विवेक मिश्र- विश्वका अधिकांश मुलुकहरू कोरोना भाइरसका महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । कोरोना भाईर संक्रमणको जोखिम बढेसंगै नेपाल लकडाउन भएको आज तेह्र दिन बितेको छ । यस भाइरसको जोखिमको कारण अन्य क्षेत्र जस्तै संचार क्षेत्र पनि प्रभावित बनेको छ । विभिन्न पत्रपत्रिकाको प्रिन्ट संस्करण बन्द भए संगै अनलाईन संचार माध्यममा जोडिएका पत्रिकाहरुले अनलाईन मार्फत सुचना प्रवाह गरिरहेका छन् भने रेडियो र टेलिभिजनले जोखिमको विचवाट निरन्तर सुचना प्रवाह गरिरहेको छन् । बिभिन्न कार्यक्रम तथा अन्य गतिविधीमा सहभागी भईराख्नुपर्ने पत्रकार लकडाउनको समयमा घरमै बस्नुपर्दा कसरी दिन बिताईरहेका छन् यसै विषयमा मोरङका मोरङका पत्रकार यसो भन्छन्

लिलावल्लभ घिमिरे- लक डाउनको मैले पूर्ण रुपमा पालना गरेको छु । डक डाउनका १३ दिनमा मुख्यमन्त्री कार्यालयमा बोलाएको एउटा बैठकमा एक पटक सहभागि हुन गएको थिए । अरु कुनै समय घर भन्दा वाहिर निस्केको छैन ।

यो समयलाई परिवार संग रमाउने सवै भन्दा वढि उपयुक्त हो जस्तो लाग्छ । घरमा श्रीमती, म र छोरी छौं । खानपानमा भन्दापनि यो समयलाई कसरी वढि उत्पादक मुलक बनाउन सकिन्छ भन्ने छलफल गरी रहन्छौ । मोवाइल र सामाजिक सञ्जाललाई सकभर कम समय दिने प्रयास गरी रहेको छु । चेस, ब्याड मिन्टन जस्ता खेल बेला बेला खेल्छौं भने छोरीलाई व्यवाहारीक ज्ञान दिन दैनिक रुपमा छोरीको एउटा भिडियो फेस बुकमा हाल्ने गछौं । सवै भन्दा वढि समय श्रीमतीले तयार पारेको कौंसी खेतीमा विती रहेको छ । त्यसका साथै नजिकै रहेको बारीमा तरकारी लगाउने काम गरी रहेका छौं ।

पर्यटन यात्राका लागि घरैमा बसेर बेला बेला न्युज अपलोड गर्ने काम गरी रहेको छु । लेख लेख्ने, साजिक सञ्जालका अलवा एउटा भारतीय न्युज पोर्टल नियमित गर्ने गर्छु ।

विवेक गौतम- लकडाउन सुरु भएपछि हाम्रोमत दैनिकको छापा प्रकाशन बन्द गरि अनलाईन हाम्रोमत डटकममार्फत निरन्तर सुचना प्रवाह गरिरहेका छौं । लकडाउनपछि अधिकांश समय घरमै वितेको छ । घरबाटै काम गरिरहेको छु । जिल्लाहरुबाट आएका पत्रकार साथीहरुका गुनासा र समस्या समाधानको पहल यहिँबाट गरिरहेको छु । लकडाउनको कारण समस्यामा परेका सञ्चार माध्यम र सञ्चारकर्र्मीको लागि राहतको प्रबन्ध गर्न सरकारलाई घच्घच्याएका छौं । म १२ दिनको अबधिमा अत्यावश्यक काममा ४ पटक मात्र बाहिर निस्किएको छु । घरबाटै अफिसको काम गर्ने र बाँकी समय परिवारसँगै वित्ने गरेको छ । जोखिमको यो समयमा सबैले सचेत र सतर्क भएर आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ । लकडाउनलाई कडाईकासाथ पालना गर्नुको हामीसँग विकल्प छैन ।

विक्रम निरौला- लक डाउनको यो अवधिमा अधिकांस समय घरमै बसेको छु । घरमा बसेर समचार र साथिभाई अनि आफन्तबारे अपडेट हुने । पत्रिका प्रकाशन स्थगन भए पनि रेडिओ टेलिविजन सुन्ने र हेर्ने गर्दै छु । परिवारसग बसेर मनोरंजन गर्ने। घरमै खेल्न सक्ने मनोरंजनमूलक खेल खेल्दै बिताउने गरेको छु । कोरोना बारे सचेत हुदै बिहान बेलुका घर नजिकै चोकमा तर्कारी लिन जाने गरेको छु । सथिसग भेट हुदा सोसीयल डिस्टेन्स कायम राखेर कुर गर्ने गरेको छु ।

बन्धु पोख्रेल- कोरोना भाइरसका कारण लकडाउन सुरु भएपछि घरमै बसेको छु । अरु बेला यति लामो समयसम्म घरमा बसिएको थिइनँ । मैले साना दुई छोरी तथा परिवारसँग समय बिताउन पनि खासै पाएको थिइनँ । कोरोनाले गर्दा यो अवसर जुटेको छ । सञ्चारकर्मी र सँगसँगै पत्रकार महासंघको जिल्ला नेतृत्वमा भएका कारणले पनि घरमै लकडाउन भएर बस्न नपाइने रहेछ । विभिन्न भेला बैठक तथा अन्य कामका लागि बोलावट हुन्छ । यस्तो बेला जानु कि नजानु द्विविधा हुँदो रहेछ । जे भए पनि यतिखेर हामी इतिहासमै नपाएको फुर्सदको अवस्थामा छौं । तर, मलाई समय कसरी कटाउने भन्ने अवस्था अहिलेसम्म परेको छैन । यो बीचमा बीआर चोपडाले बनाएको महाभारत यूट्युबमा हेर्दै छु । काव्य रचनामा महाभारत बराबरको ग्रन्थ अरु छैन जस्तो लाग्छ । प्रत्येक सम्वाद अर्थपरक लाग्छन् । मन परेको सम्वाद दोहोरोएर, तेहेराएर हेर्दा महाभारत हेर्ने काममा मेलो अलिक सरेको छैन । तर, लकडाउनको घोषित मितिसम्म महाभारत हेरिसक्ने मेरो योजना भएकाले अन्य कुनै काम–पुस्तक पढ्ने, सिनेमा हेर्ने काम भएको छैन । यद्यपि यो बीचमा एउटा इरानी फिल्म–टेस्ट अफ चेरी हेरेँ । निर्देशक अब्बास किरोस्टमीले पूरै फिल्म एउटै पात्रमा केन्द्रित गरेर बनाएको मलाई गज्जब लाग्यो । हेर्न सुरु गरेपछि छोड्न नसेकाले यो फिल्म कतिखेर सकिएछ मैले पत्तै नपाई हेरेछु । चाहे महाभारत हेरुँ या फिल्म वा पुस्तक नै पढूँ यी पनि काम नै हो जस्तो लाग्छ । त्यसैले लकडाउन भने पनि जे भने पनि आफूलाई अझै पनि फुर्सद भन्ने पटक्कै छैन जस्तो भा’छ ।

कुमार लुईटेल- म घरमै बसेर लकडाउनको पालना गरिरहेको छु । तर समाचार सम्प्रेषणको काम पनि रोकेको छैन । आवश्यक सूचना अनलाइन कुराकानी, टेलिफोन, भिडियो कल र इमेलमार्फत प्राप्त गरिरहेको छु । म अनलाईन मिडियाको पत्रकार भएकोले अति आवश्यक पर्दा जम्मा दुईपटक समाचार संकलन,फोटो र भिडियो खिच्न घरबाट बाहिर निस्किएं । अहिले स्वास्थ्यको ख्याल गर्दै सुरक्षित भएर काम गर्नुपर्ने अवस्था छ ।

हरि कोइराला- घरमै बसेर समाचार रिपोर्टिङ गर्दै आफैले सञ्चालन गरिरहेको अनलाइन पत्रिकामा समाचार पोष्ट गरिरहेको छु ।वन्दाबन्दी समयको सुरुवाती ४ दिनमा हामी दम्पती ९श्रीमती बिमला ०भएर बाख्राको खोर निर्माण गर्यौं । १० वटा बाख्राका लागि ब्यवस्थित खोर बनाइसकेपछि घर वरपर सरसफाइ र बाख्राका लागि वहुवर्षीय घाँस रोप्यौ । म पत्रकार ,श्रीमती सिलाई ब्यवसाय गर्ने भएकोले छोराछोरी समेत समय दिन सकेका थिएनौं ।अहिले उनीहरू सँग अन्तरंग हुन पाएका छौं । टिभी हेर्ने फेसवुक चलाउने भन्दा आफ्ना पुराना पत्रपत्रिका ब्यवस्थित गर्ने । पुस्तकहरु पढ्नेमा नै दिन बितिरहेका छन् । जे होस सुरक्षित रहेर दैनिकी चलिरहेको छ ।

तेजन खड्का- कोरना भाईरसले विश्वमा माहामारी फैलाईरहेको बेला नेपाल पनि अब सुरक्षित राष्ट्रको रुपमा रहेन् । म पेशाले पत्रकार हो, सत्यतत्य समाचार लेख्नु हाम्रो दाहित्व हो । बहादुर भनेर भन्दा सचेत छु । सेनेटाईजर माक्स लगाएर, अरुलाई पनि दिएर कोरनाकै विषयमा सकारात्मक र सचेत गराउने समाचारहरु घरैबाट बसेर लेखिरहेको छु । किनकी पत्रकारलाई कोरना नलाग्ने भन्ने कुरा भएन । सामाजिक उत्तर दाहित्व सहितको पत्रकारिता सम्झेरं माक्स वितरण, राहत वितरण दिनदुखीको पीर मर्का के छ ग्रामिण परिवेशसँग छपक्कै भिजेको छु । हिजोको दिनमा एउटा बिरामीको सहयोग सम्बन्धी समाचार लेख्दा लाखौं सहयोग गर्नुहुने र हस्तान्तरण गर्न जिम्मेवारी दिनुहुने देशविदेशमा रहनुभएका शुभेच्छुकहरुसँग दुख सुख साटिरहेको छ । उहाँहरुको परिवारलाई मैले सक्ने सहयोग गरिरहेको छु । यसका साथैं विदेशबाट आउनुहुनेहरुलाई करेन्टटाईनमा जान अनुरोध गर्दै पहिचान हुन पनि अनुरोध गरेको छु । कामहरु धेरै गरेको छु , तर प्रचार बाजी गर्न मन नपर्ने भएकोले पर्दा पछाडी छु ।