धरान । बलिउड नायिका उर्वशी रौतेलाको फेसबुक पेज ह्याक गरेर उनीसँग ह्याकरले रकम माग गरिरहेको छ ।

यसबारे रौतेलाले मुम्बई प्रहरीलाई पनि जानकारी गराएकी छन् । ह्याकरले आफ्नो फेसबुक ह्याक गरेर अश्लील तस्बिर तथा भिडियो पोष्ट गरिरहेको उनले प्रहरीमा जानकारी गराएकी हुन् । प्रहरीले यसबारे गम्भीर रूपमा लिँदै साइबर सेललाई यो जिम्मेवारी दिएको छ ।

ह्याकरले पैसासमेत माग गर्न थालेकाले उनले प्रहरीमा उजुरी दिएकी हुन् । उनले आफ्नो फेसबुकमा पोष्ट भएका सामग्रीहरू आफूले पोष्ट नगरेकाले यसलाई विश्वास नर्गनका लागि फ्यानहरूलाई आग्रह गरेकी छन् । उवर्शी पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय छिन् । विशेष गरेर इन्स्टाग्राममा हट तस्बिर पोष्ट गर्दै आइरहेकी छन् ।