धरान / लामो समयदेखि नधुएको हाईनेक, त्यसमाथि मैलो सट अनि स्टिकोट, शिरमा मैलो ढाकाटोपी । उनी महेन्द्र विक हुन । पूर्वको कर्णाली अथार्थ ओखलढुगाको टारकेरावारीमा उनको झुप्रो छ । लिखुखोलाले बनाई दिएको टारमा उनको एउटा रातविरात भरअभर छेल्ने एउटा घर थियो, त्यही श्रीमतिका साथ सपनाहरु सझाउथे उनी । उमेरले बुढ्यौलीतिर धकेलिरहेको अनुभूति गर्न सकिन्छ । उनलाई आफ्नो उमेर थाहा छैन् तर १९९५ मा जन्मिएको कुरा थाहा छ ।
एउटा बर्षाको समय खानाको थालभरि त्रिपालबाट पानी चुहिएर त्यसैलाई दाल सम्झि पेट भरेर विताए । हिउदमा सीत थापेर खाए । सीत मै सुते । अव फेरी अर्को बर्षा आउदैछ । त्यो नियति फेरी नआईदिए हुन्थ्यो भन्ने यी वृद्धलाई लागेको छ
कुरो विनासकारी भूकम्प गएको एकबर्ष पुग्न लाग्दाको हो । २०७२ फागुन २९ गतेको विहानीमा ओखलढुङगाको टारकेराबारी–८ मा टिनको छाप्रो अगाडी टुसुक्क बसेका एक वृद्ध भेटिए । उनको चाउरी परेको अनुहार भरी निराशा मात्र थियो । कतै कतै आक्रोस पनि । प्रश्न तेर्साए––‘सर घर बनाउने पैसा आयो ? देविमाया(उनकी श्रीमति) र म बल्लतल्ल हिउद काटियो बर्षा त ओत छेक्ने कटेरा छैन् त ? यसको जवाफ हामीसँग जवाफ थिएन् । बोल्दै गए, ‘छोराहरु बनीबुतो गर्न परदेश लागे । भूकम्पमा मर्न सकिएन् । भएको घर ढल्यो । त्यससँगै हाम्रो सबै सकियो । छाप्रामा हाम्रो बास छ । चैते हुरीले हल्लाई रहन्छ । कहिले लिखु खोलामा पु¥याउने हो थाहा छैन् ।’ सप्तकोशीमा मिसिने नदि मध्यको एउटा लिखु खोला टारकेराबारीलाई छेकरे बगेको छ ।
रेडियोमा भूकम्प पीडितलाई २ लाख राहत दिने भनेर खवर सुनेका रहेछन् । राहत बाढ्न भनेर नाम टिप्दै सरकारका मान्छे घरमै पुगेका पनि रहेछन् । त्यही भएर उनी आशामा जिन्दगी जीउदैछन् ।
उनले भने– ‘सरकारका मान्छे राहत दिने भनेर नाम टिपेर लगेको बर्ष दिन पुग्न लाग्यो । आझै फर्किएनन् । घर बनाईदिन्छौ भनेकाले हामी बुढाबुढी हौसिएका थियौ । तर अहिले निरास भयौ । १२ गतेको आपत्ति पछि १५ हजार दिएको थियो । भात खाइयो टहरा बनाइयो । जाडोको समयमा १० हजार दियो । न्यानो किनियो । यो स्टिकोट र हाईनेक त्यही बेला किनेको' –उनले आफ्नो स्टिकोट र सर्ट भित्र लगाएको हाइनेक हामीलाई देखाए । सरकारको आशामा हामी बाँचेका छौ । अव बर्खा लाग्यो । झरी बादल कसरी टार्ने भन्ने चिन्ता छ ।
एउटा बर्षाको समय खानाको थालभरि त्रिपालबाट पानी चुहिएर त्यसैलाई दाल सम्झि पेट भरेर विताए । हिउदमा सीत थापेर खाए । सीत मै सुते । अव फेरी अर्को बर्षा आउदैछ । त्यो नियति फेरी नआईदिए हुन्थ्यो भन्ने यी वृद्धलाई लागेकाे छ । त्यही भएर बाटोमा नयाँ मान्छे देख्ने वितिकै बोलाएर सोध्छन्– दुई लाख आयो ?
बैशाख १२ गतेको विनासकारी भूकम्पले टारकेराबारी–८ का मानबहादुर पौडेलको पनि घर भत्कायो । अस्थायी टहरामा दिन विताउदै आएको अव एकबर्ष पुग्न ३६ दिन जति होला । बस्ने घर छैन् । बनाउने आर्थिक पनि छैन् । मजदुरी गरेर जिविका गदै आएका पौडेललाई पनि दुई लाखको आशा थियो । सरकारले पैसा दिन्छ भनेर घर बनाउन शुरु गरे । एक तला ढलान गरिसके । बाँकी उनको घर निर्माण रोकियो । कारण उनीसँग पैसा छैन् । सरकारी मापदण्ड अनुसार घर निर्माण शुरु गरेको पौडेलले सयकडा ५ रुपैयाले गाउँबाट ऋण लिएरर बनाएका रहेछन् । उनी चिन्तामा छन् । भएको झुपडी भूकम्पले लड्यो । ऋण काडेर आदी घर बनाए । अव पुरा गर्ने कुनै उपाए छैन् । यो पनि बर्षायममा लढ्ने उनलाई पिरलो छ । गाउँमा पुनः निर्माणको तालिम आयो । फर्निचर मेकरको तालिम लिए ।
१२ गतेको भूकम्पपछि केहि समय त्रिपालको छाप्रो हालेर बसेका उनीहरु अथार्थ भूकम्पपीडितहरु दिउँसोको टन्टलापुर घाम र रातिको झरी झेल्न अनेक सघर्ष गरि रहेका छन् । पालबाट पानी चुहिएर धेरै रात जाग्राम बसे । कयौं रात अनिदो बिताए । अझै उनीहरुको चैनको दिन आएका छैनन् । हुन त सरकारले राहतका लागि भनेर २५ हजार रुपैया उपब्द गरायो तर समयमा उपलब्द नगराउदा त्यसको उपयोग गर्न पाएनन् । गरिबीले पिल्सिएका विक र पौडेल त प्रतिनीधि पात्र मात्र हुन । उनीहरु जस्तो जिल्लाका हजारौं पीडितहरुको हालत यस्तै भेटिन्छ । उनीहरुको चैनको जीवन छैन् । ऋण काढेर घर बनाउन थालेकाहरु पनि द्वविधामा छन् । गाउँमा एक किसिमको हल्ला फैलाइएको छ । आफु खुशी घर बनाउनेलाई सरकारले राहत नदिने भनेर हल्ला फैलाईदा घर दातृ नियकाको सहयोगबाट घर बनाउन थालेकाहरु पनि त्रासमा छन् । एउटा राहत नपाईने भो भन्ने चिन्ता छदैछ भने अर्को आदी बनाइएको घर बर्षायममा लड्ने पीरलो छ । घर बनाउन नथाल्नेहरु भने टहरा लिखु खलामा पु¥याउने डरले पीरोलिएका छन् ।
बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनले जिल्लामा ठूलै क्षति भएको थियो । टारकेराबारीमा करिव ६ सय घर धुरीमध्यमा ४ सय घर ध्वस्त भएका थिए । ओखलढुङगाको सबै भन्दा बढि क्षेती रावादुलु र दोश्रोमा टारकेरावरी पर्छ । टारकेरावरीका मीनबहादुर पौडेलको भूकम्पको बेला पहिरोमा परि मृत्यु भएको थियो ।
लाग्न सक्छ सरकारले भूकम्प पीडितहरुलाई खाद्यान्न र बासको राम्रै व्यवस्था गरेको छ । त्यसो त जिल्लामा भूकम्प पीडितहरुलाई सहयोग गर्न थुप्रै गैरसरकारी संस्थाहरु थुप्रिएका छन् । उनीहरुले भूकम्प पीडितलाई राम्रै सहयोग गरेका होलान भन्ने जो कोहीलाई लाग्न सक्छ । तर यथार्थमा सबै गलत हुने छन् । सरकारले बर्षात धान्नका लागि १५ हजार रुपैयाँ वितरण ग¥यो तर ढिला वितरण ग¥यो । बर्षातमा जस्तापाता किनेर भूकम्प पीडितलाई टहरा हाल्न दिएको उक्त रकम साउन सकिए पछि गयो । आकाश ओढेर र जमिन ओछ्याएर रात गुजार्नेको संख्या निकै छ । घर बनाउन थालेर बस्नेहरुको संख्या पनि आदी छ । त्यस बेला दुई लाख आउछ र घर बनाउला भन्नेहरुको जमात पनि निकै थियो ।
यो भूकम्प पीडितको प्रतिनीधि कथा २०७२ साल फागुनको हो । भूकम्प पीडितहरुलाई घर बनाउन प्राविधकि सहयोग जुटाउने हेल्भेटास नेपाल र पाथिभरा टेक्निकल कलेज इटहरीबाट म त्यहाँ पुगेको थिए । ती महेन्द्र विकको घर बन्यो की बनेन थाहा छैन् । उनले नयाँ घरमा बस्न पाए कि पाएनन् त्यो पनि थाहा छ्रन । आशा गरौं उनको टहराबाट झरेको पानी यो बर्षायममा मासुको रस सम्झेर खान नपरोस् । नयाँमान्छे देख्दा राहत आएन भनेर सोधिने प्रश्नको अन्त्य होस् । त्यसैबेला हामीले उनीहरुको व्यथा सरकारलाई पु¥याएका थियौं । सुन्यो की सुनेन । भूकम्पको ४ बर्ष वितिसकेको छ । त्यो नियति ती भूकम्प पीडितहरुले अझै भोग्न नपरोस् भन्ने मेरा चाहाना हो ।