विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि हाम्रो देश नेपालमा पनि विगत ६ महिनादेखि कलकारखाना, उद्योगधन्दा, यातायात, होटल, पर्यटन व्यवसाय, देशका कर्णधार भनिएका बालबालिकाहरूले पढ्ने विद्यालय सबै बन्द रहेको र धेरै ज्यालादारी मजदुरी गरी खाने वर्गलाई बिहान बेलुका चुलो बाल्न मुस्किल परेको बेला कोरोनाले दिएका अवसर र फाइदाहरू भन्दा र सुन्दा धेरै जनालाई कोरोनाले के अवसर र फाइदा दियो भन्ने लागेर झ्वाँक चल्न सक्छ । यो स्वभाविक पनि हो ।

हामी मानवलगायत पृथ्वीमा भएका सबै प्राणीहरू प्रकृतिकै उपज हौं । हाम्रो अनुकूल प्रकृति रहँदा हामी बाँच्न वा अस्तित्वमा रहन सक्छौं, प्रकृति हाम्रो प्रतिकूलमा हुँदा हामी मर्न वा अस्तित्वबाट समाप्त भएर जान सक्छौं । जस्तो, सूर्यको प्रकाश हामीलाई आवश्यक पर्ने जति हामीले पाइरह्यौं, प्रकृतिबाट हामीलाई आवश्यक पर्ने अक्सिजन प्राप्त गरिरह्यौं भने हामी बा“च्न सक्छौं तर, सूर्यको प्रकाश हामीलाई चाहिनेभन्दा बढी आयो प्रकृतिमा नियमित आकस्मिकता भएर सूर्यको प्रकाश कम भएर हिउँको डल्लो जम्यो । हामीलाई आवश्यकता पर्ने जति अक्सिजन प्राप्त गर्न सकेनौं भने हामी यही प्रकृतिको नियमित आकस्मिकतास“गै या त सूर्यको प्रकाशमा जलेर या त बरफको डल्लासँगै डल्लिएर हामी मर्न सक्छौं र हाम्रो अस्तित्व समाप्त भएर जान्छ । प्रकृतिले मानवलगायतका सबै प्राणीलाई सिर्जना गर्ने र चल्ने चलाउने नियम दिएको छ ।

मानिसको जात, धर्म, संस्कार, संस्कृति, नियम, कानून त मानिसहरूले हिजो अस्ति बनाएका र चलाएका चलनहरू हुन् । जसलाई हामी आवश्यकताअनुसार थपघट, छाँटकाँट, संशोधन गर्न सक्छौं तर, प्रकृतिको नियमलाई सक्दैनौ । यदि सक्ने भए मानव स्त्री गर्भबाट १० महिनामा जन्मने शिशुलाई पाँचै महिनामा पैदा गराउन सक्ने थियौं । प्रकृतिको नियम यो जगतभरि रहेका मानव वा सबै प्राणीहरूलाई एकै प्रकारले लागू हुन्छ । यसलाई कुनै जात, धर्म, संस्कारले छाँटकाँट र संशोधन गर्न सक्दैन । त्यसैले संसारका सबै प्राणीलाई खाना चाहिन्छ । संसारका सबै गर्भवती स्त्रीले गर्भाधान भएको १० महिनामै बच्चा पैदा गर्छन् । पैदा भएका बच्चाहरू एकै प्रकारले रुने आवाज निकाल्ने गर्दछन् । संसारमा यौन समागम सबै स्त्री पुरुषलाई आवश्यक पर्छ । प्रकृतिको यही नियमलाई ईश्वरवादीहरूले विभिन्न धर्म, संस्कार र परम्परा चलाउने प्रवर्तक वा जाली झेलीहरूले यो ईश्वर परमात्माको सृष्टिको नियम हो भनेर भ्रममा पारेर मानव समाजमा समुदायपिच्छे धर्म, परम्परा र संस्कार चलाएका छन् । यस्ता धर्म, परम्परा, संस्कार र संस्कृतिबाट नै आज जातपात, छुवाछुतजस्ता प्रथाहरू पनि जन्मिएका हुन् । यसबाट गरिब, दलित, महिला धेरै उत्पीडित भएका छन् । यो कसरी भन्ने कुरा अर्काे सन्दर्भमा प्रष्ट गरिनेछ ।

अतिवृष्टि, भूकम्प, चट्याङ, बाढी पहिरो, हावाहुरी, जलवायु परिवर्तन बेलाबखत फैलिने रोगव्याधी महामारी यी प्रकृतिमा बारम्बार भइरहने नियमित आकस्मिकताहरू हुन् । यसले मानव र प्राणीको जीवनमा सङ्कट पैदा गर्ने मात्र नभएर कुनै बेला अस्तित्व नै सङ्कटमा पार्न सक्छ तर, पनि यस्ता प्रकृति प्रकोपले हामीलाई आपत विपत मात्र ल्याएर थोपरिदिएको हँुदैन, हामीलाई कुनै पनि चुनौतीको वा अप्ठ्यारो परिस्थितिको सामना गर्ने चेत अवसर र फाइदाहरू पनि दिएको हुन्छ तर, हामी प्रकृति प्रकोपको रोकावट भएपछि त्यो चेत बिर्सिहाल्छौं । २०७२ को भूकम्पले घर भत्काएको बेला हामी सबैले दुई तलाभन्दा बढीको घर नबनाउने भन्यौं तर, भूकम्पको रोकावटपछि फेरि तला थप्न थालिहाल्यौं । यो २०७६/०७७ बाट नेपाल प्रवेश भएको कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीले पनि धेरै चेतना र चरित्रको निर्माण गर्ने, सिक्ने अवसर र फाइदाहरू दिएको छ । तर हामी कुनै चिज वस्तु पाइहालेकोलाई खाइहालेको र भइहालेको कुरालाई मात्र अवसर र फाइदाको रुपमा बुझ्ने गर्दछौं । त्यसो होइन उसो भए के अवसर र फाइदा दियो त यो कोरोनाको बन्दाबन्दीले यहा“ चर्चा गरौं ।

१. अध्ययन र स्रष्टा सिर्जनाकर्मीलाई अवसर
जति बेला पनि पेशागत काम औपचारिक कार्यक्रममा व्यस्त रहनुपर्ने अध्येता र साहित्य सिर्जनाकर्मीलाई यस पटकको कोरोनाको बन्दाबन्दीले अध्ययन गर्ने नया“ साहित्य सिर्जना गर्ने ठूलो अवसर जुराइदिएको छ । यो ६ महिनाको अवधिमा साहित्य सर्जकहरूबाट दर्जनौं कथा, कविता, गीत, निबन्ध, गजल लेखिए गाइए, वाचन गरे र छापिए । यो समयलाई कोरोनाकालीन साहित्यिक आयाम नै भन्दा फरक नपर्ला । बिहान, दिउ“सो कक्षाकोठामा छुट्टीको दिन गाउ“–टोलका सामाजिक कार्यमा र औपचारिक कार्यक्रममा व्यस्त रहने प्राध्यापक शिक्षकहरूका लागि पनि यो बन्दाबन्दी फलदायक नै रह्यो । उनीहरूले पढौंला भन्दै घरमा थन्किएका पुस्तक पढ्ने आफ्ना पेशास“ग सम्बन्धित सामग्री अध्ययन गर्ने, सूचना प्रविधिका सीपहरू सिक्ने, नया“ पुराना काम लाग्ने र काम नलाग्ने सामग्री छनोट गर्ने अवसरको रूपमा बन्दाबन्दीलाई सदुपयोग गरेको पाइन्छ ।

२. कृषि फर्मको बढोत्तरी
कोरोना बन्दाबन्दीको बेला अरू पेशा व्यवसाय बन्द रहे तापनि कृषि कार्य भने सुचारु नै रहे यस अवधिमा वैदेशिक रोजगारीबाट फर्किएका र बन्दको कारण विदेश जान नपाएका युवाहरू आÏनै परम्परागत कृषि कार्यमा तल्लीन रहँदा गाउ“घरका धेरै बाँझा जग्गाहरू जोतिए । अन्य पेशाबाट फुर्सद भएकाहरू पनि यही कार्यमा जोडिए र यसपटक खेतीपातीको काम धेरै राम्रो हुन पुग्यो । शहर र शहरोन्मुख गाउ“हरूमा भने जग्गा व्यापारीले जग्गा खण्डीकरण गरेर बा“झो राख्ने, टुक्राटुक्री जग्गा उनीहरूले कसैलाई जोत्न नदिने भएकोले धेरै कृषि योग्य जमिनमा खेतीपाती नगदेबाली लाग्न सकेको पाइँदैन ।

३. पारिवारिक मिलन
यस पटकको बन्दाबन्दीमा विदेशमा रहेका बाहेक स्वदेशमा रहेका र विदेशबाट फर्किएका परिवारहरूमा राम्रै पारिवारिक घुलमेल पनि राम्रैस“ग भएको छ । धेरै स्वदेशमै रहेका परिवारहरू पनि बिहानदेखि बेलुकासम्म काममा व्यस्त हुनुपर्ने, छोरा – छोरी राम्रो पढाउनका लागि कतिले साना छोराछोरीहरूलाई निजी विद्यालयको छात्रावासमा राख्ने प्रवृत्तिले उनीहरू बाबुआमाको माया, ममताबाट टाढिँदै गएका थिए । कतिलाई दूध खाँदै गरेका दुई वर्षका बालकलाई पनि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्यालयको कक्षाकोठामा कोचेर राख्दा उनीहरू कति त रोगी बिरामी नै पर्ने गर्दथे । उनीहरूले पनि केही समय घरमै हुर्किने अवसर पाएका छन् । यसपटक गर्मी मौसममा पनि धेरै बालबालिका बिरामी नभएकोले उनीहरूले घरमा स्याहार पाएको पुष्टि हुन्छ । यसरी परिवारमा घुलमेल माया, ममता बढेको छ भने यस पटककै बन्दाबन्दीमा विदेशबाट फर्किएका र स्वदेशमै पनि व्यस्त रहेका धेरै दम्पतीहरूले सन्तान जन्माउने इच्छा राखेर आÏनो काममा जुटेका हुनाले हाम्रो जनसङ्ख्या पनि बढ्ने भएको छ ।

४. बचत गर्नुपर्छ भन्ने चेतना
हाम्रो नेपाली समाजमा नियमित आयस्रोत भएका जागिरे, सङ्गठित संस्थागत र व्यवस्थित पेशा व्यवसाय गर्नेहरूबाहेक धेरै असङ्गठित क्षेत्रमा ज्याला मजदुरी गर्ने पेशाकर्मीहरू नियमित र बेलाबखत राम्रै काम र आयस्रोत हुँदा पनि बचत गर्दैनन् । यस पटकको लामो बन्दाबन्दीले गर्दा कमाइको केही अंश बचत गर्नुपर्छ भन्ने चेतनाको विकास भएको छ । यो चेतनाको क्षेत्रमा भएको एउटा उपलब्धि हो ।

५. जडीबुटीको पहिचान र प्रयोग
कोरोना सङ्क्रमणको महामारीले गर्दा हाम्रो आÏनै देशमा पर्याप्त विभिन्न रोगको निदान गर्ने जडीबुटी हुँदाहुँदै पनि तिनीहरू हराउने पहिचान गर्न नसकिने अवस्थामा पुगेका थिए । यो महामारीका कारण हाम्रा धेरै घरेलु जडीबुटीहरूको पहिचान प्रयोग र आयुर्वेदिक कविराज वैद्यहरूले अध्ययन अनुसन्धान र औषधिको उत्पादन गर्ने कतिपय ठाउ“मा खेतीसमेत शुरु भएका छन् । यो पनि एउटा अवसर र उपलब्धि हो ।

६. फजुल खर्च नियन्त्रण
हुनेले तडक–भडक र सानका साथ खर्च गर्ने, नहुनेले पनि ऋण गरेर भए पनि त्यसको सिको गर्नुपर्ने प्रवृत्तिले हाम्रो समाजमा विवाह ब्रतबन्ध, किरिया संस्कार चार्डपर्वमा गरिने भोजभतेर जस्ता फजुल खर्चहरू निम्न र मध्यम् वर्गका लागि बोझ बन्दै गइरहेका छन् । अहिले सुनको मूल्य वृद्धि हुँदा विवाहका लागि सुहाउने वर वधु जुटाउनभन्दा पनि सुन जुटाउन चर्काे भएको चर्चा सुन्दा आजकल मानिसहरू सुनस“ग पो विहे गर्न थाले कि क्या हो भन्ने भान हुन्छ । बन्दाबन्दीको बेला तामझामका साथ विवाह कर्म कम हुँदा शहरमा तीज पर्वमा एक महिनासम्म हुने पार्टी प्यालेसमा हुने भोजभतेर नहुँदा किरिया संस्कार पनि सीमित मानिसबाटै सम्पन्न गर्नुपर्ने भएकोले चाडपर्वमा गहना, लुगा देखाउने अनावश्यक महँगो स्थानमा महँगो भोजभतेर गर्ने प्रवृत्ति न्यून हुँदा समाजमा हुने फजुल खर्च र देखा सिकी प्रवृत्ति न्यून र नियन्त्रण भएको छ ।

७. मानवीय चिन्तन र चरित्रको पहिचान
कोरोना भाइरस नियन्त्रणका लागि भएको करिब ६ महिना लामो बन्दाबन्दीको समयमा हाम्रो समाजमा रहेका हामी मानिसहरूको चिन्तन, चरित्र र प्रवृत्तिको पनि पहिचान भएको छ । यही चिन्तन र प्रवृत्तिभित्र रहेर कतिले बन्दाबन्दीको विरोध गर्यौं, कतिले पालना गर्याैं, कतिले इच्छा अनुसार दान सहयोग गर्यौं । कतिले दराजमा राखेको नोटको बिटा राखेर छिमेकीको दुःख हेर्दै बस्यौं । अशक्त एवम् नहुनेलाई राहत दियौं भन्दा राहत पाउनु हाम्रो अधिकार हो भन्दै दुईवटा घर हुने, चार तोला सुन लगाउने, ५० हजारको मोबाइल फोन बोक्नेहरू पनि झगडा गर्दै राहतको लाइनमा बस्यौं, दाल, चामल थापिसकेपछि जाँड पकाउन र सु“गुरलाई दिन हुन्छ भन्दै सान देखायौं । पाइन्छ अरे भन्ने ठाउँमा अधिकारका कुरा गर्यौं, अलिकति दिनुहोस् भन्ने आउँदा अर्ति उपदेश दिएर यो त सरकारको काम हो भन्दै पठायौं । देख्नु परेन, भेट्नु परेन मन लागेजति सबै भन्यौं । हिजो आÏना छोराछोरीलाई नर्स, डाक्टर, इञ्जिनियर पढाउन र बनाउन लालायित हुने हामीहरू आज हामीलाई नै उपचार गर्ने ती नै डाक्टर र नर्सलाई घृणा गर्न थाल्यौं । मान्छे समयमा चिनिन्छ, यो पनि हाम्रो अवसर र उपलब्धि नै हो । प्राकृतिक विपत्ति धनी गरिब, असल खराब, बलिया दुब्ला सबैलाई समावेशी ढङ्गले आउने हुँदा धनबहादुर, बलबहादुरहरूको पनि सातो गएको पायौं, यो पनि अवसर र फाइदा नै हो ।