आफू सत्तामा रहँदा र त्यसको नेतृत्व गरिरहँदा कहिलेकाहीँ आफ्नो प्रतिकूल परिस्थिति सिर्जना हुन्छ र कहिलेकाहीँ सरकारको स्थिरताकै लागि प्रतिकूल परिस्थितिमा सबैको ध्यान अर्कैतिर मोड्न सरकारबाट मुलुकमा घटना घटाउने या तिलस्मी कुराहरू सरकार प्रमुखबाट व्यक्त गरेर बहस भइरहेको कुरालाई क्रमभङ्ग गर्ने अर्थात् विषयान्तर गर्ने प्रचलन राजनीतिमा मौलाउँदै गएको छ ।
यस्तो प्रकारको राजनीतिले नेपालमा प्रवेश पाएको छ । पछिल्लो समय नेपालमा नेतृत्व गरिरहेको नेकपा सरकारको र त्यो सरकारको नेतृत्वको पार्टीभित्रबाट सरकार र पार्टीबीच मत मतान्तर, विरोध र फरक विचार सरकार विरुद्ध झाँगिदै र बाक्लिँदै गएको अवस्थामा यहाँनेर सरकारले विषयान्तर गर्ने क्रमभङ्ग गर्ने सिलसिलामा सरकारबाट नयाँ नेपालको नक्सा सार्वजनिक गरेर मुलुकको ध्यान नक्सा प्रकरणमा जोडिदियो ।
नेपालको नक्सा सार्वजनिक प्रकरणपछि प्रधानमन्त्री केपी ओली विरुद्ध भारतीय मिडिया प्रस्तुत भए र यो प्रस्तुतिले प्रधानमन्त्री ओलीलाई लाग्यो– अब भारत मलाई (ओली) लाई हटाउन लाग्नेछ । यहाँनेर ओली राजनीतिमा फेल भए उनको संशय र शङ्का र आफैमाथि अविश्वासका कारण आफूलाई प्रधानमन्त्रीबाट अब भारतले हटाउँछ भन्ने मनगढन्ते कुरामा उनले पार्टीभित्र ठूलै तरङ्ग ल्याउने गरी आफूलाई हटाउन भारत परस्त अर्थात् भारतीय निर्देशनमा सबै लागेको भन्ने अभिव्यक्ति दिए ।
उनको त्यो अभिव्यक्तिले पोखरीमा सामान्य तरङ्ग त नेकपाभित्र त छँदै थियो । यस पटक यस्तो प्रकारको तरङ्ग र भाइब्रेसन ल्यायो कि यसले त्यो पोखरीबाट कसैलाई त विस्थापित त गर्छ नै ।
नेकपाका अर्का अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतबाट प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि आएको तरङ्गले सरकारबाट ओलीलाई विस्थापित गर्ने या पार्टीलाइ एकीकरण पूर्वको अवस्थामा पु¥याउने हो, त्यो भविष्यले नै बताउला । अहिले बढिरहेको घटनाक्रमले यस्तो अनुमान गर्ने पाटीभित्रै छन् ।
प्रधानमन्त्री केपी ओलीको राजीनामा पार्टीभित्रैबाट माग्नुमा थुप्रै कारणहरू होलान् । उनको राजीनामाको माग पार्टीभित्रबाट उठिरहँदा त्यसलाई भारतसँग जोडेर हेर्नुभन्दा ओलीजीले प्रधानमन्त्रीको कुर्सी सम्हालेदेखि राजीनामाको मागको वातावरण, पृष्ठभूमि स्वयम् ओलीजीले नै तयार गर्दै जानुभएको हो । जस्तोः अधिनायकवादको सौख पाल्दै जानु शक्तिको बासना बढ्दै जानु संविधानको नीति नियम विपरीत विधेयक प्रस्तुत गर्नु, संवैधानिक निकायहरू पङ्गु बनाउने प्रयत्न गर्नु भ्रष्टाचार र मुलुकमा सुशासन कायम गर्न नसक्नु नै उनको अलोकप्रियता भयो । यिनै कारणबाट नेकपाभित्र अहिलेको मौजुदा गणतन्त्रलाई संस्थागत गर्दै परिमार्जित गर्दै जाने, प्रजातन्त्र र सञ्चार अभिव्यक्ति स्वतन्त्रताप्रति उदार भाव भएकाबाट नै उनको प्रखर विरोध भएको छ र विपक्षीको भूमिका निर्वाह गर्दै आएका छन् ।
नेकपाभित्र ओलीको राजीनामा मागिएकोप्रति नेपाली काङ्ग्रेस उदासीन छ र यो काङ्ग्रेसको उदासीनता पनि ओलीलाई अप्रत्यक्ष सुरक्षा कवच भएको छ । ओलीको असफलता, अलोकप्रियता र उनको अराजनैतिक, असंवैधानिक कार्यशैली भोलि गणतन्त्रका लागि कति क्षतिदायक छ, त्यो नेपाली काङ्ग्रेसले देखेर मौन रहे तापनि नेकपा पार्टीभित्रैबाट काङ्ग्रेसले गर्नुपर्ने कार्य गरिरहेका छन्, त्यो पनि प्रजातन्त्रिक प्रक्रियाबाट ।
नेकपाको स्थायी कमिटीको बैठकबाट ओलीजीको राजीनामा मागिएपछि नेकपाको आन्तरिक राजनीतिक किचलो छताछुल्ल भएको हो र स्थायी कमिटीमा अल्पमतमा रहेका प्रधानमन्त्री स्थायी कमिटीको बैठक पटक–पटक बस्ने भने पनि कुनै पनि दिन स्थायी कमिटीको बैठक बसेन र यसलाई व्यस्तता कारण भन्दै स्थगित गरियो । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीबाटै यो मुद्दाको अवतरण गर्न चाहन्छन् ।
यिनीहरू नीति, नियम, विधि, विधान पार्टी प्रक्रियागत पार्टीको विवाद मत–मतान्तर र ओलीको राजीनामा प्रकरण टुङ्ग्याउन चाहन्छन् भने ओलीजी स्थायी कमिटीको बैठक सार्दै जाने र यसरी आफ्नो प्रधानमन्त्रीत्व लम्ब्याउँदै जाने एउटा समूह विधिसम्मत जाने र ओलीजी पार्टीभित्र पनि अधिनायकप्रवत्ति देखाउँदै जाने भएकोले पार्टीभित्र ठूलै दुर्घटना हुने सङ्केत छ, जुन दुर्घटना सम्झँदै आङ जिरिङ्ग हुन्छ ।
नेकपाभित्र दुई अध्यक्ष हुनु नै शक्ति सङ्घर्ष शुुरु हुनु हो । दुई अध्यक्ष स्थापना ले त्यहाँ द्वन्द्वको विजारोपण भयो र त्यसको नतिजा हो यो । दुई अध्यक्षबीचको यो गुटबन्दीमा अहिले दृश्यमा र मिडियामा प्रचण्ड ओलीमाथि भारी देखिए पनि ओली टस न मस देखिँदै छन् । ओलीको रणनीति या अश्त्र भने स्थायी कमिटीको बैठक लम्ब्याउँदै जाने र प्रचण्ड समूहलाई थकाउँदै लैजाने र अर्को रणनीति प्रचण्ड समूहमा फुट ल्याउने चाहे त्यो मङ्सिरमा महाअधिवेशनको कुरा उठाएर हुन्छ कि या अबको अधिवेशनमा अध्यक्ष एवम् प्रधानमन्त्री दुवै जस्ता कुराहरू उठाएर हुन्छ या शितल निवासमा भेट प्रसङ्ग राखेर हुन्छ ।
तर प्रधानमन्त्रीको यो अस्त्रले उनका सहयात्री अरू बढी आक्रोसित र आक्रामक हँुदै जाने र दिक्दारी बनाएर पार्टीभित्र कुनै दुर्घटना घटाउन उनको त्यो अस्त्र सहयोगी हुन सक्छ । प्रधानमन्त्रीको कोही शत्रु छ भने त्यो कोही होइन उनीभित्रको ‘घमण्ड, अहङ्कार र ‘मै हुँ’ भन्ने भाव र साहस पनि हो र त्यो साहस कहिलेकाहीँ दुस्साहसमा देखिनु नै हो ।