पृष्ठभूमि : 
–सन् १९१७ मा सोभियत सङ्घमा भएको क्रान्तिले समाजवादको प्रारूप विकसित ग¥यो । यसलाई लेनिनले प्रतिपादित गरेपछि स्टालिनले हुर्काउने काम गरे । अविकसित राज्य मङ्गोलियामा सन् १९२१ मा राष्ट्रिय जनवादको रूपमा स्थापित भयो । सोभियत निर्देशनमा पूर्वी युरोपमा समाजवादी व्यवस्था कायम भयो । यसको केन्द्रभाग सोभियत सङ्घ रहन गयो ।

–दीर्घकालीन युद्ध लडेर नयाँ अनुभव प्राप्त गरेको चीनमा सोभियत प्रारूपलाई जस्ताको त्यस्तै प्रयोग नगरी माओत्सेतुङले सन् १९४९ मा नौलो जनवाद लागू गरे ।

–सन् १९५० मा रुसी र चिनियाँ प्रारूपका रूपमा समाजवादमा दुई स्वरूप देखिए । सोभियत कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनमा शान्ति र प्रगतिको लाइन पास गर्दै स्टालिनवादी लाइनलाई परिमार्जन गर्दै, ख्रुस्चोभवादी लाइन पास गरेका थिए ।

–यसले रुस र चिनियाँ मोडलबीच विश्वमा अन्तरविरोध बढ्यो । रुस शान्तिपूर्ण बाटोमा गयो, चीन सशस्त्र युद्धको बाटोमा ।

–यसै बीचमा नवमाक्र्सवाद जन्मियो । उनीहरूका अनुसार माक्र्सवादमा नयाँ खोज नभएर पहिला नै भएको खोजलाई लागू गर्ने प्रयास गरेकाले माक्र्स स्वयम् माक्र्सवादी होइनन् । उनको पद्धति बहुउद्देश्यीय थियो भनी माक्र्स र माक्र्सवादको आलोचना गर्ने भएकाले तिनीहरूलाई नववामपन्थी भनिन्छ । उनीहरूको विचारमा माक्र्स मिथकका रूपमा रहेको जस्तो देखिन्छ ।

–नेपालको सन्दर्भमा कम्युनिष्ट पार्टीहरूले वाम आन्दोलनको समीक्षा गर्दछन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई समेत कम्युनिष्ट नभनी वामपन्थी आन्दोलनका नेताका रूपमा व्याख्या र विश्लेषण गर्छन् तर कम्युनिष्ट र वामपन्थी एउटै होइनन् । यसकारण नेपालका कम्युनिष्ट पार्टीहरू कम्युनिष्ट पार्टी हुन् कि वामपन्थी हुन् ? स्पष्ट व्याख्या विश्लेषणमा अष्पष्ट देखिन्छ ।

विषय प्रवेश :
विश्व कम्युनिष्ट आन्दोलनको प्रभावमा रुस–चीन हुँदै भारतीय बन्दरगाहबाट नेपालमा कम्युनिष्ट आन्दोलन प्रवेश गरेको हो । यसैको प्रभावमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थापना भएको हो । जसरी सोभियत मोडलको प्रारूपलाई चीनले जस्ताको त्यस्तै प्रयोग गरेन र नौलो जनवादको अभ्यासमा सशस्त्र क्रान्ति गर्दै माओवादी विचारधारा जन्मायो ।

त्यसरी नै सत्ताभन्दा फरक विचार राख्ने तर कम्युनिष्ट पार्टी नभएर प्रगतिशील वामपन्थी विचारधारा सन् १९७८ मा (लेफ्टिस्ट्स)हरूको जन्म भयो । वामपन्थी सत्ताभन्दा फरक प्रगतिशील विचार राख्दछ । यसकारण कम्युनिष्ट पार्टी र वामपन्थी एउटै होइनन् । कट्टरवामपन्थीले पुरानो वामपन्थीप्रति विशेष झुकाव राख्दछ भने नववामपन्थीले स्वतन्त्र र अस्तित्ववादलाई महŒव दिने गर्दछ । नेपालको सन्दर्भमा पुष्पलाल श्रेष्ठ कम्युनिष्ट पार्टीका नेता हुन् कि वामपन्थी हुन् त ? यदि कम्युनिष्ट हुन् भने संस्थापक महासचिवका हैसियतमा वामपन्थी भन्न मिल्दैन । यदि वामपन्थी हुन् भने कम्युनिष्ट भन्न मिल्दैन । चुनावमा तत्कालीन एमाले र माओवादी (केन्द्र) गठबन्धन हुँदा वामपन्थी एकताको नारा लगाइयो । के यी दुवै पार्टी कम्युनिष्ट नभएर वामपन्थी थिए त ? यसअर्थमा नेपालमा भएका कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट आन्दोलन नै हुन् कि वामपन्थी आन्दोलन हुन् ? सुस्पष्ट हुनुपर्दछ । माक्र्सवाद र वामपन्थी विचारधारा फरक विषय हुन् । यो लेखक नेपालमा भएका कम्युनिष्ट नामबाट उठेका आन्दोलनहरू वामपन्थी आन्दोलन भएको निष्कर्षमा पुग्दछ ।

माक्र्सवाद
पुँजीवादी वर्गका सिद्धान्तकारहरूले राज्यलाई अलौकिक शक्तिका रूपमा प्रस्तुत गर्ने गर्दछन्, जुन युगयुगान्तरणदेखि मानिसलाई ईश्वरले दिएका हुन्छन् । त्यहाँ राज्यको वर्गीय चरित्र नै हुँदैन । पुँजीवादी वर्गको विशेषाधिकार, शोषणप्रथाको अस्तित्व र पुँजीवादको औचित्यको पुष्टि गर्नु राज्यको सम्बन्धमा यस किसिमको पद्धतिको उद्देश्य रहेको हुन्छ । (प्रा.डा.गोपाल शिवकोटी ः २०७१, पृष्ठ ८३) ।

यसकारण पुँजीवादका विरुद्ध समाजवाद आउँछ भनिएको छ । किनकी पुँजीवादमा निश्चित वर्ग धनी हुने र बहुसङ्ख्यक मानिस गरिब र शोषित हुने गर्दछन् । माक्र्सवाद मात्र यस्तो व्यवस्था हो, राज्यको उत्पत्ति, यसको सारतŒव र सामाजिक जीवनमा त्यसको भूमिकाको वैज्ञानिक व्याख्या गर्दछ । माक्र्सवादले राज्यको उत्पत्ति नैतिक उद्देश्य पूरा गर्ने नभएर एक वर्गद्वारा अर्को वर्गमाथि शोषण दमन गर्नका लागि भएको बताउँछ । कुनै युगमा राज्यको स्वरूप त्यतिबेलाको उत्पादन प्रणालीको स्वरूपमाथि आश्रित हुन्छ । यसले राज्यलाई प्राकृतिक संस्थाको रूपमा मान्दैन । यो विशेष परिस्थितिमा भएको मान्दछ । यही कारण माक्र्सवादी धारणा अनुसार राज्यको इतिहास ६ भागमा विभाजन गरिएको छ । १.आदिम साम्यवादी व्यवस्था २.दास युग, ३.सामन्तवादी युग ४.पुँजीवादी व्यवस्था ५.समाजवादी व्यवस्था ६.साम्यवादी व्यवस्था ।

उदारवाद र माक्र्सवाद दुवैले लोकतन्त्रलाई स्वीकार गर्छन् । जनसाधरणमा आफ्नो शासन गर्ने अधिकार पनि स्वीकार गर्छन् । तर व्यवहारिक रूपमा जनताको शासन गर्ने कुरामा मतभेद छ । उदारवादीहरू लोकतन्त्रलाई संस्थाको रूपमा प्रस्तुत गर्दछन् भने माक्र्सवादीहरू लोकतन्त्रको सिद्धान्त र आदर्शलाई प्रमुखता दिन्छन् । इतिहासलाई आर्थिक रूपमा अवलोकन गरी घटना, परिघटना तथा ऐतिहासिक भौतिकवादी विकासमा उत्पादन र श्रमको सम्बन्धलाई सामूहिक रूपमा उत्पादन गर्ने र सामुहिक रुपमा वितरण गर्ने एवम् श्रमको उचित ज्याला दिनुपर्ने आर्थिक उपकरणको प्रयोग गर्नुपर्दछ भन्दछन् । त्यो नै माक्र्सवाद र माक्र्सवादी अर्थशास्त्र हो । माक्र्स आफैले कम्युनिष्ट पार्टीको भूमिकालाई महŒव दिएका थिएनन् ।

बेलायतमा भएको औद्योगिक क्रान्तिले पुँजीवाद विकास हुँदै गएपछि सर्वहारा वर्ग आफैले पुँजीपति वर्गलाई फाल्छन् र मजदुर वर्गको नेतृत्वमा समाजवाद स्थापना हुन्छ भन्ने बताएका थिए । माक्र्स लेख्छन्, “पुँजीवादी अवशेषलाई फाली समाजवाद स्थापनामा सर्वहारा वर्गले आफैले पुँजीपति वर्गलाई फाल्छन् र मजदुर वर्गको नेतृत्वमा बाँकी रहेका पुँजीवादी अवशेषलाई फाली समाजवाद हुँदै साम्यवादको स्थापना स्वत ः स्तःस्र्फूतरूपमा हुन्छ । सैद्धान्तिकरुपमा पुँजीवादीहरु पुँजीवादी, उदारवादी सत्तामा जाने, सत्ता सञ्चालन गर्ने र पुँजीवादी व्यवस्था कायम राख्न चाहन्छ तर कम्युनिष्टहरु पार्टीलाई आन्दोलनको साधन र यसको उद्देश्य सत्तालाई बचाउने नभएर सत्ता कब्जा गरि समाजवादी व्यवस्था निर्माण गर्न चाहन्छन् ।

वामपन्थी चिन्तकहरु :
माक्र्सवादलाई मिथककारुपमा चित्रण गरेपछि तिनीहरु नवमाक्र्सवादी नहुनु पर्ने हो । तर दयालु इतिहासकार र बौद्धिक विश्लेषकहरु नव वामपन्थीलाई नवमाक्र्सवाद भन्ने गरेका छन् । यसलाई शंसोधनवाद पनि भनिन्छ । उनीहरुका विचारमा माक्र्सवाद नयाँ खोज होइन , पुरानै भएका खोजहरु हुन् । लेनिन, लास्की, माओलाई कर माक्र्सवादी भन्छन । कतिपयले पुराणपन्थी पनि मान्दछन् । नववामपन्थीहरुका अनुसार माक्र्स स्वयं माक्र्सवादी होइनन् । तिनीहरुले माक्र्सका रचनाहरुलाई खोजी गरि विशेष सन्दर्भमा वामपन्थीलाई प्रेरित गरेको पाईन्छ ।

यसको जन्म पुँजीवादी राष्ट्रमा हुन पुग्यो । कोलम्बियाको विश्व विद्यालयमा नववामपन्त्थीको चिन्तन शुरु भई दक्षिण अमेरिकाको क्रान्तिमा व्यवहारिक प्रयोग भयो । यसले माक्र्सवादी चिन्तनलाई नविकरण गर्दछ । माक्र्सवाद अर्थशास्त्र नभएर समाजशास्त्रीय वा दार्शिनिक चिन्तन भएको बताउँछ । माक्र्सवादको सर्वहारा वर्गको चिन्तनलाई चुनौती दिदै वर्तमान अवस्थामा सर्वहारा वर्गमा क्रान्तिकारी चरित्र नभएको दावी समेत गर्छ । नववामपन्थ र वामपन्थीहरुले मजदुर सर्वहारा वर्गलाई बुर्जुवा वर्गको रुपमा प्रस्तुत गर्दछ । यसकारण माक्र्सवाद विरोधी तर सत्ताभन्दा फरक प्रगतिशिल विचार राख्ने लेफ्टिस्टहरुलाई वामपन्थ भनिन्छ ।

यसका प्रमुख चिन्तक हर्बट माक्र्युज हुन् । “उनले पुँजीवादी र समाजवादीहरुलाई अत्यधिक यान्त्रिक र नोकरशाही समाजका रुपमा चित्रण गर्छन ।” (डा. गोपाल शिवकोटी ः माक्र्सवादी चिन्तक ः पृष्ठ २७३) अन्य चिन्तकहरुमा एम होरखोइमर, राइट.मी.मिल्स, एरिक फ्रम, ज्यापाल स्विजी र मोरस डब हुन् । जीवनका शुरुमा कट्टर मक्र्सवादी थिए तिनीहरु । माक्र्स र एङ्गल्सका कुरालाई जस्ताको तस्तै लागु गर्नुपर्छ भन्थे । यिनीहरुले लेनिन र ट्राटस्कीको विवादमा ट्राटस्कीलाई समर्थन गरेका थिए । यसपछि यिनीहरुले माक्र्सवाद, लेनिनवादलाई इन्कार गर्दै सन् १९७८ मा नववामपन्थलाई मार्गदर्शक सिद्धान्तको रुपमा स्विकार गर्न पुगे । यसले दलित प्यान्थर आन्दोलन गरेका भएपनि यो आन्दोलन अमेरिकी ब्ल्याक प्यान्थर आन्दोलनको नक्कल थियो ।

नववामपन्थ अर्थशास्त्र :
नववामपन्थीहरुले माक्र्सको श्रम सिद्धान्तलाई अस्विकार गर्दछन् । ऐतिहासिक भौतिकवाद र वर्ग सिद्धान्तलाई पनी मानेको छैन । उनीहरुले आर्थिक मामिलामा गैरमाक्र्सवादी तर्क गर्न थाले । यसका प्रमुख अर्थशास्त्रीहरु पाल वैरान र पाल एम हुन् । उनीहरुका अनुसार माक्र्सवादमा संसदीय लोकतान्त्रिक अभ्यास भएको देशमा राज्यका कामहरु कसरी हुन्छन भन्ने कुराको व्याख्या र विश्लेषण गरेका छैनन् । उदाहरणमा भनेका छन्, ‘बेलायत र अमेरिकामा कामका आधारमा ज्याला तयार गरिन्न । आर्थिक संकट उत्पादनको क्षेत्रमा भन्दा विनिमयको क्षेत्रमा घठित हुन्छ । राज्यको एकाधिकारलाई समाजवाद ठान्दैनन् । उत्पादनको साधनको नियन्त्रणले समाजवाद ल्याउदैनन् । मूल्य निर्धारण स्वतन्त्र बजारवाट हुनुपर्दछ भन्ने मान्यता राख्दछन् । यसकारण नववामपन्थका स्रोतहरु माक्र्सवाद भएपनी तिनीहरु माक्र्सवाद र कम्युनिष्ट विरोधी हुन् भने पुँजीवादको पनि विरोधी हुन् अर्थात कुनैपनी राज्य सत्ता भन्दा फरक विचार राख्दछन् ।

नेपालको सन्दर्भमा :
नेपालमा साम्यवाद अधिकतम लक्ष्य बनाएर सन् १९४९ अप्रिल २२ मा नेकपाको स्थापना पुष्पलाल श्रेष्ठको नेतृत्वमा भएको हो । पार्टी स्थापना भएपछिका तमाम् आन्दोलनहरु जनवादी आन्दोलन हुन् नकि समाजवादी आन्दोलन । भएका आन्दोलनलाई सवैले कम्युनिष्ट आन्दोलन भन्ने गर्छन् तर सारमा यी आन्दोलनहरु जनवादी÷लोकतान्त्रिक आन्दोलन हुन् । सत्ता भन्दा फरक प्रगतिशिल विचारका आधारमा भएका आन्दोलनहरु हुन् । यसले विभिन्न अन्य दलहरुसँग प्रतिष्पर्धा, सहकार्य, संघर्ष, मोर्चाबन्दी गरिरहेको छ । यो बहुदलियता हो । यसकारण विधमान अवस्थामा भएका यी आन्दोलनहरु नववामपन्थमा नै आधारित छन् । तर लेख्दा वा बोल्दा चाहिँ जनवादी कम्युनिष्ट क्रान्तिकारी आन्दोलन भन्ने चलन छ ।

यसकारण नेपालको कम्युनिष्ट आन्दोलन वास्तविक कम्युनिष्ट आन्दोलन नभएर बौद्धिक, शिक्षित, शहरिया, मध्यम् वर्गीय आन्दोलन हो भनी डा. सुरेन्द्र केसी दाबी गर्छन् । नेकपा (एमाले) र माओवादी (केन्द्र) एकीकरणपछि दुविधा राजनीतिक दस्तावेज ‘जनताको जनवाद’ भनिएको छ । समान्तवाद सकिएको, पुँजीवादमा प्रवेश गरेको, सामन्तवादको अवशेष कायम रहेको, जनवादी क्रान्ति पूरा भएको, जनवादी क्रान्तिको बाँकी कार्यभार समाजवाद उन्मुखतासँगै पूरा गर्ने, समाजवाद उन्मुखता आदि विषयहरू अस्पष्ट छन् । समान्तवाद सकिएको भन्ने हो भने बोक्सीप्रथा सकियो ? नमान्ने हो भने पुँजीवादमा कसरी प्रवेश ग¥यो ? जनवादी क्रान्ति पूरा भएको मान्ने हो भने जातीय, भाषिक, सांस्कृतिक, सामाजिक क्रान्ति पूरा भयो त ? समाजवाद उन्मुखता हो भने पुँजीवादले विकास गरेको भौतिक संरचना निर्माण भएको छ त ? औद्योगिक, कृषि, पर्यटन क्रान्ति भइसक्यो त ? दोस्रो बहुदलीय प्रतिस्पर्धा कि सशस्त्र क्रान्ति ? केही समूहले बहुदलीय क्रान्ति माने पनि केही समूह जङ्गलमा छन् ।

यसकारण अरूका नक्कलको भरमा आयात गरिएको क्रान्ति निष्कर्षमा पुग्दैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछिको आन्दोलन कम्युनिष्ट आन्दोलन कि वामपन्थी आन्दोलन हो ? यो दुविधामा कार्यकर्ता र जनतालाई राख्नु हुन्न । दुईतिहाइको सत्ता चलाउँदा पनि कम्युनिष्ट आन्दोलन नभनेर किन वामपन्थी आन्दोलन भनिन्छ ? तमाम कार्यकर्ताहरू त कम्युनिष्ट क्रान्ति भनेर लागेका हुन् । देशभक्त, राष्ट्रवादी, पुँजीपतिहरूसँगको संयुक्त आन्दोलन भएकाले वामपन्थी आन्दोलन नै हो तर माक्र्सवादी÷कम्युनिष्टहरू समाजवाद हुँदै साम्यवादसम्म पुग्ने अधिकतम् लक्ष्य राख्दछ ।

निष्कर्षः
माक्र्सवादी, समाजवादी क्रान्ति मजदुरवर्गको नेतृत्वमा कम्युनिष्ट पार्टीहरूको अगुवाइमा पुँजीवादी व्यवस्था विरुद्ध हुने क्रान्ति हो । तर समाजवादका विरुद्धमा दलाल पुँजीवाद चारैतिर हाबी छ । समाजवादले पुँजीवादको शोषणकारी सत्ताको कुनैपनि स्वरूपलाई अस्वीकार गर्छ । मेरो विचारमा नेपालमा पुँजीवादी जनवादी क्रान्तिकै चरण कायम छ । सामन्तवादको अवशेष कायम छ । पुँजीवाद सङ्क्रमणकालमा रहेको छ । यसकारण जनवाद पूरा भएपछि औद्योगिक उत्पादन गरेर पुँजीवादी समाजको स्थितिमा पुग्ने र समाजवादी क्रान्ति गर्ने हो । तर अझै पनि कम्युनिष्ट पार्टीहरू समाजवादी क्रान्तिको पक्षधरता कि वामपन्थी पक्षधरता हुन् ? अहिले पनि बहसको शृङ्खला छँदैछ । अनि कसरी समाजवाद उन्मुख भएको मान्ने ? यसअर्थमा कम्युनिष्ट र वामपन्थी एउटै होइनन् । फरक–फरक विचारधारा हो भनी आम कार्यकर्तालाई स्पष्ट पार्दै लानु आजका कम्युनिष्टहरूको प्रमुख दायित्व हो ।