दमक । पछिल्लो समय सहकारी सस्थाहरुपनि प्रविधिमैत्री बन्न थालेका छन् ।बैकंहरुको जस्तै डिजिटल कोरोबार सुरु गरेर आफ्ना सदस्यहरुलाई स्मार्ट बनाइरहेका छन् ।

झापाको दमक ६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी सस्था लिमिटेडले पनि सूर्यदर्शन एम बैकं नेक्स जेन नामको मोवाईल एप्स सार्वजनिक गरेको छ । यो एप्सबाट अव सहकारीका सदस्यहरुले कार्डलेस एटिएम सुविधा पाउने छन् । यो सुविधान लिन चाहि सिभिल बैंकको एटिम मेसिनमा पुग्नु पर्छ । त्यहाँबाट बिना एटिएम पनि एप्सको मद्यतबाट रकम झिक्न सकिने छ ।

त्यसै गरि क्यू आर कोडको माद्यमबाट बिना चेक काउण्टरबाट वा बजार प्रतिनिधीबाट रकम निकाल्न सकिने गरिको सुविधा रहेको छ ।

कुनै पनि बैंकको रकम सहकारीको खातामा ट्रान्सफर गर्न समेत यो एप्सले मद्यत गर्ने गर्छ । साथै मोवाईल बैङ्गीक तथा अनलाईन भुक्तानीका सबै सुविधा समेत एप्समा रहेको सहकारीले जनाएको छ ।

सहकारीका सदस्यहरुलाई पनि बैकंका सेवाग्राहि जस्तै स्मार्ट बनाउन यस प्रकारको सेवा ल्याइएको सहकारीका बजार व्यवस्थापक दिपक नेपालले जानकारी दिए । ‘ठुला ठुला बैंकमा खाता हुनेले चाहि घरै बसिबसि सबै थोक बैङ्गीक सेवा लिने अनि सहकारीका ले चाहि लिन नहुने हुन्छ र , उनका अनुसार स्मार्ट सहकारी सदस्य योजना अन्तर्गत यो यजना ल्याइएको हो । अहिले दमक बजारका बिभिन्न पसलमा सहकारीको क्यू आर कोड रहेकोले क्यास लेस सपीङ समेत गर्न सकिने उनले जाकारी दिए ।

अब सहकारीका सदस्यले पनि बिना नगद बजारमा गएर किनमेल गर्न सक्ने र कुनै पनि बैंकको रकम सहकारीको आफ्नो खातामा ट्रान्सफर गर्न सक्ने, अनलाईन भुक्तानी नै गर्न मिल्ने भएकोले घरै बसि बसि सदस्यहरुले हरेक प्रकारको सेवा लिन सक्ने बताए ।

५ हजार ८ सय ८७ जना सेयर सदस्य रहेको सहकारीमा ८ करोड ५५ लाख ८६ हजार २ सयको सेयर पुजी रहेको छ । आर्थीक वर्ष २०७६/७७ मा सस्थामा १ अर्ब १० करोड ४ लाख ४५ हजार ६ सय ३२ रुपैँया निक्षेप तथाबचत संकलन रहेको छ ।

आईतबार सस्थाको ११ औ वार्षिक साधारणसभाको सुभारम्भ कार्यक्रममा बितरित वार्षिक प्रतिवेदनमा सस्थाले अघिल्लो आर्थिक वर्षको अन्तय सम्ममा कर्जा र बैकबाट ब्याज मार्फत १७ करोड ४२ लाख ९४ हजार ६ रुपैँया आम्दानी गरेको उल्लेख गरिएको छ । सस्थाले आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा १ अर्व३७ करोड ७ लाख १० हजार २४ रुपैँयाको कुल कारोबार गरेको पनि प्रतिवेदनमा उल्लेख छ।