसमा महिलाहरू पुरुष सरहको समान हक पाउनुपर्छ भनेर मान्ने गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवस मान्नुभन्दा अगाडि युरोप तथा अमेरिका जस्ता देशहरूका महिलाहरूले पनि पुरुषहरूले पाउने धेरै अधिकारहरू नपाइरहेको हामीले किताबहरुमा पढेका छौं । महिलाहरूलाई दोस्रो दर्जाका नागरिकका रूपमा हेरिएको हामीले पढेका छांै । उनीहरूमाथि दमन र अत्याचार गरिनुका साथै अत्यधिक रुपमा यौन जन्य हिंसा गरिएका कुराहरू पनि हामीले सुनेका छौं । महिलाहरूलाई कुनै पनि काममा लगाइँदा उस्तै काम गर्ने पुरुष बराबरको ज्यालासमेत नदिएको हामीले सुनेका छांै । यस्तै असमानताका विरुद्धमा समानताको आवाज बढाउन नारीदिवस मनाउने गरिएको हो ।
निनाम्मा थुलुङ राई, (कक्षा ९–ए)
हाम्रो स्कुलले सबैलाई समान व्यवहार गर्छ । हामी केटीहरूले केटाहरूसंँग हरेक क्षेत्रमा समान रूपमा प्रतिस्पर्धा गर्न पाएका छौं । हरेक क्रियाकलापमा सक्रिय सहभागी हुन पाएका छांै । त्यसैले स्कुलभरि नै हामी केटीहरू पढाइमा अगाडि छांै । स्कुलले प्रत्येक दिन प्रोत्साहन दिनेपुरस्कार दिने कार्यक्रम गर्ने गर्छ । स्कुलका साथीहरू स्काउटमा पनि आबद्ध छन् । शैिक्षक भ्रमणहरूमा पनि केटाहरू सरह लिएर जाने गरेको छ । विभिन्न स्कुलहरूसँग हामीलाई सेमीनारमा लाने गरेको छ । साथै विभिन्न कुराको बारेमा एक आपसमा छलफल गर्ने र स्कुलका शिक्षकहरूले उक्त कुरामा परामर्श दिने हुनाले समाज तथा विभिन्न क्षेत्रका विषयमा पनि ज्ञान लिन पाउनुका साथै सकारात्मक र नकारात्मक कुराहरूलाई छुट्याई आफूलाई आवश्यक कुरा लिन सिकेका छौं ।