स्थानिय देउनिया घाटबाट सेतो बस्त्रमा सिन्दुरपोते संगै घर फकिएकी झापाकी रेणुका नेपालमाथि सबैका नजर परे ।

सेतो पहिरनमा रातो सिन्दुर , पोते र चुरा साथैमा लिएर श्रीमानको अन्त्योष्टि गरेर घर फर्केकी रेणुका श्रृङ्गारमै काजकिरीयामा बसेको कुराले धरैलाई चकित बनायो ।

 

अहिले धेरैले उनको कदमलाई परिवर्तनको पहिलो कदम समेत भनेछन । उनले श्रीमानलाई दागवती दिइन । घाटमा श्रीमतीले अन्त्योष्टिमा गनुपर्ने सबै कर्म गरिन् ।

सेतो कपडामा आफुलाई बेरिन पनि तर श्रीमान आफैसँग नभएको प्रमाण दिने भनिएको सिदुर , पोते टिका र चुरा भने उनले फुकाल्न मानिनन्, र सेतो लुगामा ती सबै श्रृङ्गारका समाग्री लगाएरै घर फर्किन ।

२०३१ सालमा झापा विर्तामोड नगरपालिका वार्ड ८ नेपाल चोकका केशाब नेपालसंग बिबाह गरेकी रेणुकाले श्रीमानको निधन पश्चात पनि आफुले लगाउँदै आएको सिन्दुर चुरा ,पोते त्याग गर्नु भन्दा यसलाई वरु श्रीमानको प्रसाद संझिएर लगाएको बताइन् ।

हिन्द संस्कार अनुसार श्रीमानको निधन पछि श्रीमतीले बिबाहित हुनु वा श्रीमान हुनुको प्रमाण स्वरुप लगाइएका श्रृङ्गारका सामान सिंदुर पोते चुरा श्रीमानको निधनपछि उनको चितामा नै फुकालेर चडाउने परम्परा छ ।

तर रेनुका भन्छिन ‘मेरा श्रीमानले आफुलाई ११ बर्षको कलिलो उमेरमै सजाइदिएका यी सामाग्री मैले उहाको प्रसादिको रुपमा लिएकी छु , उहाँ मरेर गएपनि मलाई उपहार स्वरुप दिएका यि सामान म आफै संग राख्छु जसले मलाई उहाँको समझनामा बाच्न सजिलो बनाउनेछ । मेरो श्रीमानले पनि यो नफाल्नु भन्नु भएको थियो । त्यसैले मैले नफालेकी हुँ ।’ रेनुका भन्छिन् ‘म बाचुन्जेल सिन्दुर पोत मै बस्छु ।’

६१ बर्षीय केशब नेपाल इभिनिङ वाकमा गएका बेला दुर्घटनामा परेका थिए । उनको नोबेल अस्पताल बिराटनगरमा उपचार गराउदा समेत स्वास्थ्यमा सुधार नआएपछि घरै लगिएको छोरा दिपक नेपालले बताए ।

त्यसपछिका दिनममा उनमा मिर्गौला रोगको समस्या समेत बढेको थियो । उनको गत आइतबार निधन भएको हो ।

‘श्रीमानको निधनपछि सिंदुरपोते त्यागेर बस्नुपर्ने चलनलाई मैले बिगारेकै हुँ म श्रीमान भन्दा अघि मर्न पाएको भए मसंगै सबै कुरा जान्थे तर श्रीमान अघि लाग्नु भयो म जिवितै हुँदा उहाँले दिएका उपहार म कसरी त्याग्न सक्थे त्यहि भएर साथै राखेकी हुँ यसो गरे वापतको सजाय भोग्न म तयार छु ' उनी भन्छिन् ।