अहिले संसार नै कोरोनाको महामारीबाट त्रसित रहेको छ । विश्वका सबै मुलुक यो महामारीबाट त्रसित रहेको बेला नेपाल पनि अछुतो रहने कुरै भएन । पौराणिक कथाका पात्रहरूका बारेमा जुन सृष्टिको भीमकाय शरीरका बारे कल्पना गरिएको थियो । एकाएक त्यस्ता मानव पात्रमा सयौं हात्तीको बल थियो भनेर सुनेका हौं तर, त्यतिबेलाको घटना जो आज कथाको रूपमा प्रचलित छ, युद्धमा भगवान् तथा ऋषिमुनिहरूले दिएको श्रापका कारण कल्पना गरिएको नयाँ चोला पाएका त्यस्ता व्यक्ति जसलाई राक्षस, असुर, दैत्य आदिले सम्बोधन गरिन्थ्यो । ती सबै एक झट्कामा नाश भएर बिलाएर गए ।
यी घटनाहरू हामीले देखेका छैनौं, प्रत्यक्ष देख्ने पनि आज संसारमा कोही छैन तर, यिनीहरू धार्मिक आस्थाको नाममा जोडिएको ऐतिहासिक व्याख्याका पात्र हुनाले हाम्रो मानसपटलमा यी सत्य घटना हुन् भन्ने बलियो आधार बनेको छ र भगवान्, ईश्वर, देव, राक्षस, दैत्यका बारेमा यही धार्मिक आस्थाका कारण हाम्रो विश्वसनीयता अहिलेसम्म टिकेको छ ।
यसैगरी कतिपय प्राकृतिक प्रकोपमा ठूला–ठूला नगर, भवनहरू, मानव निर्मित संरचनाहरू घरायसी भएको हामीले देखेका र सुनेका नै छौं । कोशी नदीको बाढीले सयौं पटक सयौं टनका पत्थरहरू बगाएर ल्याएको तथा लगेको हामीले देखेका र सुनेका छौं । यसैगरी यो र विगतको शताब्दिका महाभूकम्पहरूले कतिपय विशाल संरचनाहरू भत्काएको हामीमध्ये कतिपय प्रत्यक्षदर्शी यो संसारमा छँदै नै छौं । यसको निष्कर्षमा हामी यही भन्छौं कि जतिसुकै विशाल वा ताकतवान होस् प्रकृतिको मारका अगाडि टिक्न सक्दैन । आज पनि डायनासोर जस्तो विशाल जीवको अस्तित्व यो संसारको पौराणिककालमा रहेको र प्रकृतिको परिवर्तनसँगै कालान्तरमा बिलाएर गएको विश्वसनीय आधार हामीसमक्ष छँदै छ ।
यी ऐतिहासिक तथ्यका बावजुद पनि अहिलेसम्म ठोस रूपमा आउन नसकेको जीवनको शुरुवात कसरी भएको र अन्त कहाँ पुगेर हुने हो भन्ने सम्बन्धमा अन्यौल रहँदा रहँदै सांसारिक सृष्टिको यो अनन्त शृङ्खला चली नै रहेको छ र चली नै रहने हाम्रो मान्यता छ । जनावर, मानव, पशुपंक्षी, किरा फट्याङ्ग्रा यी सबैको रहन–सहन एक आपसको सम्पर्कलाई हामीले प्रत्यक्षरूपमा देखेका र भोगेका छौं । यसैगरी वैज्ञानिक भाषामा भनिने ब्याक्टेरिया वा भाइरसका गतिविधिहरू सूक्ष्मदर्शक यन्त्रद्वारा भए पनि हामीले हेर्न पाइरहेकै छौं र हाम्रो चिकित्सा विज्ञानको अनुसन्धानको मुख्य आधार नै यही ब्यमक्टेरिया र भाइरस नै हो । यही एक–अर्काको सम्पर्क चाहे मानव–मानवबीचको होस् वा जनावर– जनावरबीचको मानौं वा अन्य चलायमान जीवनको त्यो सृष्टिको सामाजिक आधार नै हो । यो आधार अनादिकालदेखि चलिरहेको छ र अन्तहीन छ भन्ने हाम्रो विश्वास छ ।
तर, यसमा एउटा महŒवपूर्ण पक्ष के छ भने कतिपय सृष्टि विशेष प्राकृतिक प्रकोप वा विपद्ले समूल नै नाश भएर गएका छन् वा त्यसको आकार प्रकारमा महŒवपूर्ण परिवर्तन भएको छ । डायनासोर जस्तो विशाल प्रजाति पनि समूल नाश भएर गएको तथ्य प्रमाण हामीसँग छँदैछ । अहिले पनि पशुपंक्षी जनावरका कतिपय प्रजाति लोप हुने अवस्थामा छन् र कतिपय त लोप भइसकेका पनि छन् । तर, हामी मानव चोला यस कुरामा भाग्यमानी छौं कि सृष्टिको सबैभन्दा महŒवपूर्ण प्रजाति मानव अहिलेसम्म सङ्ख्याको नाममा वृद्धि नै भइरहेको छ र सम्पूर्ण लोप हुन्छ भन्ने कसैले कल्पना पनि गरेको छैन । हो, धार्मिक ग्रन्थमा यसका रचयिताहरूले महाप्रलय जस्तो शब्द प्रयोग गरेर सबै सृष्टिको अन्त हुने भविष्यवाणी अवश्य गरेका छन् तर, यो कुरामा विश्वसनीयताको कुनै ठोस आधार देखिँदैन । यसैले यो महामारीसँग लडेर परास्त गर्ने मनोबल संसारभरिका सबै मानव समुदायमा छ ।
मानव सृष्टिको सबैभन्दा महŒवपूर्ण पक्ष यसको सामाजिक जीवन हो । घोषित होस् वा अघोषित सबै सृष्टि अहिले एउटा सामाजिक बन्धनमा बाँधिएर बसेको छ र कहिलेकाहीँको अपवाद बाहेक एक–अर्काको अस्तित्वलाई स्वीकार्दै एक–अर्काको अधिकारको सम्मान गर्दै आएका छन् । यही कारण हो कि शदियौंदेखि मानवको चाल–चलन, आहार–विहार, सामाजिक रीतिरिवाज, बन्धन आदि सबैको प्रत्युत्पादित सभ्यता संसारको सबैभन्दा परिष्कृत सभ्यता हो । हिन्दुको वेद होस्, इसाईहरूको बाइवल, इस्लामहरूको कुरान वा सिखहरूको गुरुग्रन्थ साहिव सबैले आ–आफ्नो धर्मको विशिष्टताको व्याख्या आफ्नै हिसाबले गरे पनि सबै धर्म र त्यसलाई मान्ने सबै व्यक्तिहरूको सम्मान र रक्षा गर्ने वचनबद्धता प्रकट गरेका छन् । मानवीय सभ्यताको सबैभन्दा महŒवपूर्ण पक्ष पनि यही हो । यही सभ्यतालाई अङ्गीकार गर्दै हामीले हाम्रा सामाजिक तथा धार्मिक संस्कारहरूको विकास गरेका छौं ।
यही धार्मिक संस्कार, सामाजिक संस्कारहरू, आयोजना वा सम्पन्न गर्ने कार्यमा समूहगत रूपमा उपस्थित हुने गरेर सामाजिक सद्भाव र एकताको परिचय दिने गरेका छौं, जो सृष्टिको निरन्तरताको महŒवपूर्ण आधार हो । यही समूहगत उपस्थितिलाई नातागोता, सम्बन्धित व्यावसायिक सम्बन्ध, मित्रता, छिमेकीपन, एकै देशवासीको रूपमा व्याख्या गर्ने गरेका छौं । हाम्रो सभ्यता यही समूहगत उपस्थितिमा नै आधारित छ । यही कारण हो कि मन्दिरमा रहेको मूर्तिमा पनि हामी प्रभावशाली जीवनको कल्पना गर्ने गरेका छौं र स्थापित मूर्तिको नित्य पूजा, स्नान गराउने, वस्त्र गहना लगाउने, खाने समयमा भोजनको भोग लगाउने समेत हाम्रो दैनिकी बनेको छ । अझै पनि हाम्रो मान्यता छ कि भगवानको प्रतिमूर्तिलाई भोग लगाएन भने भगवान भोकै हुन्छन् । हुन सक्छ, हामीले भगवानको कोपको शिकार हुनु पर्ने हो । शेषपछिको जीवन बारे पनि हाम्रो कल्पना छ । यसैलाई विश्वासको पूर्ण आधार मानेर कोरोना महामारी शान्त पार्न हिन्दु परम्पराअनुसार जप, हवन, अनुष्ठान गरिएको छ । यसको अनुसरण अमेरिकाको ह्वाइटहाउस प्रशासनले समेत गरेको छ ।
अनादिकालदेखि चलिआएको यो सामूहिक परम्परामा अहिले व्यवधान आएको छ । त्यसको मुख्य कारण हो, यो कोरोना भाइरस महामारी । रोग फैलिएर महामारीको रूप लिनु, लाखौं मानिसको जीवनलीला समाप्त भए पनि लाखौं मानिस पीडित भए पनि अहिलेसम्म यो महामारीको निदान ननिस्किई महामारी अनियन्त्रित रहनु त्रासको एउटा पाटो हो तर यो रोगलाई नियन्त्रण गर्ने सिलसिलामा सामाजिक दूरीको जुन शिक्षा दिइएको छ, यसमा कानूनी बन्धन लगाइएको छ । यसबाट महामारी नियन्त्रण होला नहोला, यसको जस्तोसुकै परिणाम आए पनि तर के यसले सामाजिक विचलन त ल्याउँदैन भन्ने प्रश्न टड्कारो रूपमा आएको छ । किनकि हाम्रो सभ्यताको मुल आधार नै हामीले अंगिकार गरेको सामाजिक पद्धति नै हो ।
अहिले परिस्थिति यस्तो आएको छ कि मानिस अर्को मानिसको छायाँसँग पनि हच्किएको छ । हाम्रा पुराना संस्कार आज यति कमजोर भएका छन् कि कोरोनाको डरले बाँच्नकै लागि एक–अर्काको छायाँसम्मबाट टाढिनु पर्ने अवस्था आएको छ । एकै परिवारका सदस्यहरूबीच पनि सामाजिक दूरी कायम गरेर बस्नु पर्नेे वातावरणले समेत प्रशय पाएको छ । यदि यो विचारले प्रश्रय पायो भने हिन्दु संस्कार जसमा चार–चार पुस्ताका सदस्यहरू एउटै भान्सामा खाना खाने, हजुरआमा जसले आफ्ना सबै नातिहरूलाई एउटै खाटमा राखेर आफू पनि त्यहीँ सुत्नेजस्तो सभ्यताको लागि के हर्ष हुने हो । यो महामारीले गर्दा अहिले अस्पतालमा भर्ना भएका मित्र नजिकको नातेदारको स्वमस्थ्य अवस्था सोध्न जाने परम्परालाई समेत हामीले अस्थायी रूपमा भए पनि छोडेका छौं । वृद्धवृद्धा तथा कोही पनि बिरामी भएर घरमा थन्किँदा पनि हामीले गएर सहानुभूतिका दुई शब्द व्यक्त गर्ने र भेट्ने बानीलाई तिलाञ्जलि दिइसकेका छौं । यो हामी सबैको जीवनरक्षाको लागि अत्यन्तै आवश्यक भए पनि हाम्रो संस्कृतिको विरुद्ध नै छ ।
क्रमश...