पालाम हिजो साँझ छिछिमिरा उड्ने बेमौसमी गोधुलीमै पोइल टाप कसीछन् । तल देउराली गाउँमा सुटेड बुटेड मलायाको लाहुरे पाहुना खान आएका रहेछन् । त्यहीँ भेट भएछ पालामको लाहुरेसँग । हेर्दै हट्टाकट्टा, भीमकाय छाती, ठूलो कद, सामान्य मानिस जस्तै अग्लो त्यहीँ देखेर होलो सायद पालाम रसिइन् । गाउँमा कसैले थाहा नपाउने गरी चोरीदाउ मारेर भाग्दै जाने क्रममा हठात् नुगेन दाइले बिहानी चौक मुन्तिरको चिहानडाँडामा फेला पारेछन् । एक आपसले हात समाएर आर्मी ब्यारेक पछाडिबाट भागिरहेका थिए । त्यो देखेर मनमा के–के सोचेर आत्माओत् लाग्दै सरासर आफ्नो बाटो तताएछन् नुगेनले ।

गाउँमा एउटा स्यालले चल्लो टिप्दा त कत्रो हल्लीखल्ली हुन्छ भने पालाम त गाउँकै असल केटी हुन्, गाउँमा एक प्रकारको कोलाहल नै मच्चियो । आफूले देखेको दृश्य नुगेनले धर्म सम्झेर पालामको परिवारलाई सुनाइदिए । नानाभातीको गाउँले अड्कलबाजीको स्तम्भ भाँचियो अब चाहिँ । गाउँकै सुन्दर फूल कुनै अपरिचित कसैले चटक्क टिपेर लाँदा त्यहाँका बोलक्कड तरुणहरु जिल्ल परे । असामान्य सीमा नाघ्यो संवादहरुले । विभिन्न उट्पट्याङ संवादहरुले राज ग¥यो त्यहाँ । चन्द्रिकाले चौकमै कुरा काटी–पालाम त त्यस्ती छे जस्ती लागेकै थिएन । धेरै नबोल्ने मान्छेको आत्मामा पस्न नसकिँदो रै’छ । प्वाक्क बोली मिङ्नाम, बीचमै–‘हैन–हैन त्यस्ती थिइनन् यार, पालाम त ! प्रेम प¥यो होला नि कोही हेन्समसँग’ प्रसङ्ग सामान्य बनाउन खोज्दै भयन्तीले कुरा सकारिन् ।

केटा कहाँको हो ! के काम गर्छ, कुन जातको हो, कहिलेको चिनजान हो ? बुझ्न समय लाग्छ नि–अवश्य पनि नराम्रो बाटोमा त हिँडेकी होइनन् होली, आफै बुझ्ने खालकी केटी हुन् क्यार, आफ्नो निर्णय आफै गर्न सक्ने केटीलाई सम्पूर्ण कुरा नबुझी अर्काको मामलामा बोलेर समय खेर फाल्नु हुन्न केटी हो, सम्झाइन् । यतिका दिनसम्म छोरी कहाँ गई भन्ने खोज अनुसन्धानमै व्यस्त रहे घरवालाहरु । अन्योलग्रस्त प्रकृतिसँगै कुन्नी कति खेर हो । आ–आफ्ना ओछ्यानमा परेछन् कुनै एउटा साँझ ।

कालो रात चिर्दै आकाश मधुर सफा भएर पूर्व फूल्यो, कुखुराको भालेहरु डाँको छाडेर प्रतिस्पर्धात्मक रुपमा कुर्लन थाले । बिहानीको आभासँगै धुमिल आकृति घरतर्फ आइरहेको थियो । धमिलो हुँदै उक्त आकृति मान्छेमा रुपान्तरण भयो । दौरा सुरुवाल, अस्कोट, ढाकाटोपी कालो जुत्ता र हातमा पुरानो पाराको कालो छाता च्यापेर अधवैंशे मान्छे आँखा नजिक प¥यो ।

तपाईंलाई त चिन्न सकिएन त ?
आँगन सफा गर्दै गरेकी घरवालीले मुख खोली । हवल्दार साइँलाको घर यही हैन र ? पहिले पनि एक पटक आएजसरी प्रतिप्रश्न ग¥यो कारबारीले । हो त के काम प¥यो होला ? तुरुन्तै सोधिन् हवल्दार्नी साइँलीले । नयाँ मान्छे भएको हुनाले अन्य उत्सुकताका साथ कुरा बुझ्न चाहिन् । अनि आफू आउनुको औचित्य सरासर बखान्न थाल्यो कारबारीले, ‘म पर मैनाचरी गाउँको कारबारी हुँ । तपाईंको छोरी पालाम लायाको भान्जाले सुकेडाँगी लगेको कुराको खबर सुनाउन आएको हुँ । आज साँझमा नियमपूर्वक चोरको सोर बुझाउन आउने भन्ने खबरसमेत पठाएका छन् उनीहरुले ।’
यति भनेपछि कारबारीले आफ्नो बाटो ततायो ।

एक हप्तादेखि हराइरहेकी छोरी पालामको अकस्मात खबरले आमालाई मातृमाया जागृत भयो । यद्यपि मनभरि चित्त दुखाउँदै कारबारीले भनेको कुरा सपरिवारमा सार्वजनिक गरिन् । एक हदसम्म ढुक्कको सास फेर्दै बेलुका पर्खेर बसे सबै । एउटी तरुणी केटी एक हप्तासम्म अत्तोपत्तो नहँुदा चिन्ता त अवश्य पनि हुन्छ नै । अझ देशको राजनीतिक र प्रशासनिक ढाँचा बिग्रिएर कोलाहलयुक्त बाँचिरहेका आम नेपालीहरु आक्रोसमुक्त हुन सकेनन् । कहीँ सफाया, मुठभेड, चक्काजाम, हड्ताल भने कहीँ उमेर पुगेका युवा–युवतीहरु अपहरण गर्ने क्रियाकलापबाट तर्सिरहेका पालामको परिवारले आज चाहिँ भयमुक्त सास फेरे ।

साझँ ढल्यो आ–आफ्ना धार्मिक जातीय संस्कार अनुसार आए केटापट्टिका । स्थानीय भद्र–भलाद्मीहरुको सामान्यतया उपस्थिति रहेको थियो । केटापट्टिबाट नियमपूर्वक केटीको घरमा उपस्थित भए, त्यहाँ अनौपचारिक स्वागत पनि भयो । परिसरका छिमेकीहरु पालामको खबर सुन्न आतुर बसे ।

त्यसपछि सामाजिक नियममा छिर्ने कुरामा निकै लामो बार्गेनिङहरु भए । चर्को चर्को स्वर सुनिन थाल्यो । लामो छलफलपछि मिलेमतोमा आउने सर्तमा कुराको सामान्य बिट म¥यो । अब रह्यो कुरा विहेको ! आमाबुबा, आफन्त इष्टमित्र भेट्न आउने प्रसङ्ग, पालामको पक्षले धाराप्रवाह रुपमा प्रस्तुत ग¥यो । पहिलो पटक भेट्न आउँदा दुईवटा सुँगुर, ५ तोला सुन, दुई घैला रक्सी साथै सोत–रीत भनेर दश हजार रुपैयाँको मागदाबी भयो । यो विषयमा निकै लामो समयसम्म समझदारीको तर्कनाहरु चले । एकखाले बुज्रुकहरुले त्यो कुराको विरोध पनि गरे तर, अर्को थरिका बुजु्रकहरुले त्यही कुरामा अड्डी कस्दै लिँडेढिपी पसारेर बसे । अन्ततः गाउँका केही शिक्षित व्यक्तित्वहरुको केही चलेन, केटापक्ष पनि अलमलमा परे । त्यहाँ अतिथिको कुनै सत्कार भएन । मानवताको मूल्य र मान्यताको खिल्ली उडाइयो । बिना निष्कर्ष रातारात त्यहाँबाट बिदा लिनुपर्ने परिस्थितिको सिर्जना भयो ।

समझदारीको विभिन्न सकारात्मक तर्कहरु चलेपनि कुराको छिनोफानो नभएपछि अन्योलग्रस्त रुपमा केटापक्ष घर फर्किए । त्यहाँ मान्छेले मान्छेलाई बुझ्ने प्रयासहरु भएन, अझ मानवताको समवेदनालाई त त्यहाँ टिक्न खान पनि दिएनन् । मान्छेले मान्छेलाई सम्मान गर्न नजानेपछि आफ्नो मूल्य मान्यता पनि माटोमा मिल्छ भन्ने वस्तु यथार्थलाई कुल्चियो त्यो समाजले ।

दशधारा दूध चुसाएको, ९ महिना पेटमा बोकेको, जन्मपछि पालन–पोषण गरेको, चालचलन सिकाएको, शिक्षा–दीक्षा दिएको कथित हिसाबकिताब भयो । जातिमा आफूहरु मगर भएकाले आफ्नो बौद्ध परम्परा रीतिथिति अनुसार केटी पक्षकोमा विवाह संस्कारमा छिर्नको निम्ति सौहार्द्रपूर्ण वातावरणमा आएका थिए । त्यसो त अर्काको धर्म संस्कारको अथवा जात नमिल्नेसँगको वैवाहिक बन्धनमा बाँधिएकोले एक हदसम्म किरात संस्कारमा छिर्न नजानेको भने होइन तर, त्यहाँ टिप्पा उडाइयो । यस्तो लाग्दथ्यो त्यहाँ कुनै वस्तुको मोलमोलाउ भइरहेको छ । एउटा सभ्य समाजमा त्यस्तो किसिमको हर्कत भइरहनु अवश्य पनि तर्कसङ्गत विषय होइन । यसरी आमाबुबाले एउटा शिक्षित छोरीप्रतिको दृष्टिकोण, व्यवहार, मानसिकताप्रति अत्यन्तै विह्वल हुँदै सुइँकुच्चा ठोके केटा पक्षहरु ।

मनभरि के–के के–के तर्कनाहरु सल्बलाइरहेका छन् । त्यो गाउँको सामाजिक वस्तु स्थितिदेखि आधामरो चिन्तित हुँदै बाटोभरि अगाडिका झलकहरु............ । हुन त त्यहाँका केही व्यक्तिहरु अत्यन्तै सामाजिक र व्यावहारिक पनि रहेछन्, हामीप्रतिको कुसंस्कारिक क्रियाकलापले त प्रतिशोध पो जन्मिन्छ त ! कस्तो सुद्दी नभएका कुटुम्बहरु केटीपक्षले मागेको कुरा दिनै नसक्ने त होइन नि ? एउटा सामाजिक परम्परा बोकेको मान्छेमा र अर्को त्यस्तै मान्छेमा खै त समन्वयता ? यस्तो हो भने त देशमा धार्मिक र जातीय युद्ध हुन पनि सक्छ नि । रीतमा भनिएका कुराहरु एकपटक छोराबुहारीलाई सुनाएर निर्णय गर्ने मनमा सोचेर द्विविधायुक्त घर फर्किएका थिए केटा पक्षहरु ।

यता माइतीघरबाट कस्तो परिणाम आउला भन्ने उत्सुकताले पोलेर बसेका पालाम र उनका नव–दुलाहा आफ्ना बुबाको कुराले मन भित्रभित्रै आन्दोलित भए । भावनामा अव्यक्त चोटको रौनकता थप्यो । त्यस्तो अमानवीय कुसंस्कारबाट हामी शिक्षित मान्छेहरु एक कदम पनि अगाडि बढ्न हुन्न, त्यही सोचेर दुवै नवदुलाहा–दुलहीले निर्णय गरे । आफ्नो जन्मभूमि, माइती, अपनत्व, मातृत्वमाया प्राणभन्दा पनि प्यारो हुन्छ । आफ्नै माइतीको कुभलो भलै कसैले सोच्छन् होला, त्यो सबैको ज्ञान भएर पनि पालाम हठी भएर त्यस्तो संस्कारलाई अबको वैज्ञानिक युगमा तिलाञ्जली दिन पछि पर्दिनन् । अरु त अरु आफ्नै बाबु आमाको चरित्रसँग बेस्सरी चित्त दुखाउँदै अब बाबुआमाले त्यही कुसंस्कारलाई अँगालिरहे माइत कहिल्यै नजाने वचनबद्धताका साथ आफ्नो श्रीमान्सँग जीवन बिताउने अठोट गरिन् । रङ्गीन दुनियाँ, सुखमय क्षणहरु कति छिटो गुज्रँदो रहेछ । आज भन्दै, भोलि भन्दै श्रीमान्को लाहुरे जीवनको यात्रा पुनः थालनी गर्नुपर्ने दिन पनि छोटिँदै आयो । पर्सिको बिहान विराटनगरबाट काठमाडौंको लागि उडान छ । नेपालबाट चारदिन पछाडि विदेशी उडान भए तापनि देश गत २०६२÷१२÷२४ गतेदेखि लोकतान्त्रिक आन्दोलनको दौडाइमा भागिरहेको छ । माहोल जुर्मुराएर आन्दोलित भएका छन् जनताहरु ।

यो बखत शाही दमनले चरम सीमा नाघिरहेको छ । जति दमन हुन्छ, त्यसको दोब्बर जनताहरु सङ्ग्रामको उत्सर्गमा पुगिरहेको भान हुन्छ, चौक–चौकमा शाही दमनको विरुद्ध आक्रोसका नाराबाजी गुञ्जायमान छ । आन्दोलनकै क्रममा एक जना, दुई जना गर्दै दर्जनौं आन्दोलनकारीहरुले सहादत प्राप्त गरिसकेका छन् । देश अशान्तिले त्राहीमाम त्राहीमाम बन्दै गइरहेको छ । यो परिस्थितिसँगै जुध्दै भए पनि तोकिएको समयमा कार्यालय हाजिरको लागि समयमा पुग्नै पर्ने बाध्यता छ । भोलि बिहानको झिसमिसेमै साइकल यात्राबाट विराटनगर हुँदै हवाईजहाज समाउनु छ, विराटनगरबाट काठमाडौं प्रस्थान हुन अब धेरै समय छैन, केवल २४ घण्टामात्र । आजको रात बिदाइको रात, बिछोडको रात अनि रात आँसुको ।

बलिन्द्र आँसुधारासँगै पूरा रात बिदाइको पीडामा बित्यो, दुवैले आँसुले नुहाए । तथापि मुटु मिचेर पालामले बिदा दिनैपर्ने थियो । मुटु पगालेर आत्मालाई ढुङ्गा बनाउँदै पालामले बिदाइको हात हल्लाइन् । अब उनको रात वेचैनयुक्त बन्यो, मान्छेहरुको भीड पनि एकान्त जस्तो महसुस हुन थाल्यो, असहज अट्टहासपूर्ण जीवनमा एक दिन पनि वर्षदिन जस्तो हुन थाल्यो तर, मान्छेले मनको साङ्लोलाई बेस्कन अँठ्याएर बाँच्नैपर्ने व्यवस्था हुन्छ, यो उराठिलो बाच्नुसँग हराइन् मनको जङ्गलमा । आफ्नो घर व्यवहारको दुनियाँमा ।

पहिलो पटक रोशनको भेट सोमबारे बजारको रिङ्गालुङ होटलमा भएको थियो । त्यस्तै ३–४ वर्षअगाडि, ठूलो छाती तन्दुरुस्त ज्यान झट्ट हेर्दा भलाद्मी लाग्ने सुन्दर साँच्चिकै लोभलाग्दो तन्नेरी थियो रोशन । मिजासिलो सोझो र व्यवहारिक व्यक्तित्व भएको रोशन दमक बहुमुखी क्याम्पसमा अध्ययन गर्दो रहेछ । रिङ्गालुङ होटलमा खाजा खाइरहेको बखत खाजा खाने प्रयोजनमा पालाम उपस्थित भइन् । होटेलको एकापट्टिको क्याविनमा पर्दा च्यातेर भित्र छिर्दा, आफ्नै धुनमा खाजा खाइरहेको रोशनले त्यहीबेला देख्यो एउटा फूल ! केही समय दुवैजना एक अर्कालाई हे¥याहे¥यै भए ।

आफूले एक्कासि क्याविनको पर्दा उघारेर गल्ती गरेको महसुस गर्दै माफ मागिन् पालामले, नरमाइलो मान्दै त्यहाँबाट बाहिरिइन् पालाम । गोरी, अग्ली ठूला–ठूला आँखा, लामो केसराशि, मिलेको जिउडाल त्यसमाथि कानमा तारा आकारको सुनको टप लगाएकी आकासे रङको कुर्ता सरुवाल र दोपट्टाले चिटिक्क सजिएकी सुन्दर आकृति एक्कासि अगाडि उभिँदा मख्ख परेर त्यो दृश्य हेरिरह्योे फूल हेरे जसरी, रोशनले ।

मुखमा राखेको चाउमिनसँगको चम्चा काँटा यथास्थितिबाट प्लेटमा राख्दै सोचमग्न भयो । कान्छीले ग्लासमा पानी हालिदिँदै दाइ अरु केही ल्याइँदिऊँ कि ? रोशन झस्कियो । अनि आयो यथास्थितिमा । यही दिनदेखि रोशनमा एउटा युवा हुनुको पालुवा पलाएको थियो । होटलमा आउने जाने प्रक्रिया चलिरहन्थ्यो । यही क्रममा उनीहरुको बोलीचाली भएको थियो । एउटा अपरिचित व्यक्तिसँग गरिने व्यवहार विकसित हुँदै एउटा मित्रसँग गरिने बोलीचालीमा रुपान्तरण भयो । एउटा सज्जनसँग बोलिने भाषाशैलीबाट समयसँगै माया पिरतीका प्रसङ्ग टुङ्गियो । हुन पनि विपरीतलिङ्गीको प्राकृतिक औपचारिकता नै होला यो । दुवै अत्यन्तै सुन्दर, मिजासिला, एक आपसमा आकर्षण हुनु कुनै नयाँ कुरा होइन । समय कुम्हालेको भाँडा बनाउने मेसिन जस्तै घुमिरह्यो । पालामले एसएलसी पास गरिन् । अनि पढ्न थालिन् दमक बहुमुखी क्याम्पस । उनीहरुको प्रेम अझ गाढा बन्दै गयो ।

उनीहरु चखेवाको जोडी जस्तै प्रणयमग्न हँुदै गए । अब एक–अर्कासँग एक दिनमात्र पनि भेट नभए आफै हराएको आभास हुन थाल्यो उनीहरुमा । प्रेमको वाचा, कसम अझ प्रगाढ र दिगो बनाउन अथवा जिन्दगीभरि सँगै मर्ने, सँगै बाँच्ने मायाको बन्धन गतिलोगरी कस्नको निम्ति कहिले लारुम्बा, कहिले कन्काई माईको गुम्बा, कहिले दोमुखा त कहिले सतासीधाम गएर जन्मजन्मान्तरसम्म सँगै मर्ने सँगै बाँच्ने वाचाबन्धन कसेका थिए । समय हुत्तिँदै जाँदा रोशन गोर्खा भर्ती अन्तर्गत प्रतिस्पर्धाबाट हङ्कङको लागि क्लर्क पोष्टमा पास भएछ । तीन वर्षपछि फर्किने वाचा गरेर रोशन लाहुरे जीवन बिताउन गएको थियो । त्यो पहिलो बिदाइमा पालाम खुब रोएकी थिइन् । यति कसिलो मायाप्रेममा बाँधिएका जोडी तीन वर्षसम्म एक–अर्कासँग भेट नहुँदाको जीवन कसरी गुज्रियो होला ।

यो बिछोडको अनुभवभित्र ती जोडीको एकान्तसँग के बित्यो होला ? आफ्नो शरीरका अङ्गबाट केही हराए जस्तो, मायाको गहिरो छापको बिछोडयुक्त पलमा दुवैको के बितिरह्यो यसको लेखाजोखा र अड्कल युगललाई थाहा हुनुपर्छ ।

भौतिक रुपमा भेटवार्ता हुन नसके पनि पत्रव्यवहार, टेलिफोन सञ्चारहरुबाट भलाकुसारी हुने गथ्र्यो तर, उक्त कुरा घरको कसैलाई पनि थाहा थिएन । यी युगलले पृथक खालको मायाप्रेम गरेर गाउँलाई अचम्मै बनायो । अस्ति वैशाखमा मात्रै राई ठूली र विचारीको प्रेमलीलाले कस्तो रडाको मच्चाएको थियो । कचहरीमै साक्षीहरुले हात मिसामिस गरेका थिए । अझ देवकलाको प्रेमप्रसङ्गले झन् बसिसक्नु बनाएन, खुब कुरा चल्यो गाउँ नै गन्हाउने गरी, यस्तो विषय जोडिएको प्रेम रसलीलाहरु कहिलेकाहीँ चम्किरहन्छ गाउँमा । लुकेर र चोरेर खाएको मीठो हुन्छ भन्छन्, यसरी नै प्रेमको उदाहरण पेश गरे पालाम र रोशनले ।

व्यक्तिगत रुपमा गाउँकै असल र इमान्दार तथा लगनशील केटी थिइन् पालाम । कसैसँग बोल्नुप¥यो भने आदरभाव प्रस्तुत गरेर मिजासिलो पाराले बोल्थी । कति लच्छिन उनको बोलीमा, गाउँका सबैसँग सम्मानपूर्वक बोल्थिन् गाउँकै रानी थिइन् उनी । कति पनि कुरा काट्ने ठाउँ राख्दैनथिन्, मृदुभाषी उनको बोलीमा कुनै उच्छृङ्खलता ओकल्नै नसक्ने जादु थियो, त्यहीकारण उनलाई मन पराउने, प्रेम प्रस्ताव राख्न खोज्नेहरु अक्क न वक्क भएर रित्तो हात फर्कन्थे । कुनै कुरा मौका नै नचुकाई बेलीविस्तारले हस्याङफस्याङ पार्न सक्ने कला थियो उनमा ।

अझ उनी समाजकै चोखो र पवित्र कहलिएकी महिला कन्या थिइन् । उनी सोमबारे बजारको छेक पारेर एक्कासि निस्किएकी थिइन् घरबाट । रात निक्कै छिप्पिसक्दा पनि पालाम घर आइनन् । देशको यस्तो परिस्थितिमा छोरी घर नआउँदा एउटा चहलपहल नै मच्चियोे, बिहान विद्यालय गएको विद्यार्थी घर फर्किने हो कि होइन अन्योल छ मुलुकमा, पेसामा गएका मजदुरहरु घर फर्किने हो कि होइन सोच्नै पर्ने स्थिति छ । गोठालो दाउरा, घाँस गएका छोराछोरीहरु सग्लै घर आउने हुन् या नआउने हुन् दोधारयुक्त छ । गाउँघरमा एक प्रकारको हल्लीखल्ली नै चल्यो ।

विगत १३ वर्षदेखि मुलुक गृहयुद्धमा फसेको छ, १५ हजार नेपाली गृहयुद्धकोे शिकार बनिसकेका छन् आकश्मात आज साँझसम्म पालाम घर नआउँदा न्यास्रोपनले सन्नाटा छायो । खोज्न हिँड्न पनि ठीक समय छैन, तल झिलझिले इलाका प्रहरी कार्यालय अहिले अस्थायी आर्मी ब्यारेकमा रुपान्तरण भएको छ । विगत ४ वर्षदेखि शान्ति सुरक्षाको नाममा गोली पड्किरहेको छ । साँझ पर्न नपाउँदै ब्यारेकमा आकाश गुञ्जिएको जस्तो गुडुङ्ङ आवाज आउनु गाउँमा सामान्य भइसकेको छ । कहाँ कतिखेर के हुन्छ थाहा छैन, त्यसक्षेत्र अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय शान्ति सुरक्षाको हिसाबले सारिएको छ ।

यहाँ हाकिम, कर्मचारीहरु आफूलाई सुरक्षित ठान्दछन् । ४ बजे कार्यालयहरु बन्द हुन्छन् । साँझ पर्न नपाउँदै सैनिक रोलकल सुरू हुन्छ । बजार परिसर सन्त्रासमुक्त छैन । बन्दुकको आवाजहरु कानैमा ठोक्किन्छ, आवश्यकता अनुसार उक्त बाटो गरेर हिँड्दा आफू काम विशेषले आएको सङ्केत गर्दै ठूलो स्वरमा चिच्याउँदै दुवै हात माथि उठाएर आउनुको औचित्य टाढैबाट बेलीविस्तार लगाउनु पर्ने हुन्छ ।
क्रमश...