सामान्य मान्छेले बुझ्ने भाषामा भन्नुपर्दा लिम्बू र राई समुदायले प्रेमपूर्वक छातीमा लाउने मौलिक ब्याचलाई सिलाम साक्मा भनिन्छ । सिलाम साक्मा प्रयोगको कोणमा हेर्दा लिम्बू र राईको सांस्कृतिक बिम्ब हो । यसको बहुआयामिक महŒवको कोणमा भने सिलाम साक्मा नेपालको अत्यन्तै अमूल्य सांस्कृतिक निधि हो । नेपाल भित्र पनि प्रदेश १ को विश्व स्तरीय सांस्कृतिक ब्रान्ड हो सिलाम साक्मा ।
दुनियाँमा धेरै संस्था, दलदेखि कार्यक्रमहरूका आफ्ना आफ्ना ब्याच हुन्छन् । सामान्यतया ती ब्याचको अर्थ औपचारिकताको लागि हुन्छ । सिलाम साक्मा ब्याचको अर्थ भने एउटा औसत ब्याचको भन्दा माथि छ । प्रयोगका विविधताका आधारमा सिलाम साक्मालाई हामीले औसत ब्याच भन्दा धेरै माथिको सांस्कृतिक बिम्बको रूपमा मान्ने आधारहरू छन् । नामबाटै कुरा गरौँ, सिलाम साक्मा तीनवटा भिन्नभिन्न अर्थ बोकेका शब्दको संयोजन मिलेर बनेको छ । लिम्बू भाषामा‘सि’को अर्थ मृत्यु हो । ‘लाम्’को अर्थ बाटो हो । ‘साक्मा’को अर्थ छेक्नु वा थुन्नु हो । यसरी मृत्यु छेक्नेबाटोको रूपमा शाब्दिक अर्थ बोकेको छ सिलाम साक्माले ।
यो लाएपछि मृत्यु छेकिने वा महामारीबाट अकालमृत्युबाट जोगिने लिम्बू जातिको विश्वास रहिआएको छ । लिम्बू जातिले मृत्यु छेक्ने अस्त्र मानेको सिलाम साक्मा एक दन्त्य कथासँग जोडिन्छ । यो स्तम्भकार जन्मिहुर्केको तेह्रथुमतिरको एक मिथक अनुसार उहिल्यै एकपटक सावा यन्हाङकोे गाउँमा महामारी फैलियो । अनेकौँ उपायहरूले पनि महामारीबाट पार पाउन नसकी दिनरात मानिसहरू मरे । तीमध्ये केतिन्हाङ्बा र केतिन्हाङ्माका छोरा–छोरीहरू धेरै मरे ।
ती दम्पतीलाई आफ्नो वंश नै मासिने पो हो कि भन्ने घोर पिर प¥र्यो । महामारीबाट बच्ने उपायका लागि आशाका साथ उनिहरु सोधुङगेन लेप्मुहाङ कहाँ पुगे । उनीहरूले महामारी बाट बाच्ने र बच्ने तरिका सोधे । सोधुङ्गेन लेप्मुहाङले ध्यानपूर्वक उनीहरूको बिन्ती सुनेपछि वचन दिँदै भने, ‘ठिकै छ एक शुभदिन पारी म तिमीहरूको घरमा फेन्जिरी फेन्दसाम्ब र उनका चेला फेन्जिहाङ्बा फेदाङ्बालाई पठाउँछु । त्यसपछि सम्पूर्ण समस्या सामाधान हुनेछ । तिमीहरु ढुक्क वएर घार जाओ ।’ केही दिनपछि फेन्जिरी फेन्दसाम्बा र उन्का चेला फेन्जिहाङ्बा पीडित दाम्पतीको घरमा पुगे र घरको चुलामाथिको साराङ (काल्लाङम) मा अडिएर बसे ।
ती गुरु–चेलाले महामारीबाट हुने मृत्युलाई रोक्न सबैखाले कार्यहरू गरे । फेदङ्बा फेन्जिरी फेन्दसम्बाले दुईवटा मुक्तो (घुङरीङ) को डन्डी खुर्केर दुवै छेउमा फुर्को निकाले र दुवै डण्डीलाई जोडी पारी मेरिहेम्बाङ खि ? (रङ्गीचङ्गी धागो ) ले नौ फन्को बाँधी त्यसपछि मुक्तोको केही लामो डन्डीलाई साथैमा बाँधे । यसरी सर्वप्रथम उनीहरूले सिलाम साक्माको आविष्कार र प्रयोग गरे । उनीहरूले सिलाम साक्मालाई मिक्सुइ थेगक्पा लाम चुलामाथि साराङ (काल्लाङ्म ) मा मुन्धुमको मन्त्र जपी गाडीदिए । यो कार्य गरी ती गुरु–चेला तल चुलो भएको ठाउँमा झरे । चुलोमा पनि मुन्धुमको मन्त्र जपी धागो र मन्त्रको चाबी त्यहीँ गाडीदिए । यसरी त्यसबेलादेखि सिलाम साक्मा आर्थत् मृत्युको बाटो छेक्ने मन्त्रजपित त्यस साधनलाई अनिवार्य रूपमा तङसिङ अनुष्ठानहरूमा प्रयोग गरिदै आइयो ।
सिलाम साक्माको प्रयोग र अपनत्व बढ्दै
घरमा सजाउन पोस्टर तथा फोटो फ्रेमको रूपमा सिलाम साक्माको प्रयोग बढ्दो क्रममा छ । विभिन्न साहित्यिकदेखि सांस्कृतिक तथा राजनीतिक कार्यक्रमममा ब्याच बनाएर लाउनेआदि कार्यमा सिलाम साक्मा प्रयोग हुन्छ । लिम्बूका मौलिक चाडवाडमा सिलाम साक्मा अनिवार्य नै हुन्छ । त्यसको लागि बाँसको सिलाम साक्मा बनाइन्छ । बाँसको बनाउँदा खिपेर बनाइन्छ । दैनिक जीवनमा प्रयोग हुने सिलाम साक्मा भने धागोबाट बन्छ । सिलाम साक्मा बनाउने धागो सात वा नौ रङ्गको बिजोर हुनुपर्ने नियम भएको सिलाम साक्मा बनाउने तेह्रथुमकी मनिषा लिम्बू बताउँछिन् । लिम्बूका अनुसार सात भन्दा थोरै र नौ भन्दा धेरै धागोबाट सिलाम साक्मा बनाउने प्रचलन छैन ।
सातदेखि नौ रङ्गको धागो बनाउँदा कालो रङ्ग भने वर्जित छ । कालोबाहेक जुनसुकै रङ्ग प्रयोग गर्न सकिने मनिषा बताउँछिन् । सातदेखि नौ रङ्गको धागो भेला पारेर बाँसको भाटा प्रयोग गरेर हातैले सिलाम साक्मा बनाइन्छ । अहिलेसम्म सिलाम साक्मा बनाउने मेसिन बनेको छैन । अर्थात् सिलाम साक्मा पूर्णत ः हस्तकलाले सिर्जित सांस्कृतिक बिम्ब हो ।
यसको प्रयोग बढ्दो क्रममा छ । सिलाम साक्माको सांस्कृतिक प्रयोगमा मन्त्रीदेखि मार्केट सम्म मोह देखिन्छ । प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोले आफ्नो सपथग्रहण समारोहमा सिलाम साक्मा लाएर उभिए । यस्तै, पत्रकार भैरव आङ्लाले गतवर्षको दीपावलीमा सिलाम साक्माको रङ्गोली बनाएका थिए । धराने गाीतकार मिना सङ्घकले सिलाम साक्मा प्रिन्ट भएको टि सर्ट लाउँदै आएकी छिन् । यति मात्रै हैन गायक प्रमोद खरेल, महानायक राजेश हमाल समेत सिलाम साक्मा ब्याचमा धेरै स्थानमा सार्वजनिक रूपमा देखिँदै आएका छन् । कमेडी च्याम्पियनका टप तीनमा परेका इटहरीका सुमन कोइराला पनि इटहरीमा भएको पछिल्ला कार्यक्रमहरूमा सिलाम साक्माको ब्याजमा देखिए ।
सिलाम साक्माको प्रयोगसँगै प्रतिमा निर्माणको काम समेत अगाडि बढेको छ । उत्तरी मोरङको मिक्लाजुङ गाँउपालिका–४ मा ७ फिट उचाइ र ४६ फिट गोलाइको सिलाम साक्माको प्रतिमा बन्दैछ । पूर्ण लावतीको अध्यक्षतामा बनेको निर्माण समितिले धमाधम काम गरिहेको छ । यस हिसाबमा सिलाम साक्मा निर्विवाद प्रदेश १ को साझा मौलिक सांस्कृतिक सम्पत्ति भएकोमा कुनै शङ्का रहेन । यसको निरन्तरता, व्यापकता र व्यवसायिकतामा सबैले सकेको योगदान गर्न आवश्यक छ । नेपालको पर्यटनका सांस्कृतिक चर्चित सांस्कृति बिम्बहरू कममात्रै भएको प्रदेश १ लाई सिलाम साक्मा विदेशी पर्यटकहरूलाइ बेच्ने एक प्रडक्ट बन्न सक्छ । जसरी थाङ्काले बजार पाएको छ । ठिक त्यसैगरि सिलाम साक्मालाइ पनि विश्व बजारमा बेच्न हामीले यसको महŒव बुझाउन आवश्यक छ ।
सिलाम साक्मालाई युनेस्कोको ‘इन्टेन्जीबल कल्चरल हेरिटेज’मा पुर्याउने अभिभारा
हामीलाई युनेस्कोले सुचिकृत गर्ने वल्ड हेरिटेज अर्थात् विश्व सम्पदा सूचीको बारेका थाहा छ । नेपालका सात विश्व सम्पदा सूचीका बारेमा क्षेत्र भएको विद्यालयतहदेखिकै जानकारी भएकाले हामी यस बारेमा जानकार छौँ । चाँगुनारायण मन्दिर, बसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्वायर, पाटन दरबार स्वायर, बौद्ध, स्वयम्भुनाथ, सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज हाम्रा विश्व सम्पदा सूचीमा सुचिकृत स्थानहरू हुन् । यद्यपि, युनेस्कोकै अर्को विश्व सम्पदा सूचीको लिस्ट छ । इन्टेन्जीवल कल्चरल हेरिटेज अर्थात् अमूर्त सांस्कृतिक सम्पदा । यो सूचीमा नेपालबाट केही पनि सूचीकृत भएको छैन । लोककथा, भेषभुषा, आस्था, चालचलन, ज्ञानदेखि भाषाहरू यस सूचीमा समावेश हुन्छन् ।
भारतबाट योगदेखि कुम्भमेला समावेश भएको सूचीमा थाइल्यान्डबाट प्राचीन थाइ मसाज समेत समेटिएको छ । तर, नेपालबाट भने केही पनि समेटिएको छैन । सिलाम साक्माको मिथक, प्रयोग, सांस्कृतिक ऐतिहासिकता देखि व्यावहारिकता सबैको स्तरिय कन्टेन्ट निर्माण गरेर हामी यो सूचीमा दाबी प्रस्तुत गर्न सक्छौँ । यत्ति गर्न सकिएमा हाल सगरथामा राष्ट्रिय निकुन्जको रूपमा रहेको प्राकृतिक विश्व सम्पदामा सिलाम साक्मा जस्तो मानव निर्मित अमूर्त विश्व सांस्कृतिक सम्पदा थपिनेछ । यसले प्रदेश १ को सांस्कृतिक पहिचानदेखि पर्यटन ब्रान्डमा विश्वको ध्यान खिच्नेछ । नेपाल विश्वभन्दा अलग भएको जमानाका पुर्खाले आविष्कार र उपयोग गरे सिलाम साक्माको । आज विश्वभर छाएका ऊर्जावान् तथा क्षमतावान् नयाँ पुस्ताले यसलाई युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदाको रूपमा कम्तीमा नोमिनेसन सम्म पु¥याउन सक्छ । ।
(लेखक पर्यटन पत्रकार महासङ्घ प्रदेश १ समिति अध्यक्ष हुन्)