आमाको मुख हेर्दै आयौ धर्तिमा तिमी
लक्ष्मीको बास गर्दै आयौ घरमा तिमी।
तिम्रो मुहार देख्दा हर्षाश्रु झरे मेरा
तिमीलाई काखमा लिदा दुःख हरे मेरा।
पुत्रकै चाह राख्ने मान्छे पुत्रीमा हुन्छन् दुखी
जुनै पनि सन्तानमा मान्छे हुनुपर्छ खुसी।
पुत्र पुत्री दुबै बराबरी छन मेरो नजरमा
प्रफूल्ल मन बनाउँछौ भन्ने तिम्रै छु भरमा।
पढी ज्ञानी बनी राख्नु सबको मान
राष्ट्र,अनि राष्ट्रियता बचाए गर्वले देखाउछु सान।
कहिले सुर्जे कहिले शशीझै बन्नु तिमी छाया
जहाँ पुगूँ जहाँ डुलूँ मनमा हुन्छ सन्तानको माया।
उदाउन लागको सुरजले पहिलो प्रकाश दिउन तिमीलाई
फुल्न लागेको पुष्पले पहिलो सुगन्ध दिउन तिमीलाई।
तिमी नै हौ संसारकी मेरी प्यारी छोरी
कसैको दिल नदुखाउनु मेरी प्यारी छोरी।
खुसीका लहर ल्याउनु यहि चाहना मेरो
ठूलोभन्दा पनि असल बन्नु यहि कामना मेरो।