murari

नेपाली राजनीतिक दलभित्रको अन्तर विरोध अहिले विपक्षी पार्टी र उनीहरूले नै आफ्ना दस्तावेजहरूमा किटान गरेका प्रधानशत्रुसँग भन्दा आफूभित्र नै कडा रहेको छ ।
राजनीतिक दस्तावेजमा लेख्नै पर्ने भएकोले प्रधान अन्तर–विरोध र प्रधानशत्रुका बारेमा उल्लेख गरेका छन् तर त्यो प्रधानशत्रुु अहिले कहाँ छ, ऊ सँगको सम्बन्ध कस्तो भन्ने बारे न त आफू चासो राख्छन्, न त कार्यकर्तालाई नै कसैले सम्झाएका छन् ।

विगतमा कम्तिमा समुदायस्तरका कार्यकारी कमिटीमा बसेका नेताहरूले यो विषयमा आधारभूत जानकारी राख्ने र आफ्नो कार्यक्षेत्रमा सोहीअनुसार मित्रशक्ति र वर्ग दुश्मन पहिचान गरी आफ्ना राजनीतिक कार्यक्रमहरू तय हुने गर्दथे ।

अहिले त्यसको ठीक उल्टो राजनीतिक दलहरूको समय आफूभित्रका सहयात्रीको मानमर्दन गर्ने अनि आफूभित्र नै लडाइँ झगडामा ८० प्रतिशतभन्दा बढी समय बिताउँछन् र कमिटीमा छलफलले स्थान पाउनुपर्ने वर्गीय आधारबारे छलफल, देश र दुनियाँको अवस्था सामाजिक आर्थिक रूपान्तरणको विषय कमजोर प्रायः बन्दै गएका छन् ।

राजनीतिक दलहरूले आफ्ना आन्तरिक अधिवेशनहरूमा आफूभित्रका मित्रलाई कमजोर बनाउन जति समय खर्चन्छन्, त्यसको एक चौथाइ समय मात्रै पार्टी निर्माणमा खर्चने हो भने नेपालका दलहरू सुुसंस्कृत हुनेछन् । अनि दलका स्थानीयस्तरका संरचनाहरूसम्म लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सामथ्र्य प्रतिबिम्बित हुन सक्छ ।

यसरी हेर्दा नेपालका राजनीतिक दलहरूमा नेतृत्व तहदेखि कार्यकर्ता पंक्तिसम्म आपसी हार्दिकता अत्यन्त कमजोर मात्र होइन, समाप्त प्रायः हुनलागेको छ । भावनात्मक एकता टुट्दो छ । सामाजिक रूपान्तरणको नेतृत्व गर्ने अहम् अभिभारा बोकेका दलहरूका सबै संरचनाहरू परम्परा धान्नका लागि तयारी गरिएका समूहजस्ता मात्रै हुँदै गएका छन् । जसका कारण पार्टीहरूको प्रभाव र सम्पर्क सीमित क्षेत्रमा सङ्कुचनको दिशामा बढेको छ ।

बहुदलीय राजनीतिक व्यवस्थामा मुलुक सञ्चालनको केन्द्रीय अभिभारा राजनीतिक दलको हो । यो अभिभारा दलका केन्द्रीय नेतृत्वमा मात्र होइन, वडा तहसम्म पनि प्रतिविम्बित र आत्मसात हुनुपर्दछ । हाम्रो देशमा राजनीतिक दलहरूले साझा सहमति निर्माण गरी २ सय ५० वर्ष पुरानो सामन्ती शासन व्यवस्था अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको एक दशक मात्र पूरा हुँदैछ । लोकतान्त्रिक गणतन्त्रमार्फत् मुलुकको सामाजिक, आर्थिक रूपान्तरण गर्दै सुखी नेपाली समृद्ध नेपालको कार्यभार पूरा गर्नु आजको दायित्व हो । यो दायित्व पूूरा गर्न सबै वर्ग, पेशा र समुदायमा आबद्ध आम नेपालीको निष्ठापूर्ण समर्पण र लगाव अनिवार्य हुन्छ ।

यो लगावका लागि समन्वय, संयोजन र नेतृत्व राजनीतिक दलहरूले गर्नु पर्छ । विचारमा सुुस्पष्टता, आदर्श जीवनशैली, जनमैत्रीव्यवहार, सङ्गठनात्मक प्रणालीमा भावनात्म क एकता भएका दलका कार्यकर्ताले मात्रै समयले सुुम्पिएको अनि आन्दोलन गरेर प्राप्त गरेको जिम्मेवारी पूरा गर्न सक्छन् ।

त्यसैले राजनीतिक दलका कार्यकर्ताहरूले वैचारिक र नीतिगत विषयमा माथिल्लो नेतृत्वको निर्देशनबाहेक सङ्गठनात्मक र रचनात्मक काममा आफ्नो कार्यक्षेत्रमा आफूूलाई अब्बाल बनाउन रचनात्मक क्रियाशीलता अवलम्बन गर्न सकिएन भने दल कमजोर हुने मात्र होइन, लोकतन्त्रप्रतिको जनताको विश्वास पनि डग्मगाउनेछ ।

राजनीतिक दलहरूको आन्तरिक व्यवस्थापन केवल त्यो दलको आन्तरिक सङ्गठनात्मक मामला मात्र होइन कि मुलुकको भविष्यको केन्द्रीय पक्षसमेत हो । लोकतन्त्रको संस्थागत सुदृढीकरणका साथै मुलुकको समृद्धि र जनताको जीवनमा गुुणस्तरीय परिवर्तनका लागि राजनीतिक दलभित्रको सुदृढ एकता र कुुशल सञ्चालन अनिवार्य शर्त हो । आफूू भित्रै शत्रुतापूर्ण अन्तरविरोधले ग्रस्त राजनितिक पार्टीहरूले यो युुगीन जिम्मेवारी पूूरा गर्न असम्भव हुन जान्छ । अतः समयको मागअनुसारको जिम्मेवारीका लागि दलहरूभित्रको वैयक्तिक टकराव, चरम महŒवाकांक्षा, निम्न पुँजीवादी मनोदशा, आत्मकेन्द्रित चिन्तनबाट सिर्जित,अन्तरविरोधको हल पहिलो शर्त हो । यो विषयको निरुपणबाट मात्रै अन्य समस्याहरुको क्रमशःहलहुनेछ ।

चुुलोमा आगो नबलेर धुवाँ आउँछ । धुुवाँले टाउको दुख्न थाल्यो भने टाउको दुुखेको औषधि खाने अनि चश्मा लगाउन मात्र थालियो भने समस्या जहाँको त्यहीँ हुन्छ तर आगो नबलेर धुवाँ आएको चुलोमा बल्ने दाउरा राखेर आगो साम्ररी बालियो भने मात्र दिगो समाधान हुनेछ । त्यसैले आन्तरिक अन्तरविरोधको समाधान भनेको नबलेको आगो बाल्नु जस्तो हो । धुवाँबाट सिर्जित समस्या समाधानका लागि भौंतारिनुको साटो आगो बाल्नु जस्तै हो । राजनीतिक दलहरूको अन्तरविरोध व्यवस्थापन ।

महासङ्घ जस्ता ठूूला राजनीतिक दल
दलहरूका दस्तावेज हुन्छन् । प्रत्येक अधिवेशनमा राजनीतिक कार्यक्रम तथा कार्यनीतिक कार्यदिशा तयारी हुन्छ । योसँग सँगै प्रजातान्त्रीकरणलाई दलहरूले आफ्नो आन्तरिक जीवनमा समेत आत्मसात त गरेका छन् तर त्यो प्रजातान्त्रीकरणको अवलम्बन नै दलहरूका लागि आन्तरिक जीवनमा धमिरो जस्तो बन्दै गएको छ ।

प्रतिस्पर्धा गरेपछि हार र जीत स्वभाविक हो तर नेपाली राजनीतिक दलहरू अधिवेशनमा आफ्नो प्यानल तयारी गर्दादेखि नै अधिवेशनका निर्णयको प्रकाशमा पार्टी अघि बढाउने अनि मुलुकको नेतृत्व गर्ने मूल विषय छोडेर ५ वर्ष पछाडिको अर्को अधिवेशनमा नेतृत्वको जोड घटाउलाई केन्द्र भागमा राखेर अघि बढिरहेका छन् ।

अधिवेशनका सबै दस्तावेज सर्वसम्मत पारित गर्ने अनि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने, प्रक्रियाका दृष्टिकोणले अत्यन्त सुन्दर अभ्यास तर जो पराजित हुन्छ, उसले सर्वसम्मत पारित गरेका कुनै पनि निर्णयको पक्षमा आफूलाई प्रस्तुत गर्दैन । पराजित हुनासाथ ५ वर्षपछिको अधिवेशन त्यही मितिबाट नै उसलाई लागिहाल्ने रोग नेपालका मुख्य दलहरूलाई अधोगतिमा लाने रोगका रूपमा व्याप्त भएको छ । जसका कारण एउटा ठूूलो पंक्ति पार्टीका निर्णयहरू जस्ताको त्यस्तै जनताको तहमा पु¥याउने, सङ्गठनात्मक, वैचारिक, राजनीतिक सुुदृढीकरणमा लाग्नुपर्ने जिम्मेवारी छोडेर आफूभित्रैको स्थायी प्रतिपक्षको भूूमिकामा उपस्थित हुने गरेको छ ।

पार्टीभित्रका हामी, अनि हामीभित्रका पनि हामी हुुँदा पार्टी जीवन सिङ्गो पार्टीभन्दा पनि आ–आफ्नो उद्देश्यमा अडिग साझा सवालमा कार्यगत एकता गर्ने महासङ्घ जस्ता बन्न लागेका छन्, राजनीतिक दलका संरचना र भावनाहरू । यो रोग यो वा त्यो दलमा मात्र होइन, सबै दलमा सर्वव्यापी बनेको छ । यसको सही निदानको उपाय कोही बाहिरबाट आएको विशेषज्ञबाट प्राप्त हुुँदैन । न संविधानले नै दिन्छ, न कानूनले दिन्छ, न त दलहरूका विधानका दफा–उपदफाले नै दिन्छन् । यो केवल भावनात्मक सम्बन्धले दिन्छ । सबै दलहरूका अनुसूूचीमा राखिएका शपथ ग्रहणका शब्द, शब्दको व्यक्त भावनाको गहिरो अनुुशरण र आत्मानुुभूूति सबैले आ–आफ्नो तहमा अवलम्बन गरे दलहरू दल जस्ता हुन कुनै लामो समय लाग्दैन ।

राजनीतिक दलहरूको प्रभावकारीता दलमा आबद्ध नेता कार्यकर्ताहरूको दिनचर्या, जीवनशैली, आचरण र व्यवहारमा प्रतिविम्बित हुने हो । संविधानले व्यवस्था गरेको आवधिक निर्वाचनमा पार्टीका नेताकार्यकर्ताहरू भावनात्मक एकताका साथ अघि बढ्न नसके विजय हासिल गर्न नसकिने शाश्वत् सत्य चुनावको मिति घोषणा भएपछि मात्र पलाएर हुुन्न । पार्टीभित्र एउटा पंक्तिलाई सधैँभरि वर्ग दुश्मनको व्यवहार गर्ने अनि निर्णायक मोडमा ऊसँग अनन्त अपेक्षासहित क्रियाशीलताको माग गर्ने सोच र शैलीले सबै राजनीतिक दलहरूको आन्तरिक भावनात्मक पक्ष अस्तित्व रक्षाको लडाइँमा पुुगेको छ । यसको निदान दलहरू आफैले अविलम्ब खोजी गर्न ढिला हुन लागेको छ ।

आफूले अवलम्बन गरेको राजनीतिक दर्शनको प्रकाशमा तत्कालीन कार्यनीतिक कार्यभारको आलोकमा सबै तह र तप्काका नेता कार्यकर्ताले आफूूलाई अब्बल बनाउन तत्काल नलाग्ने हो भने दलप्रतिको जनविश्वास कमजोर भएर जानेछ । यसले दल त कमजोर बनाउँछ नै मुलुकको अग्रगति र विकासलाई समेत पछाडि धकेलिरहनेछ । (लेखक नेपका प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख हुन ।)