धनकुटा / कोरोना भाईसलाई नियन्त्रण गर्न लकडाउन भैरहेको अवस्थामा धनकुटामा दैनिक उपभोग्य सामाग्रीहरुको आपूर्ती व्यावस्थित गरी सहज रुपमा विक्रि वितरण गरी उपभोक्ताहरुलाई उपलब्ध गराउन छलफल भएको छ ।
धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी र प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीविच जिल्ला प्रशासन कार्यालय धनकुटामा यस विषयमा छलफल भएको हो ।
छलफल पछि दैनिक उपभोग्य समाग्रीहरु आयात गर्नका लागी ढुवानी गर्ने कार्यलाई व्यवस्थित गर्नका लागी खाद्यान्न बोकेका सावारी साधनहरुलाई निर्वाध रुपमा संचालन गर्न दिने सहमती भएको छ । त्यसैगरी किराना,औषधी लगायतका दैनिक उपभोग्य समाग्रीहरुका पसल खुल्ला गरी विक्रि वितरण गर्नका लागी सवैले सहयोग गर्नेलगायतका विभिन्न विषयमा छलफल गरी धनकुटामा आपुर्ती व्यवस्थापन अझ सहज बनाउने प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले ब्लाष्ट खवरलाई जानकारी दिएका छन् ।
धनकुटामा ग्यास, पेट्रोलियम पर्दाथ, औषधीलगायत अति आवाश्यक दैनिक उपभोग्य वस्तुहरुको आपुर्तीमा विशेष ध्यान दिई सहज रुपमा उपलब्ध गराउन आवाश्यक व्यवस्था समेत गरिने प्रजिअ विमलीले वताएका छन् । सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव रामवहादुर गोङ्वा तामाङ्गलगायतका पदाधिकारीहरुले जिल्ला खाद्यान्न आपुर्तीका व्यावस्थालगायत दैनिक उपभोग्य सामाग्रीहरुको अवस्थाको वारेमा धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमली र जिल्ला प्रशासन कार्यालय धनकुटका सूचना अधिकारी जयराम श्रेष्ठलाई जानकारी गराएका थिए ।