आहा चित बुझदोे आर्शिवाद, दीर्घायु भवः । यो शब्दले हामी सबैको ह्दय, मन तथा आत्मालाई छुने गर्छ । मानव जीवनको सबैभन्दा महत्वपूर्ण अंश मध्ये आशिष पनि एक हो । के शरीरले जीवित राख्नु नै जीवन हो ?
जब हामीलाई कसैले दीर्घायु हुनु भन्ने आशिष दिनुहुन्छ, कतिलाई त्यो क्षणले आनन्दित तुल्याउँछ भन्ने कतिलाई अपहेलित जस्तो पनि लाग्न सक्छ, किनकि त्यो व्यक्ति चाहन्छ पहिले तँ सोध्नु म कसरी बाँचिरहेको छु । यस्ता आर्शिवाद दिएर किन मेरा पुरानो घाँउ खोताल्दै हुनुहुन्छ । मेरो दिनचर्या कसरी व्यत्तित भइरहेको छ, तपाईलाई के थाहा ? तर यो सब कुरा आशिर्वाद दिने व्यक्तिलाई भन्न सकिदैन । आशिर्वाद दिने व्यक्तिको सोच सत्य थियो । दिने व्यक्तिलाई यही लाग्न सक्छ की लामो आयुको आशिर्वाद भन्दा उत्कृष्ट आशिर्वाद केही हुन सक्दैन् । आशिष लिने व्यक्तिको सम्पर्क सधैं दिने व्यक्तिसंग हुन्छ, अन्तर मनमा चलिरहेको मनसाय संग त कुनै सरोकार नै हुदैन तसर्थ उसको जीवन कसरी चलिरहेको छ भन्ने अवगत हदैन् ।
मिठो भोजको लागि, असल वस्त्रको लागि, सुविधाको सामग्री उपभोग गर्नको लागि, इन्द्रीय सुखको लागि, के का लागि ? सुविधासम्पन्न जिवन मनको शान्तिको लागि आवश्यक हुन सक्छ । आधुनिक सभ्यतारुपी समाजमा धनको अपरिहार्यतालाई नकार्न पनि सकिन्न । धनले मनको लागि भोजन तयार गर्न सकिदैन् । मनको भोजन व्यक्तिगत रुचि तथा छनौटको विषय हो ।
वैदिक कालमा सनातन परम्परा अनुसार दीर्घायु भवः हुनुको तात्पर्य शरीरको आयु लामो होस् भन्ने निश्चित थिएन होलान् । अमर हुनुको अर्थ शरीरलाई अमर वनाउने होइन अपितु आफ्नो कर्मको माध्यमले सुक्ष्म शरीरको रुपमा सशरीर उपस्थित नभई आफनो अस्तित्वलाई मनुष्यको मानसपटलमा उपस्थित गराउनु अमरत्व हो ।
कानमा ‘लामो आयु होस’ भन्ने शब्द गुन्जायमान हुने वित्तिकै मनमा प्रश्न उब्जिन्छ– के गर्नु लामो आयु पाएर ? मिठो भोजको लागि, असल वस्त्रको लागि, सुविधाको सामग्री उपभोग गर्नको लागि, इन्द्रीय सुखको लागि, के का लागि ? सुविधासम्पन्न जिवन मनको शान्तिको लागि आवश्यक हुन सक्छ । आधुनिक सभ्यतारुपी समाजमा धनको अपरिहार्यतालाई नकार्न पनि सकिन्न । धनले मनको लागि भोजन तयार गर्न सकिदैन् । मनको भोजन व्यक्तिगत रुचि तथा छनौटको विषय हो ।
कुनै अरबपति ऐश्वर्य छोडेर गरीब बालबालिकाको आँखामा आफ्नो अस्तित्वलाई खोज्न मन पराउन सक्छ, कसैलाई सगरमाथाको चुचुरोमा पुग्नमा आनन्द आउन सक्छ, कसैलाई पर्यावरण बचाउने अभियानमा आफ्नो योगदान दिएर आनन्द आउँछ, कसैलाई आफ्नो जीवनको सम्पूर्ण पुँजी कुनै प्रिय व्यक्तिमा लगाउनमा आनन्दको अनुभूति हुन्छ । मानसिक शान्ति तथा सन्तुष्टिको लागि व्यक्ति पिच्छै फरक फरक धारणा तथा कारण हुन सक्छ ।
दीर्घायु भवःको आर्शिवाद दिने की दीर्घायु हुने साधन तथा सार्थक जीवनको दिने, यो सोचनिय विषय हो । दीर्घायु हुनु भन्दा महत्वपूर्ण हो जीवन गुणवत्तामय होस् । सुख नभए पनि सन्तुष्टि होस् । ऐश्वर्य नभए पनि परिपूर्णता होस्, सम्पूर्णताको भाव होस् । जसले पनि यो आशिर्वाद पाउन, उसलाई लागोस् की सार्थक वचन उपहार स्वरुप पाए ।
हामी कसैलाई केही भेंट, उपहार वा आशिष दिन्छौं, त्यो समय लिने व्यक्तिको अवस्था, परिस्थितिबारे मध्येनजर गर्र्दैनौ । जसले उपहार स्वीकारने व्यक्तिको मनमा धर्म संकट उत्पन्न हुनु जान्छ । यस्तो अवस्था हामी सबैसँग कुनै न कुनै समयमा पक्कै भएको हुन सक्छ । व्यवहारिक व्यक्ति यसलाई सामान्य उपहार साटासाटको रुपमा लिन्छ भन्ने सोचनिय व्यक्ति यसको गहिराईमा पुगेर चिन्तन मननका साथ मनको सतहमा पुग्ने प्रयास गर्दछन् । यसको सकारात्मक पक्ष यो छ की जे भन्छ, त्यही सुन्ने र जे सुनियो, त्यही बुझनु पर्यो ।
वर्तमान परिप्रेक्ष्यमा सम्वादमात्र बोल्नुमा सिमित हुन पुगेको छ । त्यो पनि एक तर्फ बार्तालाप जस्तो, अरुको सुन्ने विना, अरुले बोलिराख्दा विचमै कुरा काट्ने । सुन्नुको अर्थ टाउको हल्लाउनु मात्र होइन, अर्थको भाव र गहनता बुझनु हो, पात्रको सम्बन्ध बुझनु हो । यदि समाजमा यस्तो सम्वादको क्रम चलिर्हयो भन्ने बोल्ने, सुन्ने र बुझनेको सार्थकता नै हराएर जानसक्छ वा सार्थक विमर्श गीताको अध्याय पनि संकुचित हुन्छ ।