मेरो छिमेकी तल्लो घरको एउटा चञ्चले भतिजो छ, दीपेन्द्र । उसले एकदिन भन्यो ,– ‘ ठूलो बुवा , यो कोरोनाको दबाई चाही किन नभएको होला ?’ उसको प्रश्नको उत्तर के दिने असमञ्जसमा परे । एकछिन त नसुने जस्तो गरें । फेरि अलिक कड्केर भन्यो ,– ‘ सुन्नु भएन ? ’ उसको अनुमान के हो भने मसँग सबै प्रश्नको उत्तर हुन्छ ।
यो नयाँ रोग हो नि त , त्यही भएकोले यसको दवाई पत्ता नलागेको रे भन्ने उत्तर दिंदा उसले एकपछि अर्को प्रश्न थप्दै जाने स्थिति बन्यो । उसको दोस्रो प्रश्न थियो किन पत्ता नलागेको त ? म अनुत्तरित भएँ र आफैं घोरिन थालें ।
सन् २०१८ सेम्टेम्बर ताकाको कुरा हो , दुबईबाट न्यूयोर्कतर्फ गइरहेको विमानका १०० जना यात्रु स्वासप्रश्वासमा आएको समस्याले विरामी भए , स्वाथ्य विज्ञहरुको अनुसार उक्त विमानका यात्रुहरुले मर्स–कोभ ( मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रम कोरोना भाइरस ) बोकेर आएका हुनसक्ने भएकाले उनीहरुलाई स्वास्थ्य परिक्षण नसकुञ्जेलसम्म विमानभित्र क्वारेण्टाइनमा राखियो । परिक्षणबाट धेरैजसो यात्रुहरुमा इन्फुलुएन्जा पोजिटिभ देखियो, जुन सजिलै नजिकको सम्पर्कको कारण एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्न सक्छ ।
१९९४ मा अमेरिकी विज्ञान पत्रकार लाउरी गरेटले भनेकी थिइन्,– ‘ स्रोत साधनहरुलाई आफनो नियन्त्रणमा लिन जब मानिसहरु आफैमा लडाई गर्छन् ,फाइदा सुक्ष्म जिवाणुहरुको हातमा पुग्छ, र ती जीवाणुहरु हाम्रा लागि काल हुन् । विश्व नै एउटा गाउँ जस्तो बन्दै गएको परिवेशमा हामी मानवजातिले कसरी बस्ने भन्ने कुरा नसिक्ने हो भने त्यसबाट सुक्ष्म जिवाणुहरुलाई अवसर प्राप्त हुन्छ र ती जीवाणुहरु विजयी हुनेछन् । ’
हामीलाई के थाह छ भने स्रोत साधनमाथिको हस्तक्षेपले युद्ध निम्त्याउँछ र हामी मानवको ध्यान भविष्यको खतरातिर , जोखिमतिर पुग्ने समय हुँदैन । जस्तो कि अहिले तेल उत्पादक राष्ट्रहरुमा कसको दबदबा कायम राख्ने भन्ने कुरामा अमेरिका, साउदी अरब र रुसले हरतरहको प्रयास गरिरहेका छन् । नेपालको कालापानी लिम्पियाधुरामा भारतको हस्तक्षेप पनि त्यसैको एउटा उदाहरण हो । शक्ति राष्ट्रहरु विश्वको स्रोत साधनमा आफनो वर्चश्व कायम राख्ने निरन्तरको प्रयासतर्फ नै विश्वको ध्यान केन्द्रित हुने तर मौसमी रुपमा स्वरुप परिवर्तन गर्दै कहिले उत्तरी गोलाद्र्धको जाडो मौसममा त कहिले दक्षिणी गोलाद्र्धको जाडो मौसममा देखा पर्ने भाइरसका उत्परिवर्तनहरुलाई तिनै राष्ट्रहरु नजरअन्दाज गरिरहेका हुन्छन् । जुन भाइरसहरुले लाखौं लाख मान्छेको ज्यान लिई पनि सकेको छ ।
गरेटको भनाई अतिरञ्जित हैन भन्ने कुरा अन्य कुराहरुले पुष्टि पनि गर्दै लगिरहेको छ । २००३ मा चिनमा सार्स भाइरस देखियो । सार्सको जन्मको विषयलाई लिएर कसैले भनेको छ ‘ थाह पाउनु मात्र ठूलो कुरा हैन, प्रयोग गर्नु पर्छ । चाहनु मात्रै ठूलो कुरा हैन , गर्नु नै पर्छ । ’ यसको निचोड के हो भने सार्सको तीव्र नियन्त्रण नै सार्वजनिक स्वास्थ्य प्रतिको सफलता हो , तर चेतावनी पनि । यदी सार्स फेरि प्रकट भयो भने विश्वभरि नै स्वास्थ्य प्रणालीमा चरम दबाब उत्पन्न हुन्छ । त्यसकारण सतर्कतालाई निरन्तरता दिनु महत्वपूण कुरा हो । ’ प्रत्येक वर्षमा ६ लाख ५० हजार भन्दा बढी मानिसको ज्यान भाइरसले यो भन्दा अगाडि लगिसकेको छ जुन कुरा विश्व स्वास्थ्य संगठनको तथ्यांकबाट बुझ्न सकिन्छ ।
तर भाइरसका यी गतिविधि र विज्ञहरुको चेतावनीलाई कसले सुन्ने ? रात गयो अग्राख पलायो । विश्वले उपरोक्त चेतावनीलाई तिरस्कार ग¥यो । केही समय पहिले बेलायती सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार आयन बोइडले २०१२ र २०१९ लाई सम्झाउदै भनेका थिए ‘ इन्फलुएन्जाको महामारीले २ लाख मानिस मरेको कुरा हामीले भोगेका देखेका छौं । यसले मलाई दुखी त बनायो नै । ’ तर के यो महामारीको कारण सरकारको चित्त दुख्यो त ?’ ‘ हामीले देखेको भोगेको कुराले जसरी पाठ सिकाउछ, त्यसरी नै आवश्यकतानुरुप त्यो पाठबाट सिक्ने प्रयास गरिएन । ’
सार्स र इन्फलुएन्जाको नाटकीय भूमिका अनुसार विश्वका शक्ति राष्ट्र भनाउँदाहरु चल्न फेल भएकै हुन् त ? जहाँ पर्याप्त साधन स्रोत छ ? तथ्यले त यही बताउँछ उनीहरु भाइरसको पूर्व सतर्कताका लागि तयारी भएको कहिंकतैबाट देखिदैन । विज्ञबाट आएको चेतावनीलाई वास्तै गरेनन् । सार्स कोभ २ प्रतिको विश्वव्यापी प्रभाव नै वैज्ञानिक नीतिको ठूलो असफलता हो । संकेत स्पष्ट थियो ः हेण्ड्रा १९९४ मा, निपाह १९९८ मा र सार्स २००३ मा , मर्स २०१२ मा र इबोला २०१४ मा जनावरको माध्यम हुँदै र मानिसहरुलाई समेत चकित बनाउँदै यी भाइरसहरु मानवीय महामारीको रुपमा देखा परे । सार्स, जुन कोरोना भाइरसको कारणबाट भएको हो, त्यसैको नयाँ स्वरुप हो कोभिड १९ भनेर विज्ञहरुको दाबी छ ।
जब १९८० देखि एचआइभि धर्तिमा देखा प¥यो त्यसबेलादेखि नै नयाँ नयाँ महामारीको खतराको संकेत आएको हो । त्यसबेलादेखि ७ करोड ५० लाख संक्रमित र ३ करोड २० लाखले ज्यान गुमाइसकेका छन् । सार्स कोभ जस्तै एचआइभि फैलिएको हैन । तर यो लामो अन्तरालमा पनि विकसित मुलुकका शक्ति राष्ट्रका सरकारहरु नयाँ भाइरसको खतराबाट सतर्क हुन चाहेको देखिएन । मस्तिष्कमा यिनै कुराहरुले घर गरिरहेका छन् ।
मेरो छिमेकी फुच्चे भतिजोको प्रश्नको उत्तर खोतल्न म अझै सकिरहेको छैन । उसकै साथी मेरो भाञ्जा पर्ने सुशान्तको पनि प्रश्न आउँछ हिजो आज मलाई भन्छन् – ‘ मामा यो कोरोना त दादा ( वीर/हिरोलाई दादा भन्ने चलन अनुसार) पो र छ है । ’
भान्जाको प्रश्नमा मौन सहमति जनाएको थिएँ मैले । भाञ्जाको भनाई अनुसार दादा नै देखिएको हो नि π संकटको बेला राजनीतिज्ञ र सर्वसाधारण विज्ञ भई टोपल्छन् । बेलायतले महामारीलाई इन्फलुएन्जा सम्झिन्छ जसको कारणले २८३३० मान्छे २०१४ मा मरे । तर इन्फलुएन्जा कोभिड १९ हैन । चिन सार्सको भोगाईले डरायो । ती मुलुकका सरकारहरुले नयाँ भाइरस सल्बलाई रहेको महशुस त गरेका थिए होलान् जहाँ महामारीको प्रकोप झेल्नु परेको थियो । तर सतर्क रहनका लागि अपनाइने मापदण्डहरु जस्तै हात धुने , खकारको र टिस्यु पेपरको विसर्जनको राम्रो तरीका लगायतका सामान्य विषयमा पनि कसैलाई सचेत गराएनन् । सम्पूर्ण शहरलाई क्वारेण्टाइनमा राख्यो र आर्थिक क्रियाकलापलाई लकडाउन ग¥यो । मध्यम स्तरको यो इन्फलुएन्जाको चुनौतिलाई कुनैपनि वैज्ञानिकहरुले ध्यान समेत दिएनन् भन्ने कुरा त्यसप्रति चिन्ता र चासो राख्नेहरुले अहिले भन्न थालेका छन् ।
हरेक पत्रकार सम्मेलनमा सरकारका ( खासगरी विकसित राष्ट्रका ) प्रवक्ताहरुले एउटै वाक्य दोहो¥याईरहेका हुन्छन , ‘ हामी मेडिकल र वैज्ञानिक सल्लाहलाई मानेर काम गरिरहेका छौं । तर चिन, इटाली स्पेनमा कस्तो मानवीय संकट आयो भन्ने कुरा एकअर्काबाट सिक्न डाक्टर र वैज्ञानिकहरुले पनि सकेनन् । हामी मानव नियन्त्रित युगमा छौं भनेर गर्व गरिरहेका बेला कोभिड १९ कत्तिसम्म विध्वंशकारी भएर देखा पर्छ भन्ने कुरा देखिसकिएको छ । यसले हामी मान्छेहरुको सहकार्यमा, समन्वयमा र मिलेर काम गर्ने कुरामा असक्षमताको पर्दाफास गरेको छ । प्रकृति प्रदत्त संसारलाई नियन्त्रण गर्न सकिन्छ र हामी नै सर्वश्रेष्ठ हो भन्ने दम्भ कुनै विकसित मुलुहरुले नदेखाए पनि हुने रहेछ भन्ने कुरा देखिसकिएको छ । चाहे ती यूरोपका मुलुक हुन् , चाहे अमेरिका वा चिन , जापान नै किन नहोस् ।
अब पनि यस्ता प्राणघतक महामारीबाट सिक्न स्रोत साधनले धनी मुलुकहरुले नचाहने हो भने र निश्चित रुपले अब आउने अर्को महामारीे झन खतरनाक भएर आउने कुरामा विश्वका कुनै कुनाहरुबाट चिन्ता ब्यक्त गर्न थालिएको छ ।
सरुवा रोग विशेषज्ञहरुले जहिले नाम लिन मन पराउने व्यक्ति जोन स्नो हुन , जसले हैजाको महामारीलाई खत्तम गर्ने कार्य गरे लण्डनमा । उनले जस्तै अरु पनि यो खालको तदारुकता देखाएको भए सायद अहिलेको नियति भोग्नु पर्दैन थियो कि ? कोभिड १९ ले जुन पाठ सिकाएको छ त्यसबाट के देखिन्छ भने पश्चिमाहरु आफूहरुसँग उन्नत वैज्ञानिक ज्ञान र आधुनिक औजारहरु हुँदा हुँदै पनि यस विषयतर्फ ध्यान केन्द्रित गर्नमा ढिलासुस्ती गरेको देखिन्छ ।
विश्वमै सबै भन्दा बढी मानिस अमेरिकामा मर्ने पूर्वानुमान स्वयम त्यहीको सरकारले गरिसकेको छ । स्वयम ट्रम्प र अमरिकी स्वास्थ्य सल्लाहकारले १ लाख देखि २ लाख ४० हजार अमेरिकी बासिन्दाहरु मर्ने कुराको पूर्व उदघोष गरिसकेका छन् । दुश्मनको घरलाई झिल्को लाउन खोज्दा आफनो घर डढिसकेको थाह नपाएको जस्तो अभिनय भइहेको छ त्यहाँ , मानवीय संवेदनाका कारण जुनसुकै मुलुकमा परेको विपत्तिका कारण भोग्नु परेको पीडा देख्दा अर्को मुलुकको नागरिकलाई पनि घोच्छ नै । माथि भनिए जस्तो पूर्व सतर्कता नअपनाएको , लकडाउनको घोषणा नगरेका , आइसोलेसन, क्वारेण्टाइन, बोर्डर सिल जस्ता मापदण्डहरुलाई लागू नगर्दा नै अमेरिकामा भयावह स्थिति देखिएको छ ।
तर पनि आशाको त्यान्द्रो न्यजिल्याण्ड हुने कुरा देखिएको छ । त्यो मुलुक मात्रै यस्तो पश्चिमा मुलुक देखिएको छ , जसले कोभिड १९ लाई फैलन नदिन बोर्डरमै उन्मुलन गर्ने रणनीती अख्तियार ग¥यो । चिनको कपी ग¥यो भनेर कसैले भनोस् नभनोस् उसले लक डाउनलाई समेत समयमै लागू ग¥यो ।
मार्च २३ सम्ममा छिमेकी अष्ट्रेलियामा १३९६ केस मा १० को मृत्यु भइसकेकोमा न्यूजिल्याण्डमा १०२ केसमा एकको पनि मृत्युको केस देखिएको छैन । प्रधानमन्त्री जेसिण्डा आरडर्नले शारीरिक दूरी र यात्रा प्रतिबन्धलाई तीब्र रुपमा बढाउनु, मुलुकभरि पूर्ण लकडाउनका साथै आफूसँग भएको सिमित समयभित्रै बोर्डर क्वारेण्टाइन, परीक्षण र सम्पर्कलाई आफनो नियन्त्रण परिधिभित्र ल्याउने दायरा झन बढी बनाउनु, अतिरिक्त निगरानीका मापदण्डहरुहरुको निक्र्यौल गर्ने जस्ता उपायहरु अवलम्बन गरेका कारण न्युजिल्याण्ड मात्र यस्तो युरोपियन मुलुक भएको छ , जहाँ कुनै महामारीको त्यहाँका जनताले झेल्नु परेको छैन ।
विश्वस्वास्थ्य संगठनको चिनमा गएको मिशनले कोभिड १९ लाई सार्स जस्तो भनेका कुरा, कोभिड १९ को संक्रमणलाई रोक्न सफल भइरहेको सिंगापुर, दक्षिण कोरिया , ताइवान र हङ्गकङ्गलाई न्युजिल्याण्डले एकदमै ध्यान पूर्वक अध्ययन गरिरहेको थियो । उसले हेरिरहेको थियो । पश्चिमा मुलुकहरुमा अपनाइएको संक्रमण घटाउने रणनीति फेल भइरहेको स्पष्ट रुपमा उसले बेलैमा बुझिसकेको थियो ।
न्युजिल्याण्डको रणनीतिलाई प्रयोग गर्न न्यू इङ्गलैण्ड जोर्नल अफ मेडिसिनको सम्पादकीयमा अमेरिकालाई समेत प्र्ताव गरिएको थियो । बोर्डरमा कडाईपन , परिक्षण र सम्पर्क पहिचानका लागि आवश्यक स्रोधसाधनको प्रचुर उपलब्धता र संक्रमणको चेनलाई हटाउन लकडाउनको पूर्ण परिपालना जस्ता उपायहरु न्यूजिल्याण्डको इलिमिनेशन स्ट्राटेजी ( उन्मुलन रणनीति) थिए । अष्ट्रेलियाले ती रणनीतिलाई पनि अंगिकार गर्न शुरु गरेको हुनाले त्यहाँ अझै पनि कोभिड १९ विरुद्ध सफलता हात पार्ने राम्रो सम्भावना देखिएको छ ।
एक अध्ययन अनुसार अमेरिकामा सबैभन्दा बढी जोखिम झेल्नु परेको कारण त्यहाँको फक्स न्युज च्यानल हो , जसलाई सरदर ६५ वर्ष समूहका मानिसहरुले हेर्छन् । फक्स न्युज च्यानल अमेरिकामा सबै भन्दा बढी विश्वसनीय टिभी च्यानल मानिन्छ । विज्ञहरुका अनुसार अमेरिकी राष्ट्रपति लगायतका फक्स न्युज च्यानलका दर्शकहरुलाई निरन्तर गलत सूचना पस्किरहेको सो अध्ययनले उल्लेख गरेको छ । कोभिड १९ र यसको प्रभावलाई सामान्य जस्तो गरी गलत सूचना प्रवाह गर्नु , मानिसहरुलाई आफनो सुरक्षा र अरुको सुरुक्षाका विषयमा गलत तरिकाका सुझावहरु , परिक्षण नै नगरिएका औषधीहरुको प्रचार, निर्वाचित नेताहरु र सार्वजनिक स्वास्थ्य सेवाका अधिकारीहरुले भन्ने गरेका गलत मापदण्डका तौरतरीकाका विषयका प्रोपोगण्डा आदी सो टिभी च्यानलमा बारम्बार भइरहे र भ्रम सिर्जना गरिरहयो । उसको गलत सूचना, समाचारका कारण उसकै दर्शकहरुलाई खतरातर्फ डो¥याइरहयो । र उनीहरु मात्रै हैन धेरै संख्याका मानिसहरुसमेत ती दर्शकका व्यवहारबाट अछुत हुन सकेनन् । संकटकालीन अवस्थाको वास्तविक जानकारी समाचारमा ल्याउन फेल भयो । एउटा उदाहरण ः फक्स न्युजले सियान हन्निटी भन्ने पाहुनालाई स्टुडियोमा ल्याएर बोल्न लगायो र उनले डेमोक्रेटिक पार्टी र सञ्चारमाध्यमले खतरालाई भयावह देखाएको आरोप लगाउदै त्यस्तो खतरा नभएको टिप्पणी गरेको प्रस्तुति थियो । त्यस्तो टिप्पणीले कोरोना भाइरसको चुनौतिलाई सामान्य रुपमा लिन र कोरोना भाइरसको जोखिमलाई घटाउन सक्ने राष्ट्रिय, प्रान्तीय र स्थानीय प्रयासहरुलाई निरुत्साहित गर्ने अवसर प्रदान ग¥यो । यतिबेला संसारले के भनिरहेको छ भने विश्वभर उथलपुथल ल्याएको यो महामारीले धनी समाजलाई घुँडा टेक्ने अवस्थामा पु¥यायो । तथापी मानवीय संकटका बेला यस्ता टिप्पणीहरु सान्दर्भिक र उपयुक्त हुँदैनन् ।
विश्वको आशा र भरोसाका केन्द्र भनेका विश्वका वैज्ञानिक र महामारी रोग विशेषज्ञहरु नै हुन् । जबसम्म उनीहरुबाट खोप लगायतका औषधीको विकास हुँदैनन् , तबसम्म विश्व जनमत निराश नै रहिरहने स्थिति छ । भगवान भने पनि जे भने पनि उनै हुन् तर किन फेल भइरहेका छन् उनीहरु । हुन त विज्ञहरु भन्छन् विज्ञान समाधान बोकेर सेतो घोडामा चढेर आउदैन ताकी कुनै समस्या फेला पर्ने वित्तिकै समाधान दिईहालोस् । त्यस्तो त जादूमा मात्र हुन्छ । तथापी विश्वले गरिरहेको अहिलेको प्रश्न भनेको स्रोत साधन सम्पन्न विकसित राष्ट्र र विश्वका वैज्ञानिकहरु किन महामारीको सम्भावित जोखिमका लागि तयारी अवस्थामा भएनन् । विकसित राष्ट्रबाट नै धेरैजसो महामारी र रोगहरुको जन्म भइरहेको छ जसले विकासोन्मुख मुलुक , नेपाल लगायतका अतिकम विकसित मुलुकहरुमा जोखिमको खतरा बढाइरहेको छ । चाहे त्यो मानव निर्मित होस् वा प्रकृति प्रदत्त होस् ।
लाटो लड्छ एक बल्ड्याङ्ग, बाठो लड्छ तीन बल्डङ्ग भने झै भएको छ अहिले । यो महामारीको पीडा सबैभन्दा बढी विकसित भनिने मुलुकहरु युरोप र अमेरिकाले झेल्नु परिरहेको छ । हामी जस्ता अतिकम विकसित तेस्रो विश्वका मुलुकहरुमा यसको त्रासदीपूर्ण व्यवहार देख्नु परेको छैन । भाञ्जा सुशान्तको कुरा फेरि पनि मस्तिष्कमा आउँछ कोरोना भाइरस दादा नै रहेछ । किन भने यसलाई जित्ने दादा जन्मिसकेको छैन । त्यसै कारण पनि विज्ञान नै फेल खाएको हो कि ? भन्ने प्रश्नले घर गरिरहन्छ । अहिलेका लागि क्वारेण्टाइन, लकडाउन र आइसोलेसन नै यो भाइरस विरुद्धको अचुक अस्त्र हो । आशा गरौं नोबल कोरोना भाइरस वैज्ञानिकहरुका लागि वर्तमानका लागि र भविष्यमा पनि चुनौति हुने छैनन् । सन्दर्भ सामग्री : विश्व स्वास्थ्य संगठन र एजेन्सीहरू
(लेखक ब्लाष्ट दैनिकका सम्पादक हुन ।)