धनकुटा । मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार झमक घिमिरेले कृषि अभियान्ता जीवनप्रसाद राईले लेखेको पुस्तक ‘समृद्धिका आधार’ मंगलबार लोकार्पण गरेकी छ ।
बरिष्ठ साहित्यकार घिमिरेले पुस्तकको लोकार्पण गर्दै भने–पुस्तक नेपालको कृषि र पर्यटनको अध्ययन गर्ने एक आधार बनेको छ ।
कृषिलाई युग सुहाृँदो जीवन शैलीमा रुपान्तरण गर्न पुस्तकले प्रेरणा दिएको घिमिरेको भनाइ छ । कृषिले समृद्धिसँगै पर्यटन विकासमा मद्दत पुग्ने भएकाले अबको गन्तव्य नै कृषि हुने आफ्नो ठम्याइ रहेको घिमिरेको लिखित प्रतिक्रिया सो अवसरमा दिएका छन् । धनकुटा स्थित झमकको जन्मघरमा मंगलबार उक्त पुस्तक लोकार्पण गरेकी हुन् ।
भौगोलिक वातावरण अनुसारको बालीनाली र खेती प्रणालीमा सुधार गर्ने उद्देश्यले वि.सं.२०६६ देखि नेपाल भ्रमणमा निस्केका राईले ७७ जिल्लाको स्थलगत भ्रमण र अध्ययन गरी उक्त पुस्तक लेखेका लेखक राईले बताएका छन् ।
पुस्तकमा मुलुकका २ सय ६६ नगर र ३७९ गाउँपालिकाको प्रत्यक क्षेत्रमा कुन बाली, कुन फलफूल र कुन तरकारी खेती उपयुक्त छ भन्ने उल्लेख छ । सांग्रिला बुक्सले यसै साता प्रकाशन गरेको ५ सय ५५ पृष्ठको उक्त पुस्तकको सुरुवातमा नै २ हजार,१ सय प्रति बिक्री भएको जनाइएको छ ।
पुस्तक लेख्नु अघि विभिन्न जिल्लाका २७ हजार किसानसँग आफूले प्रत्यक्ष भेटघाट र ४० हजार मानिससँग फोन सम्पर्क गरेको लेखक राईले बताए । सात बर्ष नौ महिना १९ दिनमा संकलित तथ्यांकलाई ६ महिनामा पाण्डुलिपि तयार गरि एक वर्ष सम्पादन गरी पुस्तक प्रकाशन गरिएको लेखक राईले बताएका छन् ।
उनले मुलुकका युवाहरुका लागि कृषि नेपालको मुल आधार बन्न सक्ने मात्र हैन कृषिबाट नै समृद्ध नेपाल बन्न सक्ने संभावना रहेको कुरा पुस्तकमा उल्लेख गरेको बताए ।
पुस्तक लोकार्पण कार्यक्रममा टिप्पणी गर्दै युवा कवि एवं धनकुटा क्याम्पसका उप–प्राध्यापक जनार्दन घिमिरेले समृद्धि आधार पुस्तकले औपचारिक शिक्षा आर्जन गर्नेले मात्र शिक्षामा विद्धता हाशिल गर्छ भन्ने विद्धानहरुलाई जीवन राईका कलमले चुनौती दिएको बताए । पुस्तकको अन्तर वस्तु माथि गहिरिएर टिप्पणी गर्दै राम्रो कामको अन्त्य कहिल्यै नहुने बताउँदै समृद्धिको आधार पुस्तकमा कृषिसंग सम्वन्धित् शव्दवालीको धारणा प्रयाप्त मात्रमा पाइएको बताए ।
सो अवसरमा झमक घिमिरे साहित्यकला प्रतिष्ठानका संस्थापक अध्यक्ष गोपाल गुरागाँई, पुर्विया साहित्यमा उदयमान युवा कवि मुकुन्द प्रयास, युवा नेता अर्जुन राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, पत्रकार रमशेचन्द्र अधिकारी लगायतले टिप्पणी गरेका थिए ।
पुस्तक लोकार्पण कार्यक्रम लेखक जीवन राईका जीवन साथी पार्वती श्रेष्ठ राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन युवा साहित्यकार मुकुन्द प्रयासले गरेका थिए ।