रामप्रसाद तिम्सिना

 १९ डिसेम्बर २०१९ मा चीनको वुहानमा कोरोना भाईरसको पहिलो बिरामीको पहिचान भएपछी बिश्वव्यापी महामारीको रुपमा सम्पूर्ण ब्रह्‍माण्ड नै आक्रान्त भैरहेको छ । नेपालमा पनि वुहान विश्वबिद्यालयमा अध्ययनरत एक जना ३२ बर्षिय युवक नेपाल फर्किए पश्‍चात २३ जनुअरी२०२० मा कोभिड-१९ पुष्टि भए सँगै यो प्रथम संक्रमणको रुपमा महामारीको शुरुवात भएको हो । जोन हप्किन्स युनिभर्सिटी एण्ड मेडिसिन कोरोना भाईरस रिसोर्स सेन्टरका अनुसारएक मानिस बाट अर्को मानिसमा सजिलै सर्न सक्ने यो सरुवा रोगले हाल सम्म बिश्वमा छ लाखभन्दा बढी मानिसको ज्यान लिईसकेको छ भने करिब डेढ करोडमानिसहरुमा संक्रमण फैलिसकेको अवस्था छ । साथै करिब नब्बे लाख मानिसहरुले कोभिड-१९ संक्रमणलाई जितेर स्वास्थ्य लाभ गरेकाछन् ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४२ जनाले ज्यान गुमाउँदा अठार हजारभन्दा बढी संक्रमित भएका छन् भने करिब बाह्रहजार संक्रमितले कोभिड-१९ लाई जितेर स्वास्थ्य लाभ गरेका छन् ।बिज्ञान र प्रविधिको युगमा संसारलाई सानो गाँउको रुपमा बुझ्न थालिएको बुझाईमा यो माहामारीले पुन: एक व्यक्ति देख्दा अर्को डराउनु पर्ने प्राचिन जिवन पद्धती जस्तै बनाई दिएको छ । फरक यत्ती उतिबेला एकबाट अर्कोलाई भौतिक सुरक्षाको भय हुन्थ्यो भने हाल संक्रमण सर्ने भय । यस महामारीबाट बँच्न सारा बिश्वले नै बन्दाबन्दी र भौतिक दुरी कायम गर्ने कुरालाई मुख्य रुपमा पालना गरिरहेका छन् र यसको विकल्प पनि देखिएको छैन । किनकी एउटा घातक भाईरस जसलाई हामी देख्न सक्दैनौँ र जब यो हामी भित्र प्रवेश गर्छ हामीले यसको उपचार गर्न सक्दैनौँ ।

       1043931555555 final 2

लेखक

      बिश्व स्वास्थ्य संगठनले ३० जनुअरी २०२० मा कोभिड-१९का कारण सार्वजनिक स्वास्थ्य संकटको घोषणा गर्नुले नै यो माहामारी भयावह रुपमा मावन जिवनले भोग्नुपर्ने संकेत गरेको र सोही अनुरुप हालसम्म जनजिवन बिश्वब्यापी रुपमा नै प्रभावित भैरहेको छ र अझ लामो समयसम्म यसको प्रभाव रहिरहन सक्ने हो की भन्ने चिन्ता सर्वव्यापी बन्दै गईरहेको छ ।कोभिड-१९ले मानव जीवनका सामाजिक, आर्थिक,धार्मिक-साँस्कृतीक एवं सम्पूर्ण आयामहरु प्रभावित गरिरहेको छ । अझ बिज्ञहरुले कोभिड-१९मानव जिवनमा अन्य सरुवा रोगहरु जस्तै रहि रहन सक्ने भनि चेतावनी समेत दिएका छन् । यसरीकोभिड-१९ भाइरस मानव जीवनमा रहिरह्यो भने यो सँगसँगै मानवीय जीवनका कृयाकलापहरु अभ्यस्त बनाउनुको कुनै विकल्प समेत देखिएको छैन । कोभिड-१९का बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, कानून कार्यान्वयनमा खटिने सुरक्षाकर्मीहरु सबै भन्दा खतरामा रहेको तथ्य सर्व बिदितैछ ।

नेपाल प्रहरी लगायत अन्य सुरक्षाकर्मीहरुले कोभिड-१९का बिरामीहरुको उपचार, उद्धार र ब्यबस्थापनमा संलग्न हुनु पर्ने तथा भौतिक दुरी रबन्दाबन्दीको प्रभावकारी कार्यान्वयन गर्न, गराउन तथा तीनै तहका सरकारहरुबाट राहत वितरणको कार्यमा सहयोगी भूमीका खेल्न अहोरात्र खटिनु पर्ने दायित्व पनि छँदै छ ।प्रहरी प्रधान कार्यालय, कोभिड-१९डेस्कका अनुसारनेपालमा नेपाल प्रहरीका सन्तानब्बे जना प्रहरी कर्मचारीहरु  कोभिड-१९बाटसंक्रमितभईसकेकाछन। सकारात्मक त यो छ कि हालसम्मकोभिड-१९ को संक्रमण बाट कसैको पनि ज्यान गएको छैन । तिमध्ये छैहत्तर जना प्रहरी कर्मचारीहरुकोभिड-१९संक्रमणबाट निको भैसकेका छन भने एक्काइस जना प्रहरी कर्मचारीहरु कोभिड-१९सँग लडिरहेका छन् ।उनिहरु पनि कोभिड-१९को लडाँइ जितेर छिट्टै स्वास्थ्य लाभ हुने आशा एवं कामना गरौँ ।

            करिब असी हजारको हाराहारीमा जनशक्ति कार्यरत रहेको नेपाल प्रहरीले तिन ओटा मुख्य कार्यहरु गर्नुपर्दछ । समाजमा घट्ने अपराधको रोकथाम र नियन्त्रण, शान्ति सुरक्षाको प्रात्याभुति गरी समाजमा अमनचयन कायम गर्ने र समुदायमा घटित फौजदारी अपराधहरुको सफल अनुसन्धान गर्ने कार्यहरु पर्दछन् । फौजदारी अपराध संहिता २०७४ अनुसार अनुसुची-१ मा रहेका मुद्दाहरुको अनुसन्धान गर्ने जिम्मेवारी पनि नेपाल प्रहरीको हो । यसका अतिरिक्त कैयन नागरीक अव्यवस्थाहरुको व्यवस्थापन गर्ने कार्य र प्राकृतिक प्रकोपजन्य उद्धार कार्यमा समेत नागरिकहरुले नेपाल प्रहरीको सहयोगको अपेक्षा गरिरहेका हुन्छन् । नेपाल प्रहरीले धेरै भन्दा धेरै कार्यहरु गर्नुपर्ने कानुनी र व्यवहारिक जिम्मेवारी रहेको छ । प्रहरी कर्मचारीहरुले जनताको घर दैलोमा अर्थात नागरीकहरुको सेवामा अवश्यम्भावी पुग्नुपर्ने अवस्था रहेको छ । समुदायमाकुनै फौजदारी अपराधको घटनाघटित भयोभने प्रहरीले घटनास्थलको सुरक्षा, सवुदहरुको संकलन, घटनास्थलको मुचुल्का लेखन, प्रतिवादीहरुको खोजी र पक्राउ, मुद्दा दर्ता र म्याद थप लगायतका धेरै कार्यबिधीगत चरणहरुमा काम गर्नुपर्ने हुन्छ भने प्राकृतिक बिपद्को समयमा प्रहरी कर्मचारीहरु उद्धार तथा राहत वितरण कार्यमा फिल्डमा प्रत्यक्ष खटिनुपर्ने हुन्छ । अझ केही चुनौतीपूर्ण र जोखीमयुक्त कार्य गर्नुपर्दा प्रहरी कर्मचारीहरुले सहयोग गरिदिए हुने भनी  समुदायमा अपेक्षा हुने गरेको पाईन्छ । यसर्थ वर्तमानमा नेपाल प्रहरीका कर्मचारीहरुको हरेक कार्यसम्पादनमाकोभिड-१९को जोखिमलाई कम आँक्न सकिन्न ।

            यसरी हेर्ने हो भने नेपाल प्रहरीका कर्मचारीहरुले अत्यन्त जोखिममा आफुलाई राखेर काम गर्नु परिरहेको छ । उनिहरुको शारिरीक एंव मानसिक स्वास्थ्यलाई सन्तुलित बनाउँदै अघी बढे मात्र हालको कोभिड-१९संक्रमणबाटबाँच्नरबँचाउनसकिन्छ।भौतिक दुरीमारहँदै प्रहरी कार्य गर्ने, रहनैनसक्नेगरीडिउटीगर्नुपर्नेअवस्थामास्वास्थ्य सुरक्षाकासामाग्रीहरुकोप्रयोगगर्नुपर्दछ।पक्राउ गर्नुपर्ने व्यक्तिहरुलाई सम्भव भए सम्म सोसल डिस्टान्सिङ प्लायर्सप्रयोग गरी नियन्त्रणमा लिनुपर्दछ । नेपालमा कोभिड-१९ले पार्न सक्ने प्रभाव तथा प्रतिकार्यको लागि स्वास्थ्य सम्बन्धी सुरक्षात्मक सामग्रीको अपर्याप्तताको बावजुत पनि उच्च मनोबलका साथ राष्ट्रिय हित एवं नागरीक सेवाका खातिर व्यक्तिगत स्वास्थ्य सुरक्षाको प्रवाह नगरी उपलब्ध साधन श्रोत र जनशक्तिलाई उच्चतम प्रयोग गर्दै कार्यक्षेत्रमा आईपर्ने समस्या र चुनौतिहरुको सामना गर्न सुरुवात देखि नै अग्रपंक्तिमानियमित कार्य गर्दै आईरहेको छ । नेपाल सरकारले बन्दाबन्दीघोषणा गर्नु भन्दा अगाडी र घोषणा गरे पश्‍चात्नेपाल प्रहरीले प्रतिकार्यका लागि दैनिक काम कारवाहीमा विभिन्न किसिमका समस्या र चुनौती सामना गर्नु परिरहेकै छ । दिन-प्रतिदिन प्रहरी कर्मचारीमा पनि कोभिड-१९संक्रमणको दर वृद्धि हुँदै गईरहेको परिवेशमा प्रहरी कर्मचारीहरु उच्च मनोबलका साथ कार्य सम्पादनका लागि सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउन दैनिक कार्य सम्पादन गर्दा देखा परेका व्यक्तिगत र सांगठनिक समस्याहरुको समाधानका लागी तथा उनीहरुले यस महामारीको बिषम परिस्थितिमा पनि प्रहरी कार्य तथा प्रतिकार्यलाई निरन्तरता दिनुपर्ने भएकाले थप शारिरीक र मानसिक स्वास्थ्य सम्बन्धी समस्याको निराकरण गर्दै अघि बढ्नुको बिकल्प छैन ।

                        यसका लागी प्रहरी कर्मचारीहरुले आफूलाई गतिशिल राख्नुपर्दछ ।आफ्नो जिम्मेवारीलाई कुशलता पूर्वक बहन गर्नुपर्दछ ।यो महामारी लामो समय सम्म जान सक्ने हुँदा आफूलाई सोही अनुरुप समायोजन गर्नुपर्दछ ।एक अर्काको ख्याल गर्दैसहकर्मी काममा वा प्रतिकार्यमा खटिएको बेलामा संक्रमणको जोखिममा रहेका हुनसक्छन् भन्ने कुरालाई हेक्का राख्नु पर्छ । आफ्नो वरपरको वातावरण बारे सचेत भई, थकाई, तनाव र कार्यबोझले गर्दा प्रहरी कर्मचारीले स्वयं र अरुलाई संक्रमण सार्ने जोखिमलाई मध्येनजर गर्दै कार्य गर्नु पर्छ । सम्भव भएसम्मथकान भएका बेला आरामको लागि ब्रेक लिनुपर्दछ । लामो सिफ्टमा खटिँदा हुने मानसिक थकानका कारण प्रहरी कर्मचारीहरुमा बिभिन्न किसिमका मानसिक रोगहरुको समेत खतरा हुनसक्छ । त्यसैले आवस्यकता अनुसारकोभिड-१९नितान्त नयाँ महामारी भएकोले नजानेका बिषयमा आफन्तजन एवं सहकर्मी साथीसँगीहरु सँग शेयर गर्न, सल्लाह लिन र डिउटी सकिएपछि सम्भव भएसम्म कमाण्डरले ब्रिफिङ गरीराम्रो कार्यको सह्राना गरी धन्यवाद ज्ञापन गर्दै कर्मचारीहरुलाई उत्प्रेरित गरिरहनु पर्छ ।

 शारीरिक तन्दुरुस्तीका लागीस्वस्थ दैनिकी परिपालना गर्दै आवश्यक ब्यायामलाई निरन्तरता दिनुपर्दछ ।प्रशस्त तरल पेय पिउने र लामो डिउटीमा समेत पानी बोकी जहाँ पायो त्यहीँको खानेकुरा नखाने बानी अबलम्बन गर्नुपर्दछ ।सन्तुलित र स्वस्थ खानेकुरा खाने र सक्दो शारिरीक ब्यायाम गर्ने, दैनिक २० मिनेट हिँड्दा पनि शारीरिक स्फुर्ती अभीबृद्धी गर्न मद्धत पुग्छ ।मानसिक स्वास्थ्यको लागी फोन, म्यासेज र सोसल मिडियाको सही प्रयोग गरी डिउटीमा नरहेका बखतपरीवारका सदस्य र साथीभाईहरुसँग नियमित सम्पर्क गर्नुपर्दछ ।अनावश्यक समयको दुरुपयोग नगरी गित संगित मनोरञ्जनपूर्ण कार्यमा सहभागी भई श्रृजनशील कार्यमा समय बिताउनुपर्दछ । आफ्नो रुची अनुसारका कार्यमा ब्यस्त रहनुपर्दछ ।आफ्नो तर्फबाट गर्न सक्ने बिषय पहिचान गरी सकारात्मक परिवर्तन गर्दै संगठन, समाज र आफ्नो रुचीका कार्यमा केही गर्ने सोच राख्नु नै बुद्धिमानी हुन्छ ।आफुसँग सद्धभाव राख्ने साथीभाई आफन्तहरुसँग कुराकानी गरी आफ्ना अनुभव र अफ्‍ठयारो परेका बिषय बारे छलफल गर्ने बानीलाई निरन्तरता दिनुपर्दछ ।

            आफुमा बिद्यमान तनावको पहिचान गरी व्यक्तिगत प्रयास, सांगठनिक प्रयास र बाह्‍य प्रयासका माध्यमबाट तनाव व्यवस्थापन गर्दै व्यवसायिक कार्यलाई निरन्तरता दिनुपर्दछ । ब्यक्तिगत प्रयास अन्तर्गत स्वास्थ्य सतर्कता जस्तै ब्यायाम, हिँडडुल, खेलकुद,पौडि लगायतका कृयाकलापहरु पर्दछन् । मनोरन्जन गर्ने,ध्यान, पुस्तक अध्ययन,संगीत श्रवण, दृश्यावलोकन आदि कार्यहरुमा तल्लिन रहनु लाभ प्रद हुन्छ । डिउटी बाहेकको समयमा एकान्तमा नबस्ने, साथीभाइसँग घुलमिल हुने, हांसो ठठ्ठा गर्ने कार्यले नकारात्मक तनाव हुन दिँदैन ।खानपिन तालिका बनाउने, ताजा खानेकुरा खाने, समय पालना गर्ने, भबिष्यको चिन्ता र विगतको पश्चाताप नगरी वर्तमानमा रमाउन प्रयास गर्नाले व्यवसायिक जीवन सफल बनाउन सकिन्छ ।आवश्यकता अनुसार मनोचिकित्सकसँग परामर्श लिनुपरेमा समेत परामर्श लिनुपर्दछ ।

यो महामारी लामो समय रहन्छ भन्ने बुझी आफुलाई तयार गर्दै योग, ध्यान लगायतको लागी समय मिलाई कठीन परिस्थिति आउँदा र तनाव महसुस हुँदा समेत शान्त रहँदै आनन्दित हुनु पर्दछ ।सांगठनिक प्रयासले समेत कतिपय अवस्थामा तनाव व्यवस्थापन गर्न मद्दत पुग्दछ । गुनासो सुनुवाई, सहभागितात्मक व्यवस्थापन शैली, अवसरहरुको समानुपातिक वितरण, तनाव कम गर्ने सम्बन्धी कार्यक्रमहरुको आयोजना गरी प्रहरी कर्मचारीहरुको अधिकाधिक सहभागिता र उपयुक्त सहयोगात्मक वातावरण बनाईकार्य सम्पादन र व्यक्तिगत जिवनमा सन्तुलन ल्याउन सके कर्मचारीहरुको तनाव व्यवस्थापनमा सहयोग शिद्ध हुन सक्छ । त्यस्तै सामाजिक संगठनहरुका कतिपय आध्यात्मिक चेतना फैलाउने, कर्तव्यवोध गराउनेसम्बन्धी कार्यक्रमहरुलाई प्राथमिकता दिई सरिक हुने बातावरण निर्माण गर्दा समेत कर्मचारीहरु प्रफुल्ल भई कार्यसम्पादन बृद्धि गर्न सकिन्छ ।

मानिसको लागि खाना, पानी परिवार र आफ्नोपनको अनुभूति जस्तै तनाव पनि अपरिहार्य विशेषता हो भन्दा अतिशयोक्ति नहोला। कुनै विषयमा चिन्तन नै नगर्नु, सोचनै नहुनु र हुन सक्ने परिणामका लागि तयार नै नहुनु भनेको न्यून मानसिक सतर्कता हो । सामान्य अबस्थामा समेत सतर्कता राख्ने हद नाघेमा तनाव सृजना हुन्छ ।कोभिड-१९ ले झनत्यतिकै प्रहरी कर्मचारीहरुमा तनावको श्रृजना गरिरहेको छ । त्यसैले तनाव न्यूनीकरणका साथै उपयुक्त सतर्कता राख्ने दुवै शैली आवश्यक हुन्छ । तनाव दिमागसँग सम्बन्धित हुनाले यतिनै तनाव ठिक हो भनेर नाप्न सकिँदैन न त तनावनै लिन्न भनेर छुटकारा नै पाउन सकिन्छ । त्यसैले यसलाई सन्तुलित अवस्थामा राखिरहन अपरिहार्य छ । कोभिड-१९कति समय मानव जातीले झेल्नु पर्ने हो भन्ने सम्बन्धमा कुनै एक्किन नहुनुले पनि यसबाट श्रृजीत तनावलाई मानव जातीले समायोजन गर्दै लानुपर्ने देखिन्छ भने झन नागरीक अब्यबस्थाहरुको उचित ब्यबस्थापन गर्ने एवं प्रतिकार्यमा निरन्तर खटिनुपर्ने प्रहरी कर्मचारीहरुले आफ्नो शारीरिक र मानसिक अबस्थालाई शुदृढीकरण गरी कार्यक्षेत्रमा देखीएका समस्याहरुको डटेर सामना गर्नुको विकल्प छैन । साथै संगठनले पनि सोहि किसिमको योजना तर्जुमा गरी कर्मचारीहरुको मनोवल उच्च बनाउनु आबश्यक देखिन्छ ।

प्रहरी निरीक्षक तिमल्सिना हाल आसरा सुधार केन्द्र पानवारी, धरानमा कार्यरत छन् ।