-राजकुमार कार्की
यतिबेला,
मेरो सिङ्गो ब्रम्हाण्ड आगाका लप्काहरुले छोपेको छ
साइरन बजाउँदै म नजिक उभिएको छ मृत्यु ।
मृत्युको सूत्रधार,
पाश्र्वमा हुस्सिल फुक्दैछ
म, तरै पनि निरुद्देश्य
आगाका फिलुङ्गामा कुल्चँदै अघि बढ्दैछु
लगलग काम्दैछन् साइरन बजाउँने हातहरु
यसरी नै कैयनपटक आयो मृत्यु ¥याल काढ्दैकाढ्दै
र, जलाउँन खोज्थ्यो मलाई विरह, वियोय अनि विस्मयको भुङ्ग्रोमा
तर मृत्युको दुर्भाग्य,
हरेकपटक आफ्नै मृत्युशोक मनाउँथ्यो ।
(यो कविता ‘राजकुमार कार्कीका कविता’मा प्रकाशित छ ।)