ब्लाष्टखबर । प्रदेश १ का मुख्यमन्त्री तथा सभामुखले उद्यौली, गुरुङ जातीको तमु ल्होसार, धान्यपूर्णिमा र योमरी पुन्हिको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री शेरधन राईले एक शुभकामना सन्देश जारी गर्दै किँरात समुदायको महान चाड उद्यौली, गुरुङ जातिको तमु ल्होसार, धान्यपूर्णिमा र योमरी पुन्ही २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।
सुभकामना सन्देशमा मुख्यमन्त्री राईले उद्यौली, चाक्चाकुर, तमु ल्होसार, धान्यपूर्णिमा, योमरी पुन्ही जस्ता चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।
उनले शुभकामना सन्देश मार्फत मौलिक साँस्कृतिक चाड पर्वहरुले सामाजिक एवं पारिवारिक जमघट र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेको बताउँदै, यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य रहेको गरेका छन् ।
त्यस्तै, सभामुख प्रदिपकुमार भण्डारीले पनि आज एक शुभकामना सन्देश जारी गर्दै किरात समुदायले मनाउने उधौली, नेवार समुदायको योमरी पुन्हि र गुरुङ समुदायको ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
भण्डारीले आफ्नो मौलिक पहिचान तथा अस्तित्व जोगाउन पर्व, भाषा, संस्कार र संस्कृति राष्ट्रको अमुल्य सम्पती भएको पनि बताउँदै, सन्देशमा सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु र उत्तरोतर प्रगतिको कामना गरेका छन् ।