निशब्द छन् आवाजहरु तर पनि समय बलबान छ
समय बलियाहरुकै लागि हो उनकै सेवामा समर्पित छ ।
 
समय कसैका लागि फाप कसैका लागि अफाप
चाकरी गरे फापै फाप , नत्र हुने कस्तो महापाप ।
 
दलालहरुको खबर र उसैको दलाली सुन्छ समय
सत्तारोहणमा मग्न ऊ हुक्के ढोकेकै बाणी सुन्छ
भित्र भित्रकै सिण्डिकेट बनाउन स्वीकृत दिने ऊ
नजराना दिने व्यापारीको हिसाब किताबमा अंकित हुन्छ ।
 
केही बाहेक अरु सबैलाई जुलुशको भीड सम्झन्छ
आखिर समय समय नै हो ऊ र ऊ बलवान छ
वर्षौको त्यागलाई मिनेट भन्छ र मिनेट लाई वर्ष
त्यागका प्रमाणपत्र के मतलब उसलाई नजराना लिन पर्छ ।
 
तर,
आवाज निशब्द भए नि भावनाहरु निशब्द छैनन्
पाना खाली भए नि भावहरु शून्य छैनन्
निराशाको बादलभित्र आशाको दियो बल्ने नै छ
खाली पाना समय क्रममा भरिने नै छ ।
 
देशप्रेम र मुलुकप्रतिको योगदान जारी नै रहने छ
सिपाही हु“ कलम र अक्षरको, भूमिका चली नै रहने छ
दुई दिनको घामछाया“ न हो जिन्दगी
हड्डी नगलुञ्जेल यो चली नै रहने छ ।
धरान १५, सुनसरी
किशोरकुमार कार्कीको फेसवुकवालबाट